अध्यात्मको बाटोमा- २१ ( आत्मा के हो ? )

संसारमा दुइ किसिमका मान्छेहरु छन् । ति हुन् एउटा भौतिकवादी र अर्का हुन् आध्यामिकवादी , यहाँ आत्माको बारेमा केहि लेख्नु भन्दा अगाडी भौतिकबादिका बिचारलाइ पनी जान्न आबस्याक छ । भौतिकबादीले मान्छे जन्मेर यही जीवनमा जे गर्न सकिन्छ यही नै गर्ने हो, आफुले गरेको कुकर्म सुकर्मको फल अर्को जन्ममा पाइन्छ भन्ने कुरा गलत हो मरेपछी सबै कुरा सकिन्छ । भन्ने मान्यता राख्दछन भने आध्यामिक मान्छेले आत्मा परमात्मा, जन्म पुनर्जन्म र कर्मफल भोग्न बाध्यकारी हुन्छ भन्ने मान्यता राख्दछन । मान्छे मरेपछि सकियो । न मरेको मान्छे फेरी जन्मेर आउछ, न कसैले देखेको छ, न पहिला जन्ममा म यस्तो थिए र यो जन्ममा यहाँ जन्मन पुगे भनेर नै पुष्टि गरेको पाइन्छ । यदि कसैले भन्यो पनी कसैले मान्ने पक्षमा छैनन् । चार्वाक ( नास्तिक दर्शनका प्रवर्तक) का अनुयायीहरुले आत्मा र पुनर्जन्ममा बिश्वास गर्दैनन् ।उनीहरुलाई आत्मा र पुनर्जन्म र कर्मफलका कुराले छुदैन । उनीहरुको लागी यो संकृतको श्लोकले निक्कै बल पुर्याउछ ।

न स्वर्गो नाSपवार्गश्च आत्मा नो पारलौकिक: ।
यावज्जीवं सुखं जीवेद् ऋणं कृत्वा घृतं पिवेत् ।।

माथीको श्लोकको अर्थ यस्तो छ : “ न स्वर्ग छ , न मोक्ष छ, परलोकमा जाने आत्माको पनी कुनै अस्तित्व छैन त्यसैले मान्छे बाचुन्जेल सुख भोग्नु पर्दछ, सुखले बाच्नु पर्दछ, ऋण गरेर भएपनी खानु पर्दछ” भन्ने भनाइ हो । पहिलेका नास्तिकहरुले कमसे कम ऋण गरेर घिउ खाने कुरा गर्थे र घिउले शारीरिक रुपमा तिनलाई त फाइदा गर्थ्यो । तर आधुनिक नास्तिकले त “खाओ पिओ मोज गरो” भन्छन रक्सि सुरा सुन्दरीमा लिप्त भै क्षणिक आनन्दको लोभले सरिर क्षीण बनाइरहेका छन । धन प्राप्तिको लागि जतिसुकै कुकर्म गर्न पनी पछी पर्दैनन । पाप धर्मको कुनै चिन्ता छैन यहि कारणले अहिलेको दुनियामा भ्रष्टाचार, व्यभिचार, अन्याय र लुटतन्त्र मचाउन कोइ पछि पर्दैनन् । एक चोटी पोलिएर नास भएको सरिर वा सरिरसंग नास भएको आत्मा कसरि फर्कन सक्छ ? आधुनिक बुद्धिजीवि भन्नेले भनेकै छन तर पनी थुपै बैज्ञानिकहरुले भौतिक जड पदार्थ भन्दा माथी पराभौतिक तत्व छ भन्ने अनुभूति गरेका छन । कयौ यस्ता डाक्टरहरु छन उनीहरुले सरिरको अबस्था सबै ठिक भएका मान्छेलाइ अप्रेसनपछि बाच्न नसकेको र कुनै पनी हालतमा बाच्दैनन भन्ने बिमारी मान्छे बाँची राखेको देखेका छन् । प्रत्येक क्षण डाक्टरले नयाँ रोग र नयाँ चुनौतीको सामना गर्न परिरहेको छ । नयाँ समस्याहरुलाई समाधान गर्न सक्ने क्षमता कसले प्रदान गर्छ । त्यहि कुरा अलौकिक छ । संगीतको आत्मा संगीत नै हुन् सक्छ ! बाद्ययन्त्र संगीतको साधन मात्रै हो । जबसम्म साधकले यी यन्त्रबाट संगीतको सृजना गर्दैन । तवसम्म यी यन्त्रहरु मृत समान छन । जसरि संगीतलाइ दर्शाउन बाद्ययन्त्र चाहिन्छ त्यसै गरि आत्मालाइ सरिरको आबस्याकता हुन्छ । हामीहरुले आत्माको अनुभुती बिना अन्जानमै सरिरको रचना गरिरहेका छौ ।
हाम्रा शास्त्रहरुमा आत्माको बारेमा यसरी संस्कृत श्लोक लेखिएको छ ।
न प्राणेन नाSपानेन मृत्योर्जीवती कश्चन ।
इतरेण तु जीवन्ति यस्मीन्नेतावुपाश्रितौ ।।

