१९. अवसादबाट अध्यात्ममा प्रवेश ?
अवसाद, मनोरोग वा मानसिकरुपमा बिरक्त हुनुलाइ डिप्रेसन भन्ने गरिन्छ । जब मानिस यो संसारबाट बिरक्त हुन्छ । उसले खोजेको कुरा पाउन सक्दैन । उसले आफ्नो जिबन अन्धकारमय ठान्दछ । उसले आफुलाई सबभन्दा कम्जोर, असक्त, ठान्दछ । उ साधन र सुबिधाको दाश भैसकेको छ र सो साधन पूर्ण रुपमा खोसिएको छ । पारिबारिक र इष्टमित्रबाट हेपिएको ठान्दछ । यो संसार दुखको सागर हो भन्ने उसले ठान्न थाल्दछ । आफन्तले पनी सफल नभएको भनेर हेपिएको ठान्दछ ।
हरेक मान्छेले आफुलाई खिसी गरेको ठान्दछ । न भने जस्तो काम पाउन सक्छ ! न त अरु कसैले सहयोग गरे जस्तो लाग्छ । उल्टै आफुलाई गिज्याइरहेको भान पर्दछ । उसले यति बिघ्न ठुलो संसारमा आफु मात्र एक्लो भएको महसुस गर्न थाल्दछ । आफु अज्ञात रोगबाट पिडित भैरहेको महसुस गरिरहेको सो रोग कहिले निको नहुने आफैले ठहर गरेर संसारबाट मुक्त हुनको लागी आफुलाई सिध्दाइदिने निर्णय गर्न पुग्दछ । यो एक किसिमको डरलाग्दो मनोरोग हो ्र
मानिसले यस्तो किसिमको भावनात्मक डरलाग्दो मनोरोगबाट मुक्ति पाउन भावनात्मक उत्तेजित भै आत्महत्या गर्न पुग्दछ । अवसाद अर्थात डिप्रेसन आधुनिक समाजमा आम कुरा भैसकेको छ ्र जुनसुकै बेलामा पनि कसैलाई हुन् सक्छ ्र बिबिध कारणले अचानक व्यक्तिलाइ निरासा र दुखको आन्तरिक पीडाबोध हुनुलाइ भन्दछन ्र यसले दैनिक जीवनलाई नै असर पुर्याउन थाल्छ ्र यस्तो किसिमको पीडाबोध केहि समयको लागि रहन्छ र जान्छ ्र जब यो घनिभूत हुदै जान्छ अनि यसले खतरनाक मोड लिन थाल्छ ्र धेरै जसो यो रोग पनि हो भनेर चिनीएको हुदैन ्र
केहि डिप्रेसनका लक्षणहरु यस प्रकार छन् ्र – दुखि हुनु, आवेगमा आउनु– निराशाजनक चिन्तन– बिना अर्थमा अपराध बोध हुनु, असाय भएको चिन्तन आउनु– घृणा र थकान महसुस हुनु– केहि कुरामा पनि इच्छुक नहुनु– कुनै काममा लगाव नहुनु, धेरैबढी सोच्नु– नसुत्ने वा धेरै सुत्ने– धेरै खाने, नपच्ने– आत्महत्याको सोच आउने र मर्न खोज्ने यस्ता लक्षण हुने गर्दछ ।
के कारणले हुन्छ डिप्रेसन ?
सबभन्दा ठुलो कारण फ्रस्टेसन नै हो ्र आफुले सोचे अनुसार कुनै काम नबन्ने, आर्थिक अभावबाट छुटकारा नपाउने, असाय भएको चिन्तन आउने, जसलाई धेरै माया गरेको हुन्छ त्यसैबाट तिरस्कार पाउने, जति काम गरे पनि जस नपाउने, यो संसारमा उसलाई माया गर्ने मान्छे छैनन भन्ने ठान्ने, आफुले आफुलाई हिन बोध गर्ने, अज्ञात रोगबाट पिडित भएको र सो रोगको निदान उपचार नभएको ठान्ने, शारीरिक हर्मोनको घटीबढी हुनु. आफुले सोचे जस्तो नहुनु, सकारात्मक परिणाम नआउनु, यो दुनिया र यो संसारबाट छुटकारा कसरि पाउने भनेर निरास भै मृत्युको बाटो नै समाधान ठान्ने, एकदम निरासाबादी र नकारात्मक चिन्तन गर्ने मानिसको मानसिक स्थितिमा बिचलन आएको मान्छे नै डिप्रेसनमा जान्छ । कुनै डिप्रेसन त बंशानुगत पनी हुन्छ । यो मानिसको अन्त्यन्त खतरनाक मनोदशा हो । डिप्रेसनलाइ अबसाद पनी भनिन्छ । यो शान्त गर्न कुनै लागुपदार्थको नशाले शान्त गर्न सक्दैन । नशाले त उसको मश्तिश्कलाइ सुस्त बनाउदै झन् झन् कम्जोर बनाउदछ । उसले कहिले पनी त्यस अबस्थाबाट फर्कन सक्दैन र अन्तमा आत्महत्याको बाटो अपनाउछ ।
डिप्रेसन यस्तो खतरनाक अबस्था हो जसलाई समाल्न सकिएन भने आत्महत्याको बाटो रोज्छ । यदि यसलाई मनोबैज्ञानिक हिसाबले उपचार गर्न सकियो भने मानिस आध्यामिक बाटोमा सजिलै जान सक्छ । जब मानिसले यो सबै संसारिक धन, दौलत नाता, सम्बद्ध, इष्टमित्र, सबै बेकार हुन भनी आफ्ना सत्रु ठान्छ भने कि त उ डीप्रेसनमा जान्छ । अगर यी सबै बेकार हुन् भनि बैराग्यमा जान्छ भने उ साधु हुन्छ । जब मानिसले बुझ्दछ कि मेरा सबै असफलता, मेरा कमजोरी, मेरा दुख, जटिल अबस्था सबै मेरो मन भित्रबाट निर्मित भएका हुन, मैले सृजना गरेको हो भन्ने बुझ्दछ । दुख चिन्ता अबसाद यी सबै मेरा मानसिक सृजित सन्तान हुन भन्ने कुरा महसुस गर्दछ । यो दुनियामा म किन आए ? मैले गर्न पर्ने कर्म के हो ? इश्वर के हो ? अध्यात्म के हो ? आत्मशान्ति के हो ? भनेर खोज्न थाल्यो भने उ स्वतः अध्यात्मिक यात्रामा प्रवेश गर्दछ ।
त्यसैले डिप्रेसनमा गएको व्यक्तिलाई औषधि त चाहिन्छ नै त्यसको साथमा आध्यामिक प्रबचन, पारिवारिक प्रेम, साथमा मनोबैज्ञानिक चिकित्सकको आबस्याकता छ । भन्ने मलाइ लाग्छ । जिबनमा आएको निरासा र बैराग्यताले मानिसलाई डिप्रेसनमा पनि लैजान सक्छ या त पारिवारिक प्रेम र समाज मित्र साथीहरुले सहयोगले आध्यामिक संसारमा प्रवेश गराउन सकेमा उ एक महान आध्यामिक व्यक्ति बन्न सक्दछ ।
oooo

Leave a Reply