१६ शिक्षा र ज्ञान
मानव जीवनलाइ सक्षम र उन्नत बनाउन शिक्षा अन्त्यन्त महत्वपूर्ण साधन हो । शिक्षाले नै मानव जीवनलाई उन्नत बनाउन हौसाउछ । मानव जीवनमा आउने अनेकौ चुनौतीहरुलाई सामना गर्न सिकाउछ र व्यक्तित्व बिकास गराउदछ । शिक्षाले नै परिबारमा गरिबी र बेरोजगारीलाइ हटाउन महत्वपूर्ण कार्य गर्दछ । नागरिकहरुले अझ उच्च शिक्षा हाशिल गरेर देशको बिकासका लागी ढोका खोल्न मद्दत गर्दछन । जुन देशमा शिक्षितहरुको संख्या बढी छ त्यहि देश नै समुन्नत भएका छन । मानिसको जीबन प्रगति पथमा जानको लागी शिक्षित हुन अनिवार्य शर्त हो । शिक्षा नै जीवनलाइ अध्यारोबाट उज्यालोको मार्गमा लैजाने एक मात्र साधन हो । शिक्षाले नै गरिबीबाट मुक्तिको मार्ग पहिल्याउछ । त्यस कुरामा कसैले शंका गर्न पर्दैन ।
तर शिक्षित व्यक्ति हुदैमा कोइ पनि ज्ञानी हुदैन । बरु शिक्षित व्यक्तिहरुले त म धेरै शिक्षित छु भन्ने घमण्ड पालेका हुन्छन । फोस्रा कुरा छाटेर अरुलाई निच्याउने प्रयास गरिरहेका हुन्छन ्र शिक्षा सहितको ज्ञान हुन सक्यो भने मात्र त्यो व्यक्ति नै सर्बमान्य हुन सक्छ । गुरु हुन सक्छ ्र ज्ञानीपुरुषले यो समाजलाई समभाबले हेर्न सक्दछ ्र उसले साक्षीभावले यो संसारलाई देख्दछ ्र न त उसले आफ्नो मान खोजेको हुन्छ न त उसले ती आडम्बरीलाइ महत्व नै दिन्छ ्र उसले हरेक मनुस्यमा इश्वर देख्न सक्छ । प्रत्येक मनुष्य तथा प्राणि जगतप्रति प्रेमभाब राख्न सक्दछ ्र एउटा दृष्टान्त छ ्र एक जना ऋषि जंगलमा तपस्या गरेर बसेका हुन्छन । उनको कुटीमा एक दिन एउटा सुगाको बच्चा आउछ ्र ऋषिले त्यस सुगालाई पाल्दछन ्र केहि कालपछी उनि कुटी त्यागेर अन्त कतै जान परेको हुन्छ तर सुगालाई छोडेर जादा ब्याधाले उसलाई जालमा पारेर मार्न सक्छ भनेर पिर लाग्छ र सुगालाई शिक्षित बनाउन तिर लाग्छन ्र सुगाले मान्छेले जे सिकाउछ त्यही कुरा बोल्न सक्दछ ्र उनलाई त्यस्तै लाग्छ ्र उसलाई सिकायो भने शिकारिबाट बच्न सक्छ भनि ऋषिले सुगालाई पढाउँन थाले ्र
ब्याधा आउछ , जाल बिछ्याउछ, जालमा खानेकुरा राख्छ खानेकुरा खानजादा झालमा पर्छस, ब्याधाले घरमा लैजान्छ, काटेर खान्छ ्र भनेर सिकाउछन सुगाले पनि त्यसलाई हुबहु बोलेर सुनाउन सक्ने भयो ्र अब ऋषि ढुक्क भएर उनि बाहिर गए ्र अर्को दिन व्याधाले सिकार खोज्न जाल लिएर जंगलमा पसेको थियो ्र घुम्दै त्यस कुटी नजिक आयो सुगालाई देखेर जाल बिछ्याउन थाल्यो । सुगाले बोल्दै थियो व्याधा आउछ, जाल बिछ्याउछ । जालमा खानेकुरा राख्छ ।