“जीवन न त प्राणको आश्रय हो न अपानको, यो त अर्कै बस्तुको आश्रय हो, जसमाथी प्राण र अपान आफ्नो अस्तित्वको लागी आश्रित छन्” ।
माथिको श्लोकले मान्छेको सरीर त्यो आत्माको आश्रय स्थल हो, जहाँ जीवतत्व आत्मामा आफ्नो अस्तित्व कायम राख्न प्राण र वायु आश्रीत छन । भन्न खोजिएको छ । यदि मानिसले आफुलाई म को हुँ भनेर चिन्दैन भने, जिबनको स्वरुप बुझ्दैन भने, उसले आफ्नो आदर्श उदेश्य के हो भनेर बुझेन भने जीवनको संचालकको बारेमा जान्ने कुरै आउदैन । अज्ञान स्वरुपमा गरिएको कर्मबाट तृप्ति कसरि हुन् सक्छ ? बास्तवमा प्रकृति नै मानवजगत ज्ञानको क्षेत्र हो र परमातामको रचना पनी हो । मानिसको इन्द्रियाव्दारा उत्पन्न बुध्दि ज्ञानबाटै नै सम्पूर्ण नयाँ आविष्कार र नयाँ बस्तुको निर्माण भएको हो । हामीले अरुको बारेमा धेरै ज्ञान बटुल्ने गर्दछौ, तर आफुले आफैको बारेमा के हो ? भन्ने पटक्कै जान्दैनौ । जुन मानिस अध्यात्मबाट अभिप्रेरित भएको हुन्छ । त्यहि व्यक्तिले मात्रै आत्म, परमात्म, लौकिक, अलौकिक, जन्म पुनर्जन्म र मृत्युको बारेमा खोज गर्न आतुर हुन्छ । उसैले म को हुँ ? भनेर आफुले आफैलाई सोध्न पुग्दछ । म को हुँ भन्ने प्रश्नको उत्तरको रुपमा आत्मा परमात्मा हाम्रा अगाडी आउदछन । मानवको सरिर र मानवमा भएको कर्मेंद्रिय र इन्द्रियहरुको संचालन कसले गरिरहेको छ ? को बाट संचालित छ ? कुनै पनी परिस्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा सुझाब मन भित्रैबाट कसले भनिरहेको छ । यी सारा बोध हुनु भनेको आत्मबोध हो र मानवलाइ सहि वा गलत बाटोमा निर्दृष्ट र संचालन गर्ने तत्व भनेको आत्मा हो । भन्ने कुरा प्रामाणित गर्न सकिन्छ ।

