आफ्नो भन्ने कोइ हुन्न

कसी लाउदै नलाउ तिम्ले, आफ्नो भन्ने कोही हुन्न
जति हेरे पनी ऎना आफु, भन्दा अर्को कोही हुन्न

भन्छन संगत गर्नु ठुला, बडासंग दुरी राखी
उनका कर्जामा डुबेपछि, ऋण तार्ने कोही हुन्न

हुन्छ प्रेमको नशा अजर, अमर जिन्दगी भरि
एक्लै भए पनी जिन्दगीमा मान्छे मर्न कोही हुन्न

मान्छे आएर भासिन्छ यहाँ, गजबको शहर छ
कठोर निर्दयी छ शहर, हरेस खाने कोही हुन्न

उन्को कुरा के गर्नु मौसम, जस्तै बदली रहन्छ
नाटक गर्न सिपालु छन, उनि जस्तो कोही हुन्न

आफ्नैबाट धोका पाए पनी, मौन बसी कुर्नु पर्छ
अगाडी बढ्दै जानु पर्छ, उन्को पछि कोही हुन्न

थुप्रै गजल लेख्दै मेट्दै, मरि सके कागजमा
राम्रै लेख्छु भन्ने थियो मैले, मेरो सुन्ने कोही हुन्न

०८/०७/ २०२०

Leave a Reply