बिर्सेका छौ सालौ सालसम्म, सम्झेर बसेकी छु म
दिल दुखाएर गयौ तिमि, रोऎर बसेकी छु म

आउदै जादै गर्दछन बर्षै पिछे चाडबाडहरु हाम्रा
आउछौ कि पक्कै भन्दै बाटो, हेरेर बसेकी छु म

न चिठी छ न पत्र खबर, न कमाइको मेसो छ
बुढा आमा र बाको स्याहार, गरेर बसेकी छु म

संगसाथी आउछन् जान्छन्, प्रिय तिमी कता कता
सुन्छु उतै घरजम गर्यौ, यहाँ कुरेर बसेकी छु म

तिम्रा लागी साँचेको यो, यौवन ओइलाइ जाने भो
लुटने हुन की मार्ने हुन, डरेर बसेकी छु म

म त पराइ भएनी तिम्रो बाआमा तिम्रै त हुन
किन रुवाउछौ उनलाइ, स्यारेर बसेकी छु म

पाप लाग्ला तिम्लाई पारेर बिचल्लीमा हाम्लाई
श्राप दिन मन छैन दिल, दुखेर बसेकी छु म

(प्रदेसीएको लोग्नेले उतै घरजम गरि बसेको, चेलीको पिर )

०८/०८/२०२०

Leave a Reply