२३. ल्वांग (Cloves)


ल्वाङ्ग हरेक घर घरको भान्छामा संग्रह गरिने मसालामा नै पर्दछ । ल्वाङ्ग एउटा सुगन्धित मसला हो । फुलेको फुलको कोपिलालाइ ल्वाङ्ग भनिन्छ । ल्वान्गको बोट सदाबहार हरियो हुने वृक्ष हो । अधिकतम २६ फिट देखि ३९फिट सम्म अग्लो हुन्छ ।यसको फल १.५-२ सेन्टिमिटरसम्मको हुन्छ । ल्वाङ्गको खास भुमि इन्डोनेसिया हो र यो अरु भिभिन्न देशमा भिन्दा भिन्दै सिजनमा उत्पादन गरिन्छ । यो सुगंदित भएकोले यसको तेल पनि बनाइञ्छ । बिशेष गरेर खाना खाइसकेपछि मुखमा राख्ने चलन छ ।

Nutritional value per 100g.
Energy 335kcal), Carbohydrates 66 g, sugars 2%, fiber 34 g, fat 13g, protein 14g, vitamin B1 0.2mg, vitamin B2 0.2mg, vitamin B3 1.6 mg, vitamin B5 0.5 mg, vitamin B6 0.4 mg vitamin K 141.8mg, vitamin C 0.2mg, vitamin E 8.8mg, calcium 632.0 mg, iron 11.8mg, magnesium 259.0 mg, phosphorus 104.0 mg, potassium 1020mg, Zinc 23mg , sodium 277mg, manganese 60.1 mg, copper 0.4 mg source: online

Scientific classification
Kingdom: plantae
Class: mytrales
Family : myrtaceae
Genus: syzygium
Species: syzygium aromaticum
source : wikipedia

आयुर्बेदीय औशधिय गुण:

१. ल्वाङ्गको सुगन्धित तेलको रुपमा प्रयोग पनी गरिन्छ
२. यसमा एन्टीअक्सीडेन्ट तत्व भएकोले क्यान्सर रोग प्रतिरोधात्मक हुन्छ ।
३.ल्वाङ्गले सुगर लेबल कम गर्न मदत गर्दछ ।
४.भिटामिन K भएकोले हड्डीलाइ बलियो बनाउछ ।
५. यसले पाचन इञ्जाइमलाइ दखल गरि कार्बोहाइड्रेडलाइ ढिलो पचाउने हुँदा यसको प्रयोग सरिरको तौल कम गर्नको लागि पनी प्रयोग गरिन्छ ।
६. ल्वान्गमा एन्टीइन्फेयामेटोरी तत्व भएकोले ब्याक्टेरिया फंगल इन्फेक्सनबाट समेत जोगाउछ ।
७ .ल्वान्गमा एन्टीइन्फेयामेटोरी तत्व भएकोले दात दुखेमा र मुखको इन्फेक्सनबाट समेत जोगाउछ ।
८ ल्वान्गको तेल स्वास प्रस्वास, ब्रोङ्ग्काइटिस, चिसो रुघा खोकी साइनस समेतमा प्रयोग गरिन्छ ।
९. ल्वाङ्ग र तुलसी सुकमेल मिसाएको चिया पिउदा थकान दुर हुने र मानसिक प्रेसर हटेर रिल्याक्स बनाउदछ ।

( ल्वाङ्गलाइ औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । यदि मात्रा धेरै भयो फाइदा भन्दा नोक्सान पनी हुन् सक्छ ! )

०८/०६/२०२०

Leave a Reply