२१. भेन्डी (okra)

भेंडीलाइ अंग्रेजीमा okra, ladies fingers or ochro पनी भन्दछन । यसको साइन्टिफिक नेम Abelmoschus esculentus हो । यसको बोट र फल माथि फोटोमा देखाइएको छ । भेंडी उष्म प्रदेशीय तापक्रम भएको स्थानमा संसारको जुनसुकै ठाउमा पाइन्छ । भेंडी तरकारी रअचारको रुपमा खाइन्छ । भेंडी स्वास्थ्बर्धक, पौष्टिक हुनुको साथै स्वादिलो पनी हुन्छ ।

Nutritional value per 100g.
Energy 33kcal), Carbohydrates 7.46g, sugars 1.48%, fiber 3.3 g, fat 0 .19g, protein 1.9g, vitamin A 5% vitamin B1 17%, vitamin B2 5%, vitamin B3 7% folate Bg 15%, vitamin K 30%, vitamin C 28%, vitamin E 2%, calcium 82mg 8%, iron 5%, magnesium 16%, phosphorus 9%potassium 6%, Zinc 6 % , source: online

Scientific classification
Kingdom: plantae
Class: malvales
Family : malvaceae
Genus: Abeimoschus
Species: Abelmoschus esculentus
source : wikipedia

आयुर्बेदीय औशधिय गुण:

१. भेंडी सुगर कम गराउन मदत गर्दछ /
२. यसमा folate तत्व भएकोले गर्भवती महिलाको लागी लाभदायक हुन्छ ।
३. कोलस्ट्रोल र triglyceridesको लेबललाइ घटाउन मद्दत गर्दछ ।
४. भेंडीमा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, प्रोटिन र भिटामिन K भएकोले सरिरको हड्डीलाई बलियो बनाउनुको साथै वात रोग समेतलाइ फाइदा गर्दछ ।
५. छालालाइ चिल्लो र स्वास्थ्य राख्न मद्दत गर्दछ ।
६. सरिरमा तौल सन्तुलन राख्न मद्दत गर्नुको साथै सरिरमा थकान आउन दिदैन ।
७. सरिरमा इम्युनिटी बढाउनुको साथै क्यान्सर रोगसंग लडन समेत मद्दत गर्दछ ।
८. कलेजो स्वस्थ राख्न मदत गर्नुको साथै खाना पचाउन र कब्जियतलाइ समेत फाइदा गर्दछ ।

( औषधीको रुपमा भेंडी खाँदा डाक्टरको सल्लाह लिएर खानु पर्छ । खानाको रुपमा खाँदा कुनै बेफाइदा हुदैन । कसैलाई भेंडीको एलर्जी हुने हुनाले एलर्जी हुने मान्छेले भेंडी खानु हुदैन )

Leave a Reply