१४. नारी र जननी
नारी बिनाको जगत कल्पना पनी गर्न सकिदैन । नारी शृष्टिकर्ता हुन । जन्मदात्री हुन । “सम्पूर्ण नारी समस्त बिद्या र सम्पूर्ण कलाहरुकि देवि रुप हुन । कोमलता, सहृदयता, ममता, वात्सल्य र उदारता जस्ता पांच अमुल्य दैवी प्रवृतिहरु नारीको अन्तस्करणमा रहन्छ । तलको श्लोक यहि कुरा भनेको छ ।
विद्याः समस्ता स्तव देवि भेदाः,
स्त्रिय ः समस्ताः सकला जगत्सु
हरेक मानिस आमाको कोखबाट जन्मेका हुन । साच्चै भन्ने हो भने संसारका समस्त प्राणीहरु आफ्नै आमाबाट जन्मेका हुन्छन । सायद यो संसारमा नारी हुने थिएन भने कस्तो होला जगत ? नारीलाइ ममतामयी सम्मान गरेर चण्डी सप्तसतीमा यस्तो भनिएको छ ।
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सम्पूर्ण प्राणिजगतको माताको रुपमा स्थापित यस्ती देवीलाइ नमनका नमन गर्दछु ।
पुरुष जाती सदा सर्बदा अपूर्ण हुन्छ यदि नारीको सामिप्य नहुदो हो त । उ नारीबाटै शृष्टि भएको हो । उसलाई जन्माउने नारी आमा हुन । उसलाई आमाको कोमलता, सहृदयता, ममता, वात्सल्य र उदारतारुपी न्यानो काख पाएर मात्रै हुर्किन सक्दछ । जुन बालकले जन्मेपछि आमालाई गुमाउछ । उसलाई जिन्दगीभर आमाको अतृप्त प्यास मेटिदैन र जतिसुकै सफलता प्राप्त ब्यक्ती भए पनी त्यो सुखको अनुभुती उ संग हुदैन । सदा उसको मन रित्तो भएको हुन्छ । जससँग आमा साथमा छिन तर त्यसले आमाको महत्व बुझिरहेको देखिदैन । आमालाई दिनु पर्ने माया र सम्मान दिन नसकेको देखिन्छ, तपाइँ हामीमा । ब्रह्मपुराणमा ब्यासजी आमाको महानता बारे भन्नु भएको छ ।
पितुरर्प्याधका माता गर्भधारणा पोषणात् ।
अतो हि त्रिषु लोकेषु नास्ति मातृ समो गुरु ।।
(“पुत्रको निमित्त माताको स्थान पिताको अपेक्षा उच्चतम छ । आफ्नो सारा रक्त र सरिरबाट मात्र होइन भावना र संस्कारले पालन पोषण गर्दछिन” । यसैले आमा सर्बोपरी कल्याणकारी गुरुको रुपमा प्रतिष्ठित हुनुहुन्छ ।)
आमाको स्थान पिताको भन्दा उच्च स्वभाविक हो । आमाले नौ नौ महिना आफ्नो गर्भमा राख्दा देखिको मातृ भावना त्यस बालकमा पोखिएको हुन्छ । चरम प्रसव पिडा खपेर मात्र सन्तानको जन्म हुन्छ । त्यसैले आमाको स्थान बाउले कंहा लिन सक्छन र ? जन्मे देखि स्कुल कलेज नगएसम्म आमाले नै सिकाउने हो । त्यसैले आमालाई पहिलो गुरु भनिएको हो । आमाले प्रारम्भमा बोल्ने हिडने, आनी बानि संस्कार सम्मका भाषा सिकाउनु हुन्छ । बेद्ब्यास भन्नुहन्छ ः
नास्ति गङ्गासमं तीर्थ नास्ति विष्णु समः प्रभु ः ।
नास्ति शम्भुसमः पुज्यो नास्ति मातृसमो गुरु ।।
