अन्त्यमा
मानव जीवन प्राप्त गर्नु भनेको हरेक व्यक्तिको लागि दुर्लभ संयोग मात्रै हो भन्ने लाग्दछ, मलाई । त्यसैले यो
जुनीलाई अर्थपूर्ण जीवन बनाएर बाँच्न पर्दछ भन्ने मेरो धारणा पनि हो । म को हुँ । म के का लागि बाँचिरहेको छु । म के काम गरिरहेको छु । किन गरिरहेको छु । भन्ने कुरा होशमा रहेर गरियो भने त्यसको परिणाम पनि सुखद
हुनजान्छ । मान्छे यो धर्तीमा जन्मेको दुःख पाउनको लागि पनि होइन । मोज मस्ति गर्न मात्रै पनि होइन । मानिसले हरेक काम उमेर र बुद्धि विवेक अनुसारको सुहाँउदो कर्म गरेर जीवनलाई अगाडि बढाउन पर्दछ । जीवनको अन्त्यसम्म अर्थपूर्ण जीवन बाँच्नु पर्दछ । मान्छे जन्मेको आफुले गरेको प्रारब्ध कर्मफल भोग्न र जन्म
मरणको भवचक्रबाट मुक्ति पाउने अवसर प्राप्त गरेको पनि हो । त्यसैले हरेक हाम्रा नाता सम्बन्धहरु राम्रा नराम्रापाउनुपनि संयोग हुन् । कँहिन कँही हाम्रा पूर्व जन्मको अन्तरसम्बन्धभएर जोडिन पुगेको हो । प्राणी मध्येमा मानिसमात्रै सवभन्दा चेतनशील प्राणी हो । मानवजीवन उत्कृष्ट बनाउनअन्तिम समयसम्म नहारिकन खोजिरहनु पर्दछ । जीवनको प्रत्येक पल उत्तिकै महत्वपूर्ण हुन्छ । समानरुपमा सकारात्मकभएर त्यसलाई उपयोग गर्नु पर्दछ ।हामीले जब सम्म आफुलाई यो ब्रह्माण्ड र परमात्माको विराट अस्तित्वको एउटा अंशको रुपमा ठान्दैनांै । तबसम्म हामी मूढ बनिराखेका हुन्छौं ।जबसम्म  हामी आत्मा परमात्माको सामीप्यको अनुभूति गर्न सक्दैनौं । तबसम्म विराट ब्रह्माण्डको, जीवनको र जगतको अस्तित्वको बारेमा अनुभूति र ज्ञान आर्जनगर्न पनि सक्दैनौ । त्यसैले मानिसले यस अस्तित्वको खोजी गर्न आवश्यक छ । कैयौं योगीहरुले जीवन समाप्त गरेर योविराट स्वरुप अस्तित्वबोध गर्न सफल भएका छन् । वर्तमान समयमा जसले आफुलाई चिन्दैन म को हुँ ?भनेर, खोज्दा पनि खोज्दैन । उसले न त कसैलाई चिन्दछ न त चिन्न नै खोज्दछ । मात्रै उसले आफ्नो स्वार्थपूर्ति मात्रै हेरिरहेको हुन्छ । त्यही स्वार्थ पुरा गर्न उद्यत भइरहेको हुन्छ । हरेक बाहिरी आवरणमा देखिने एक चिज हुन्छ भने भित्र अर्कै चीज हुन्छ । जो मान्छे बाहिर नरम र मृदुभाषी छ, त्यो मान्छेको मनभित्र कठोर र निर्दयीपन लुकेको पनि हुनसक्छ !जो मान्छे अति नै नास्तिक देखेका हुन्छांै बाहिरी रुपमा, वास्तवमा उ भित्र आस्तिक र आध्यामिक भएको पनि हुनसक्छ ! क्रोध भित्र पनि करुणाको सागर हुनसक्छ ! बोक्रामा देखिएको रंग र स्वरूप फलमा निश्चय नै फरक हुन्छ र त्यसैले बाहिरी
रूपलाइ हेरेर कसैलाई पनि मूल्यांकन गर्न कठिन हुन्छ । यो संसारलाई परमात्माको प्रेमको उपहार ठानेर प्रम बाँ े डेर प्रेमपूर्वक बाँचौं । अध्यात्मको ज्ञानले एक अर्कालाइ ठूलो सानो ऊँच नीच नदेखी समभाव गर्न अभिप्रेरित गर्दछ ।
