१९. ज्वानो (Ajwain)

ज्वानोलाइ अजवाइन , अजमायन , जवाइन , जवायन , अजोवां र अजवां पनी भन्दछन / अंग्रेजीमा ajowan, caraway, bishop’s weed, carom भनिन्छ । झट्ट हेर्दा यसको पात धनीयाको पात जस्तो देखिन्छ । धनिया जस्तै फुल्दछ र फल्दछ ।यसको फूललाई thyme भन्दछन । हाम्रो समुदायमा बिशेष गरेर सुत्करीहुने महिलालाइ ज्वानोको झोल खुवाउने चलन छ ।

Nutritional value per 100g.
Energy 305 kcal), Carbohydrates 43 g,, fat 25 g, protein 16 g, calcium 443.00mg%, sodium 10 mg , source: online

Scientific classification
Kingdom: plantae
Class: Apiales
Family : Apiaceae
Genus: Trachyspermum
Species: Trachyspermum Ammi
source : wikipedia

आयुर्वेदीय गुण र प्रयोग : अजवायन अग्निदिपक, पाचक, उष्ण, उद्वेष्ठन, निरोधी, क्रीमिघ्न, उत्तेजक, बल्य, संक्रमण निरोधी, दुर्गन्ध नाशक गुण भएको हुन्छ । यसको प्रयोग अतिसार, कुचपन, अजीर्ण, उदारशुल, आध्यामान विशुचीका आदि रोगमा लाभदायक हुन्छ ।

आयुर्वेदीय औषधीय प्रयोग
१. एसिडिटी र अपचको लागी लाभदायक हुन्छ । एक चम्माच ज्वानो, एक चम्माच जिरा, आधा चम्मच अदुवाको धुलो मिसाएर पानीसंग मिसाएर चपाएर खाएमा मुटु पोल्ने देखि लिएर एसिडिटी र अपचलाइठिकगर्दछ ।
२. रुघा खोकीको लागि लाभदायक हुन्छ । ज्वानोलाइ भुटेर भेलिको रस मिसाएर पेस्ट बनाइ दिनको २ पटक खाएमा आराम हुन्छ । यसले माइग्रेनको दुखाइ समेतलाई ठिक गर्दछ ।
३.ज्वानोमा thymol भन्ने रासायनिक तत्व भएकोले यसलाई पिसेर घाउमा लगाएमा किटाणु बाट जोगाउछ ।
४. सुत्केरी महिलालाइ ज्वानोको झोल (सुप) अन्त्यन्त शक्तिबर्धक हुनुको साथै दुधखाने बच्चालाइसमेत ग्यास हुन्बाट जोगाउछ । महिलाको पाठेघर, पेटको समस्यालाई समेत ठिकपार्न मद्दत गर्दछ ।
५. ज्वानोको पेस्टले मुख वा छाला धोएमा सफा र चम्किलो पार्दछ । मच्छरको टोकाइबाट बच्न तोरीको तेलमा ज्वानो मिसाएर कोठामा राखेमा मच्छर कोठाबाट भाग्दछ ।
६. ज्वानोमा एन्टिबायोटिक र एनाल्जेसिक गुणभएकोले वातको लागि पनी असाध्यै लाभदायक हुन्छ ।

साइड इफेक्ट:
१. ज्वानोको एलर्जी भएको मान्छेले यो खानु हुदैन / यसले नोक्सान गर्दछ ।
२. कलेजोको रोगीले ज्वानो खानु हुदैन / तर ज्वानोको पानी पिउनाले कलेजो र किडनी लाइ सफा गर्न मद्दत गर्दछ ।
३. अप्रेसन गरेको केहि समयसम्म ज्वानो खानु हुदैन ।
४. ब्लडप्रेसर हाइ हुनेले औषधिको रुपमा ज्वानो खानु हुदैन ।
०६/१७/२०२०

Leave a Reply