२. तुल्सी


तुल्सी ( holy basil)

पवित्र तुलसी यो करिब दुइ फिट सम्म अग्लो झुसे डाँठसीतको हुन्छ । यसको पात र फुल कडा सुगन्धित हुन्छ । हिन्दु धर्मालम्बीहरुले तुलसीलाई भगवान बिष्णुको स्वरुपको झार मान्दछन । प्रत्येक हिन्दुहरुको घर आँगनमा तुलसीको मठ अनिवार्य रुपले राखेका हुन्छन । तुलसीको संस्कृतमा धेरै नाम छन जस्तै : तुलसी, सुरसा, ग्राम्या, सुलाभा, बहुमंजरी, अपेतराक्षसी, गौरी, भुताघ्नी, देवदुन्दुभि नामले पनी जानिन्छन । यसलाई अंग्रेजीमा holy basil भनिन्छ । यसको साइन्टिफिक नाम ocimum tenuitiflorum हो ।
रासायनिक मिश्रण : तुलसीमा oleanolic acid, ursolic acid, rosmarinic acid, eugenol, carvacrol, linalool, β-caryophyllene लगभग ८% जति पाइन्छ ) अनुसन्धानकर्ताले उल्लेख गरेको पाइन्छ ।

Scientific classification
Kingdom: plantae
Phylum: angiospermae
Class: asteridae
Family : labiatae
genus : ocimum
Species : o.tenuiflorum

औषधीय प्रयोग :
तुलसीको प्रयोग साधारणता दुखेको, सुन्निएको र सुगरको रोगमा लाभदायक रहेको हुन्छ । बैज्ञानिकको अनुसन्धान अनुसार पुरा प्रमाणित नगरे पनी फ्लु, सुगर, रुघाखोकी, टाउको दुखाइ, ज्वरो, मानसिक तनाव, अपच, कान दुखाइ, दाद खुजुली, मच्छर भगाउने तत्व, रगत पातलो बनाउने कोरुपमा पनि प्रयोग गर्न सकिन्छ । अनुसन्धानकर्ताको अनुसार तुलसी बहुउपयोगी बिरुवा हो / यसमा निम्न अनुसारको गुणतत्व भेटाएका छन् / एन्टी ब्याक्टरियल, एन्टीभाइरल, एन्टीफंगल, एन्टीडाइरल , एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लामटोरी, कलेजो मश्तिश्क र मुटुको बचाउने तत्व, एन्टीडाइबेटिक, एन्टीपाइरेटिक, एन्टी आर्थराइटिस को लागी समेत उपयुक्त गुण भएको छ भन्ने ठान्दछन ।

Leave a Reply