मडारिदै छ कालो बादल , मुसलधारे पानी पर्यो
घरमाथी छ भिर हुनुहुन्न घरमा बा पर्नु पीर पर्यो

अँधेरी रात छ गर्जन्छ आकाश,चम्किराछ बिजली
पस्यो भित्तो फोरी ढुंगामाटो, मुसलधारे पानी पर्यो

भाइबैनी च्यापी गुहार भन्दै आमा चिच्याउनु भाथ्यो
हेर्दा हेर्दै घर ढल्यो, पहिरोसँग घर पनी बग्दै झर्यो

बल्ल तल्ल उठी भाइ बैनी आमा यता उता खोजे,
न घरको भित्तो थियो, न त उनीहरु कस्तो बज्र पर्यो

चुक जस्तो अँध्यारो रात, आयो काल बनी बज्रपात
बस्ती सबै सोहरेछ त्यै रातमा कस्तो बिपत्ती पर्यो

( बाढी पहिरोमा दिबंगत व्यक्तिलाई हार्दिक श्रद्धान्जली, शोक संतप्त परिवारमा हार्दिक समबेदना !!!)

०७/१३/२०२०

Leave a Reply