( गङ्गा बराबर अर्को तिर्थ छैन, बिष्णुतुल्य अर्को भगवान छैन, शिब समान अर्को कोइ पुजनीय छैन, आमा भन्दा अर्को कुनै गुरु छैन।) त्यसैले आमालाई पहिलो गुरु भनिएको हो । आमाले प्रारम्भमा बोल्ने हिडने, आनी बानि संस्कार सम्मका भाषा सिकाउनु हुन्छ । त्यसले आमाले सिकाएको भाषालाई मात्रीभाषा भनिन्छ ।
महर्षि कण्वका आश्रममा रक्षित विश्वामित्र पुत्री सकुन्तला आश्रमको प्रबन्धन र पठनपाठन संलग्न रहन्थिन । राजा दुश्यन्त त्यस आश्रममा पाहुना भएर आएका थिए । सकुन्तलाको सुन्दरता देखेर उनीसंग बैबाहिक सम्बन्ध कायम गरि केहि समय उनीसंग बिताएर आफ्नो राज्यमा फर्के । दुर्भाग्यवश सकुन्तलालाइ नचिनेको भनि राजाले अस्विकार गरे । ततपश्चात दुश्यन्तको छोरा भरतलाई ऋषिको छत्रछाँया रहेर छोरालाई लालन पालन गरी राजकुमार सरहको शिक्षा दिक्षा दिएर बहादुर बनाइन ।
उनैले सकुन्तलाको सम्मान फिर्ता पनी गराए । आमाकै प्रेरणाले आफ्नो आधिकार लिएर भरत नामले प्रख्यात चक्रवर्ती राजा भए । भारत कै नामबाट भारतबर्ष भनेर यो भुमिको नाम रहन गयो । संसारमा यस्ता धेरै मानिसहरु छन् जो मन्दबुद्धि भएर पनी आमा बाबुको प्रेरणा र प्रोत्साहन पाएर जाज्वल्यमान हुन सके । डार्बिन, न्युटन, नेपोलियन, आइस्टाइन र महात्मा गान्धी यिनी बाल्यकालमा मन्द बुद्धिका थिए । पछि गएर संसारमा ठुलो प्रख्यात कमाउन समर्थ भए । आमा बाबुको शिक्षाले यिनीहरुलाई सफलताको सिढी चढाए ।
“नास्ति भार्या समं मित्रम्” । पत्नीलाई सबभन्दा नजिकको मित्र भनेर शास्त्रमा पनी भनिएको । पुरुषकोलागी मातापछी दोश्रो नारी पत्नी हुन जुन पत्नी पुरुषको लागी सबभन्दा विश्वासी मानिने हुदाँ मित्र समान मानिएको छ । तर समाजमा पुत्रले बिबाह गरेपछि आफ्नी आमालाई दुर्बचन लगाउने अपमान गर्ने, दुख दिएको प्रसस्त उदाहरण छन । आमाले आफुलाई गरेको ममतामयी कर्म तत्काल भुल्ने, आफ्नो कर्तब्य के हो भनेर नसोच्ने मुढ हुदाँ कतिपय आमाहरुले कष्ट भोग्न परेको प्रसस्त परिघटना हाम्रै समाजमा देखिन्छन । नारीको अर्को रुप भगिनी अर्थात दिदि बहिनीको रुपमा दाजुभाइ प्रति मधुर सम्बन्धले घर परिबार हराभरा भएको हुन्छ । भाइटिकाको पर्वले हामीलाई समरण गराउदछ । धर्मराजले बैनी यमुनासंग दाजुभाइको रक्षा खातिर रक्षा बन्धन र भाइटिका ग्रहण गरेको कथा सबैलाई थाहै छ । त्यस्तै गरेर पुत्री घरकी शोभा हुन्छिन । घरमा मातापिता र दाजुभाइसंगको भावनात्मक सम्बन्धमा रमाइलो र सरसता ल्याउछिन ।
