२४. गुडूची/गिलोय /अमृता (tinospora cordifolia)

गुडुचीको अनेकौ नाम छन । गुडुची बहुपयोगी बनस्पती हो । यसलाई अंग्रेजीमा tinospora cordifolia भनिन्छ । आयुर्बेद अनुसार यसलाई अमृत सरह मानिएको छ । गुडुचिको पात पानको पात जस्तै देखिन्छ भने यसको डाँठ केहि काँडा उठेको लहरा हुन्छ । गुडूची कुनै पनी रुखमा लहरा बनाएर बाच्न सक्दछ । उसको जरा माटो मै नछुइकन हुर्कन सक्दछ । यो उसको अदभुत गुण हो । अर्थात रुखको पारासाइड प्लान्ट हो भन्दा पनि हुन्छ । यसलाई कसैले गिलोय, अमृता, मधुपार्णी , अमृताभल्लारी, देवनिर्मिता, सोमबल्ली , गुल्भेल, बहुचिना, वत्सदानी, छिन्नरुह , लगायत अनेकौ नाम छन् ।

Nutritional value per 100g.
Energy 292.54kcal), Carbohydrates 61.66 %, fiber 34 g, fat 3.1%, protein 15%, potassium .845%, chromium .006% iron 0.28%, calcium 0.131%: online

Scientific classification
Kingdom: plantae
Class: Ranunculales
Family : Menispermaceae
Genus: Tinospora
Species: Tinospora cordifolia
source : wikipedia

आयुर्बेदीय औशधिय गुण:

१. यसमा एन्टीअक्सीडेन्ट, एन्टीइन्फेयामेटोरी तत्व भएकोले ज्वरो, डेंगु, सुगर रोग, क्यान्सर रोग समेतलाई फाइदा गर्दछ ।
२.गुडूची सुगर लेबल कम गर्न ठुलो मदत गर्दछ ।
३. सरिरमा इम्युन पावर बढाउन मद्दत गर्ने भएकोले कुनै पनी भाइरस र ब्याक्टेरिया लाग्नबाट जोगाउछ ।
४. यसले पाचन इञ्जाइमलाइ दखल गरि कार्बोहाइड्रेडलाइ ढिलो पचाउने हुँदा यसको प्रयोग सरिरको तौल कम गर्नको लागि पनी प्रयोग गरिन्छ ।
५. यसमा एन्टीइन्फेयामेटोरी तत्व भएकोले रुघा खोकी, एलर्जी र ब्याक्टेरिया फंगल इन्फेक्सनबाट समेत जोगाउछ ।
६ . गुडूची सत्वले कलेजोमा जमा भएको बोसो कम गर्न मद्दत गर्छ । यसले रगतमा हुने प्लेट्लेट तत्वलाइ समेत बृधि गर्दछ ।
७. एन्टी क्यान्सर तत्व भएकोले प्रयोग गरिन्छ । सरिरको कोषलाइ मर्मत र मजबूत बनाउन मद्दत गर्दछ । यसको सेवनले मानिसलाई चाडै बुढो हुनबाट जोगाउछ ।
८ . गुडुचिमा अदुवा, हलेदो(बेसार) मिसाएर नुनिलो चिया पिउदा थकान दुर हुने र मानसिक प्रेसर हटेर रिल्याक्स बनाउदछ । कोलस्टर लेबल कम गर्न मद्दत गर्नुको साथै इम्युन पावर बृधि गर्दछ ।
सरिरको इम्युन पावर बढाउने हुनाले कोरोना भाइरसबाट बच्न यसको चियाको रुपमा पिउदा पक्कै फाइदा हुनेछ ।
( गुडूचीलाइ औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । यदि मात्रा धेरै भयो फाइदा भन्दा नोक्सान पनी हुन् सक्छ ! )

०९/०८/२०२०

Leave a Reply