३०. कानुन याँ फेर्नै पर्छ ।

बोल्न खोज्नेलाई धित, मरुन्जेल बोल्नै पर्छ ।
आफ्ना कुरा बोल्नलाई, दिल पुरै खोल्नै पर्छ ।

लोग्ने मान्छे यस्तो हुन्छ, जालमा पार्न नसके
एसिड हाल्छन तिन्ले, उस्को कुरो मान्नै पर्छ ।

नमानेको परिणाम, देखि हाल्नु भयो यहाँ
सुन्दर भै जन्मे पनी, कुरुप भै बाच्नै पर्छ

लोग्ने मान्छे छुटछन, केहि दिनको थुनामा
अपराध उसले गर्छ, मुख हाम्ले छोप्नै पर्छ

अपराधी हिडछ याँ, ठाँट बाँट शान सँग
कस्तो बिडम्बना छ याँ, अनुहार छोप्नै पर्छ

पैसाले किन्ने माया र पैसामा बिक्ने न्यायको
के कुरा गर्नु के बोल्नु, यस्ता कुरा फेर्नै पर्छ

जिन्दगी भर कुण्ठित, मनलाई शान्त पार्न
आवेस किन नहोस, हाम्ले पोको खोल्नै पर्छ,

भित्रै मन भाचिएका, दुख पिडामा बाचेका
हाम्रो सुन्ने कोइ छैन् , हाम्रो कुरा सुन्नै पर्छ

समाजले हेपेको छ, चोट माथी खोट देख्छ
देख्छ कमजोरी हाम्रै, हाम्रो कुरो बुझ्नै पर्छ

जीवन भर तड्पेर, बाच्न साह्रै गारो भयो
जस्तो गर्छ उस्तै सजा दिने कानुन बन्नै पर्छ

हेपिएका छन कोइ याँ जाती पातीका नाममा
नारी हेपिने कुरीतिका, कानुन याँ फेर्नै पर्छ ।

( एसिड प्रहार पिडित चेलीकोलागी )

०८/२६/२०२०

Leave a Reply