यो ज्ञान भएन भने हामी जहिले पनि डर त्रास ईष्र्या घमण्डअभिमान प्रतिस्पर्दा लोभ पाप दुष्कर्म पालेर बाँची रहेका हुने छौं । हामी भित्रको अज्ञानताले लाभ हानीको हिसाब किताब लाएरमात्रै व्यवहार गर्नेछांै र सात्विक आहार विहार गर्दै शरीर शुध्द, आत्मा शुद्धी गरेर आफ्ना विचारमा सकारात्मक भाव पैदागर्दै आफ्ना कर्महरूलाई परमात्मालाई अर्पण गर्दै साक्षीभावले  व्यवहार गर्न अध्यात्मले प्रेरित गर्दछ र गृहस्थ भएर पनि
योग साधना गर्दै आत्मालाई परमात्मासंग जोड्दै सुखी, खुशी र स्वस्थ जीवन विताआंै । मानव जीवन दुःख पीडा मात्रै  भोग्नको लागि होइन र यो जीवनलाइ उत्कृष्ट बनाउदै सुखी,  खुशी र स्वस्थ परमानन्दको अनुभूति प्राप्त गर्नु पर्दछ । सुख दःुख भनेको आफ्नै कर्मले, आफ्नै बिचारले सृजना गरेको हो । जव आत्माज्ञान प्राप्त हुन्छ तव कुन कर्मले कस्तो फल पाउँदै छु भन्ने आभास पहिल्यै ज्ञान हुन थाल्दछ र त्यो कठिन दुख कष्टलाई टार्न सजिलै सकिन्छ ।
अध्यात्मको बारेमा बुझ्न खोजेको अवस्थामा मैले सर्वप्रथम श्रीमद्भगवद्गीतालाई बुझ्ने कोशिश गरे ।
खप्तड स्वामीका विचार बिज्ञान र धर्म–बिज्ञानलाई अध्ययन गरे । पण्डित यदुनाथ ज्ञवालीको ज्ञानकुञ्जलाई मनन् गरे ।रजनीश ओशोका थुप्रै प्रवचन सुने । स्वामी विकाशानन्दका थुप्रैप्रवचन सुनें । जीवन विज्ञानको युटुबबाट प्रसारित प्रवचन सुने। केही अनलाइनबाट सिक्न र बुझ्न पाएँ । यो पुस्तककोरिफरेन्स ज्ञान यिनैबाट लिएको हुँ । मैले आफ्नो वेवपेजमाअध्यात्मको बाटो कोलम बनाएर लेख्दै जाँदा पुस्तक बन्न गएको महसुश गरे । सायद यो पुस्तक भौतिक जगतमा भौंतारिएर पद पैसाका लागि जे गर्न पनि पछि नपर्ने संस्कारभइरहेको अवस्थामा नैतिकता, अनुशासन, धर्मको सही व्याख्या,  धर्म र आध्यामिक ज्ञानको सहि मूल्यांकन गरी परिवार समाज र देशका लागि पनि योगदान पु¥याउन सकिन्छ कि , भन्ने मलाइ लाग्यो । एउटा हिन्दु परिवारमा जन्मेको मान्छेले कमसेकम यत्ति मात्र बुझे पनि धेरै हुने थियो भन्ने मलाइ लाग्यो । देशमा धर्म नैतिकता अनुशासनको खडेरी लागेको र हाम्रो शिक्षामा धार्मिक पारिवारिक नैतिक शिक्षाको अभाव छ । कुनै शैक्षिक संस्थामा पढाइँदैंन । मैले जे जसरी  बुझे आफ्नै सरल भाषामा लेखेको छु । यदि यो  पुस्तकले समाजलाई अलिकति पनि फाइदा हुन पुग्यो भने म
धन्य हुने थिएँ । यो अध्यात्मको बाटो……… पुस्तक छाप्न अभिप्रेरित गर्ने श्री राधाकृष्ण काफ्ले, श्री रुद्र ज्ञवाली, श्री चैतन्य कृष्ण, साहित्यकार निलम निहारिका, माधव गौतम, व्याकरणमा सहयोग गर्ने कवि कृष्ण शरण उपाध्यायज्यू र प्रकाशक हिमालय बुकलाइ हार्दिक धन्यवाद !!! टक्र्याउछु  ।
सवैको कल्याण होस् !!!
जय होस् !!!
—पुण्डरी अर्याल

Leave a Reply