कोरोनाले संसारलाई बेहालै बनायो
लक्डाउनले मान्छेलाइ पागलै बनायो
छैन रासनपानी घर, बाहिर छ बन्द
लक्डाउनले आकुल ब्याकुलै बनायो
काम छैन पैसा छैन न रासन पानी छ
यस्तै हो भने भोकै मर्ने उसैले बनायो
ताण्डब्य नाच नाच्दै छ जताततै यहाँ
यो रोगको औषधी न त कसैले बनायो
जसलाई पर्यो, उस्ले भोगेको छ यहाँ
भोगेका र परेकालाइ आपत्तै बनायो
न छुनु छ, न त अँगालो हालेर रुनु छ
आफै आफैमा नै यसले अछुतै बनायो
कोरोना कतै राजनीति होला कतै धन्दा
रोग हो कि महामारी हो अन्योलै बनायो
डुब्दै छन उधोग ब्यापारहरु संसारका
मान्छेका कमाउने बाटो सखापै बनायो
09/07/2020