३१. कत्ति राम्रो हुन्थ्यो ।
मेरो यात्रा तिम्रो साथ, भए कत्ति राम्रो हुन्थ्यो ।
म आए न आए पनी, तिमि आए राम्रो हुन्थ्यो
चाहन्न मैले महँगा, उपहार तिमीसंग
चित्त बुझा उथे अब, तिमि पाएँ राम्रो हुन्थ्यो ।
भागि रहे जिन्दगीमा, आफैबाट आफु संग
अब त तिम्ले मलाइ, कैद गरे राम्रो हुन्थ्यो
कालो बादल शिरमा, सताई रह्यो दुखले
कतिन्जेल भौतारिने, साथ पाए राम्रो हुन्थ्यो ।
बेशर्मीका पन्जाहरु, लम्किरहन्छ मै तिर
कत्ति लड़ुं तिनीसँग, बच्न पाए राम्रो हुन्थ्यो
सम्झी रन्छु चर्को घाम, खरेडिमा तिमीलाई
तिम्रै साथ तिम्रै छाँया, पाए कत्ति राम्रो हुन्थ्यो ।
कुर्दा कुर्दै जान्छ क्याहो, यो जोवन मेरो यहाँ
भेटै नभै मर्छु क्या हो, तिमि आए राम्रो हुन्थ्यो
०८/२८/२०२०