नारीका यी चार रुप ‘माता, पत्नी, भगिनी र पुत्री” समाज र परिवारलाई पूर्ण बनाउन अन्त्यन्त अपरिहार्य सम्बन्ध हुन । पछिल्लो समयमा छोरीलाई शिक्षाबाट बन्चित बनाइयो । जसले गर्दा अशिक्षित आमाबाट बाञ्छित संस्कार सन्तानले पाउन सकेनन । पुरुषहरु चाहिने भन्दा बढी हाबी भए । जसले गर्दा छोराहरु नारि माथि नै बलात्कार र नारि माथि नै शोषण गर्न उद्दत भए । कुनै पनी शिक्षित आमाले आफ्ना छोरालाइ नारीमाथि अन्याय अपमान गरोस भन्ने कुरा कहिले पनी चाहन्नन । पुरुष प्रधान समाजले नारीमाथि दमन शोषण गरेको देखेका र समाजले स्विकारेको हुनाले यस्ता थुप्रै घटना हाम्रा समाजमा घटी राखेका छन । कानुन बनाउने नै पुरुष भएकाले र नारीले प्रतिरोध गर्न नसकेको हुनाले पनी नारी माथी गरिएको अत्याचार दमनको सजाय खुकुलो बनाइएको कारणले नारीले अहिले पनी बलात्कार, एसिड प्रहार, घरेलु हिंशा सहन परिरहेको छ । नारीमाथी जघन्य अपराध गर्ने मान्छे कहिले पनी सुखी र खुशी त हुन् सक्दैन । तिनीहरु सजायको भागिदार नहुनु भनेको समाजको अमन चयन भाडिनु हो । राज्यको कानुन त्यसको दोषी हो ।
जहा नारीहरुलाई पुञ्जिञ्छ त्यहाँ नै देवताहरु पनी रमाउछन । नारीलाई उचित सम्मान दिन सकेमा सबै किसिमको मनोकामना पुरा हुन्छ । नारीलाई कल्पवृक्षको रुपमा तुलना गरेको पाइञ्छ । त्यसैले स्मृति शास्त्रमा ऋशिजनले भन्नुभएको छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ः ।।
यत्रतास्तु न पूज्यते सर्वास्तत्राक्फला क्रियाः।।
नारीको महत्ता र श्रेष्ठतालाइ गम्भीर भै सोच्न आबस्याक छ । यदी नारीलाई उचित सम्मान र माथि उठाउन सकेमा मानवको मनोरथ पुरा गर्न समर्थ हुन्छिन । हुन् त हिन्दु परम्परामा ३३ कोटी देवताको नाममा कुनै देवीको नाम छैन । भन्नलाई ३३ कोटी देवी देवता भनिराखेका हुन्छौ । तर पनी हाम्रो परम्परामा नारीलाई देवीको रुपमा मानिएको छन । मानिसलाई सदा आबस्याक भैरहने बस्तुको अधिष्ठाता देवीलाई भनिएको छ । धनकी देवी लक्ष्न्मी, विद्याकि देवी सरस्वती, शक्तिकि देवी दुर्गा, असुरलाइ नाश गर्ने नव दुर्गा । यदि कुनै पनी घरमा नारीको सम्मान हुन्छ भने यी सम्पूर्ण कुरा सजिलै प्राप्त हुन्छ ।
यो संसारमा जति पनी मानिसहरु महान भएका छन । तिनमा नारी कै हात छ भने जति पनी मान्छेको बिनास र युध्द भएका छन तिनमा पनी समेत नारीको हात रहेको छ । त्यसैले आफ्ना छोरीहरुलाई छोरालाई भन्दा बढी शिक्षित बनाउन सकियो भने भावी सन्तती स्वतः शिक्षित र संस्कारयुक्त बन्न सक्छन । नारीमा पुरुषमा भन्दा केहि गुणहरु बढी हुन्छन जसले गर्दा शिक्षित नारीको संलग्नताले समाज र देशलाई सकारात्मक परिबर्तन गर्न सकिन्छ । “नारीको सम्मान गरौ“ नारीलाई महिला वा आइमाईको संज्ञा दिनु उचित हुदैन भन्ने मेरो राय छ । नारीको सम्मान नै तपाइँ हाम्रो आमा, पत्नी, दिदि बहिनी र छोरीको सम्मान हो ।
oooo

Leave a Reply