बैज्ञानिकहरुले हालै सोफिया नामक रोबोटको निर्माण गरे । सोफियाले दुनियाको बारेमा बोल्न सक्ने मान्छेलाई देख्न सक्ने कुरा गर्न सक्ने पुस्तक पढन सक्ने समेत बनाएर संसारलाई चकित बनाए । ति सोफिया भीत्र प्रोग्रामिङ्ग गरेका कुरा भन्दा बाहिरका कुरा आउने बित्तिकै अवाक हुन्छिन । यसो हेर्दा मानब जस्तै बोल्छिन हिडन सक्छिन, देख्न सक्छिन, साच्चै भन्ने हो मान्छे जस्तै धेरै कुरा गर्न सक्छिन । तर उनि भित्र राखिएको प्रोग्राम भन्दा बाहिर जान सक्दिनन, उनमा गति दिनको लागी पावर अर्थात करेन्ट अफ गरियो भने उनि निस्क्रिय हुन्छिन । करेन्ट त अदृश्य छ । सोफिया भित्र जीव छैन न त जीवत्व छ, उनी आत्मा बिहिन मेसिन मात्र हुन । मानौ : मान्छे आफैमा सुपर कम्युटर हो । जीवलाई परमात्माव्दारा स्त्रीपुरुषबाट घटित संगम गराइएर जन्माइएको हो भने मानवभित्र रहेको प्रोग्रामर यसको आत्मा हो । आत्माले मदरबोर्डमा प्रोग्रामिङ्ग गरेर स्वचालित बनाइएको हुन्छ । बेग्लै परिस्थिति आउने बित्तीकै प्रोग्राम बदल्न सक्छ, तुरुन्त नयाँ बनाउन सक्छ ।
मान्छे भित्र जुन जीव तत्व छ, त्यहि नै आत्मा हो । यो आत्मा सरिरको कुन भागमा छ ? यसरि प्रश्न गर्दा यसको उत्तर यो हुन् सक्छ, जसरी परमात्माको उपस्थिती ब्रमाण्डको जड, स्थल वा प्राणी अर्थात सर्बब्यापी छ, त्यसैगरी यो आत्मा सरिरको जुन सुकै भागमा पनी व्याप्त छ । अनी आत्मा सरिर मर्दा संगै मर्छ ? भन्ने प्रश्नको उत्तरमा भागवतगीता अध्याय २ श्लोक २३ यस्तो भनिएको छ ।

नैनं छिन्दन्ति शास्त्रानी नैनं दहती पावक : ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३॥
भागवतगीता अध्याय २ श्लोक २३

अर्थ: “आत्मालाई कुनै शास्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन | यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ |
आत्मा मर्दैन, स्थुल सरिर नासवान छ” ।
यो नित्य स्वरुप आत्मा न उत्पन्न हुन्छ, न त मर्दछ, न कुनै कारणबाट उत्पन्न भएको छ । न आफै केहि बनेको छ : त्यो अजन्मा नित्य, सनातन, एवं पुरातन छ, शरीर मरेर गए पनी त्यो मर्दैन । कसैले नास गर्दैमा आत्माको नास हुदैन । त्यो अणु भन्दा पनी सुक्ष्म छ, महान भन्दा पनी महान छ । त्यो तपाइँ हाम्रो भित्र छ, त्यो तपाइँ हाम्रो स्वरुप हो । त्यसैलाई हामीले चिनौ त्यसको महिमा बुझौ, हाम्रा शोक विषाद, भ्रम सबै निर्मूल हुने छन । हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ | मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ | उक्त जीवात्मले पुन अर्को शरीर ग्रहण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ | त्यसैले हामी भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो | हरेक जीवात्मा फरक फरक हुन शर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाइ भिन्न भिन्न रुपमा प्रदान गर्नु भएको छ । त्यति मात्रै होइन प्रत्येकको DNA र FINGER PRINT समेत छुट्टै छन । एक आपसमा मिल्दैनन । एउटै आमा बाबुबाट जन्मेका छोरा छोरीमा समेत रुप रंग स्वभाव र सरिर समेत फरक पाउदछौ । आमा बाबुको कोशीका त एउटै थियो किन एक समान भएनन, उनका सन्तानहरु ? यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छन , फरक फरक आत्माहरुले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रुप रंग सरिर पाएका हुन । त्यसैले म भनेको तपाइले देख्नु भएको शरीर होइन । ती आत्मा हुन ।

०६/२५/२०२०

Leave a Reply