१८. मरिच (black pepper)

मरिचलाइ मिरच, गोल मरिच, काली मरिच, गोल मरिच, चोखा मिरच पनी भनिन्छ । अंग्रेजीमा blackpepper भन्दछन भने साइन्टीफिक नाम piper Nigrum हो । मरिच हाम्रो भान्सामा दिनदिनै प्रयोग हुने मसाला हो । मरिच बिशेष गरेर उष्ण र गर्मि ठाउमा फल्दछ । बिशेष गरेर साउथ एसिया र अस्ट्रेलियामा यसको खेति हुन्छ । मरिचको बोट लगभग बारह फिट अग्लो हुन्छ । मकैको घोगामा मकैको गेडा फाले जस्तै मरिच फल्दछ ।

Nutritional value per 100g.
Energy 250kcal), Carbohydrates 64g, sugars 0.6%, fiber 25 g, fat 1.4 g, protein 10.g, calcium 443.00mg%, iron 9.71 mg, potassium 1329mg %, sodium 20 mg% , source: online

Scientific classification
Kingdom: plantae
Class: Piperales
Family : piperaceae
Genus: Piper
Species: piper Nigrum
source : wikipedia

आयुर्बेदीय गुण : मरिच सुगन्धित, उत्तेजित, पाचक, अग्निदोषक, रुचिकर, स्वेदकर, कफ़घ्न, कृमिहर गुणयुक्त हो ।

आयुर्वेदिक औषधीय गुण :

१. उच्च एन्टी अक्सिडेन्ट भएकोले मुटुको रोग, सिघ्र बुढापा र क्यान्सर रोग समेतलाइ लाभ दायक हुन्छ ।
२. एन्टी इन्फ्ल्यामेटोरी तत्व भएकोले वातरोग, सुन्निएको, सुगर रोगमा समेत लाभदायक हुन्छ ।
३. मश्तिश्क रोगमा समेत लाभदायक गर्छ ।
४. कोलस्ट्रोल लेबल कम गर्न सहायक हुन्छ ।
५. मरिच मसालाको रुपमा चिया देखि अचार, तरकारी र सुप समेतमा प्रयोग गरिन्छ ।

साइड इफेक्ट
१. मरिच सोझै मुखमा चपाउदा मुख पोल्छ / यदि झुक्किएर फोक्सोमा पुग्यो भने मृत्युसमेत हुन सक्छ /

०६ / १५ / २०२०

Leave a Reply