छोडेर देशको माटो यात्री म एक्लै थिए
छुटायो प्रियजन पनी बाटोमा एक्लै थिए

मेरै मर्जीले गराएको जिन्दगीको सफर
कहाँ थियो र म त उसको पासोमा थिए

गन्तब्यहिन यात्री जस्तै बनाएको छ ऎले
आजाद छु भन्थे, मत उस्को गुलाम थिए

आँधी हुरी थियो उ, उसले उडाएको नै हो
मेरो मान सुख चैन,मैले होस गुमाको थिए

पैले सबै मेरा आफ्नै थिए ऎले लाग्छन मात्र
न दोष उनको थियो, न अपराध मेरा थिए

समयलाइ दोष दिएर के उम्किन सकिन्छ
उस्कै अदालतमा उसकै कठघरामा थिए ।

जिन्दगीले कहाँबाट कहाँ पुर्याउछ कुन्नि
यात्री न हुँ म मान्छेको भिडमा एक्लै थिए

पुण्डरी अर्याल
टेक्सास
०७/०९/२०२०

Leave a Reply