२०. काक्रो (Cucumber)


काक्रोलाई कसैले खिरा ककडी पनी भन्दछन । अंग्रेजीमा cucumber भनिन्छ । काक्रोको पांच कुने ठुला पातसंग हुन्छ । पन्हेलो फुल फुल्दछ र यसको फल १२-१५ इन्चको हुन्छ भने मोटाइ बिभिन्न साइजको हुन्छ । काक्रोलाइ फलफुल सलादकै रुपमा खाने गरिन्छ । काक्रो लहरा र झाँग बनाएर फल्दछ ।

Nutritional value per 100g.
Energy 16kcal), Carbohydrates 3.63g, sugars 1.67%, fiber .5g, fat .11 g, protein .65 g, vitamin K 16.4 ug 16%, vitamin B1 2%, vitamin B2 3% B3 1%, B5 5%, vitamin C 3% calcium 16mg 2%, iron 0.28 mg, potassium 147mg %, sodium 2mg2% , source: online

Scientific classification
Kingdom: plantae
Class: cucurbitales
Family : cucurbitaceae
Genus: cucumis
Species: cucumis sativus
source : wikipedia

आयुर्वेदीय औषधीय प्रयोग

काक्रो न्युट्रीसनले भरपुर हुन्छ । स्वास्थ्य बर्धक छ ।
एन्टीअक्सिडेन्ट भएकोले क्यान्सर हार्ट र फोक्सोको रोगीलाइ लाभदायक हुन्छ ।
सरिरमा खनिज पदार्थको पूर्ति गर्नुको साथै, सरिरमा पानिको मात्रा सन्तुलन गर्दछ ।
काक्रोले सरिरको वजन कम गर्न मद्दत गर्दछ ।
काक्रोले पेट सफा गर्नुको साथै पेटमा भएका दुषित मललाई बाहिर फ्याक्न मद्दत गर्दछ ।
काक्रो खानाले सुगर रोगलाई फाइदा गर्नुको साथै रगत सफा गर्न मदत गर्दछ ।
काक्रो सलाद र अचार अथवा नुन्खुर्सानिमा डोबेर खान पनी स्वादिलो हुन्छ ।
०६/२२/२०२०

Leave a Reply