खान जादा, जालमा पर्छस । भन्दै भुर्र उडेर झालमा खानेकुरा खान पुग्छ ्र सुगा जालमा परिसकेको छ ्र उसले बोल्दै छ ्र व्याधा आउछ, जाल बिछ्याउछ, खाने कुरा जालमा राख्छ, खान गईस भने जालमा पर्छस, व्याधाले घरमा लैजान्छ तलाई काटेर खान्छ ्र व्याधाले घर लिएर गयो सुगालाई मार्न चक्कु उध्याएर काटन तयार भयो ्र सुगाले बोल्दै थियो । व्याधा आउछ, जाल बिछ्याउछ, खाने कुरा जालमा राख्छ, खान गईस भने जालमा पर्छस, व्याधाले घरमा लैजान्छ तलाई काटेर खान्छ ्र यो एउटा ज्ञान बिनाको शिक्षाको दृष्टान्त हो ्र शिक्षाको साथसाथै ज्ञान भएमात्र मानब जीवन सफलीभूत हुन्छ ्र शिक्षाले वा शिक्षित हुदैमा उ संग ज्ञान नहुन पनी सक्छ ्र उसको ब्यबहार र उसले एक अर्कालाई गर्ने ब्यबहारबाट मात्रै मान्छेलाई ज्ञानी हो होईन भनेर चिन्न सकिन्छ ्र जति सुकै शैक्षिक प्रमाण पत्र भिरे पनि अध्यात्मिक छैन भने उ ज्ञानी हुनै सक्दैन ्र
उ संग दयाभाव आउनै सक्दैन । यदी मानिस अध्यात्मिक छैन भने उ जतीसुकै पढेको होस, ज्ञानी पुरुष हुन् सक्दैन । त्यो मानिस अबस्य अभिमानी हुन्छ । अभिमान र घमण्डले मानिसलाई अविवेकी बनाउछ । मैले जसो गरेपनि म ठुलो मान्छे हो भन्ने घमण्ड जन्मेको हुन्छ । त्यहि भ्रमले आफुमा भएको शिक्षा र ज्ञान समेत श्रापित हुन पुग्दछ । घमण्ड र उसको पाखंडिपनले उस भित्र भएको ज्ञान पनी नास भएर जान्छ र पतित हुन पुग्दछन । त्यस्ता व्यक्तिलाई समाजले बिध्दान भनेर सम्मान गरेका हुन्छन तर त्यस्ता व्यक्तिले आफ्नो शिक्षा बिध्दान भएको आवरणमा देश जनता र सर्बसाधारण माथी अन्याय र कुकृत्य गरिरहेका हुन्छन ्र
शिक्षाको आडम्बरले भ्रष्ट्राचार, अनैतिक कार्यलाइ छेक्न खोजिरहेकै पाउछौ ्र ती अनैतिक कार्यको भर्सना गर्न ज्ञानी पुरुष पछी पर्न हुदैन ्र संसारमा जति पनी ठुला भ्रष्टाचार र अनैतिक काम भएका छन ति सबै शिक्षित बर्गको नै हात छ या त उनहरुको संलग्नता छ । आम जनताले कहिले पनी राष्ट्रलाई हानी पुर्याउन सक्दैनन । सर्बसाधारणले न्यायलयलाइ प्रभावित बनाउन सक्दैनन । जहिले पनी नेता र बुध्दिजीबी भनाउदाहरुले लोभ लालचमा परेर भ्रष्टाचार, दुराचार र अनैतिक कार्य गरिरहेका हुन्छन । भिष्म पितामह, आचार्य द्रोण, गुरु कृपाचार्य जस्ता महापुरुष र बुध्दिजिवी समेत आततायी दुर्योधनको अन्याय सहेका थिए । कुल बधु द्रौपदीको बस्त्र हरण जस्तो जघन्य अपराधलाई बिरोध गर्ने हिम्मत पनी गरेनन । न त राजाले गरेको अन्यायको विपक्षमा नै उभिन सके ।
अनन्त ः धृतराष्ट्र र दुर्योधनको तर्फबाट पाण्डवलाइ संघार गर्न युध्द भूमिमा उत्रिए । राज्यको सुबिधा खान पल्केका बिध्दान र पढेलेखेका सम्भ्रान्तहरु राज्य सरकार जती भ्रष्ट र अन्यायी र आततायी भए पनी तिनै बुध्दिजीबी भनाउदाहरुले आफ्नो सुबिधाको लोभले ति आततायी शाशकलाई संरक्षण गर्न पुग्दछन । आफुले नगरेपनी त्यस्ता दुष्कर्मको समर्थन गर्नु अथवा चुप बस्नु बसेका हुन्छन । त्यो पनि भयानक पाप हो ्र प्रत्येक मनुस्यले शिक्षा प्राप्त गर्नुको साथै बिबेकी नैतिकवान हुन आबस्याक छ । आफ्नो स्वस्थ शरीर र आत्मा सुध्दी गराउन र ज्ञानको मार्ग प्रसस्त गर्न योगा र ध्यानको मार्ग अपनाउन आवस्याक छ ्र
जय होस् !!!

 

Leave a Reply