इन्डिया बढे भाइ हो त ?  

इन्डिया जेठो कि नेपाल ?

 

इन्डियाले जहिले पनी आफुलाई बडेभाई हुँ, भनेर दाबी धेरै गरिरहन्छ । सधै नेपालसंग रोटोबेटी भनेर पेल्छ । नेपाल र नेपाली नेताले त्यसलाई किन स्वीकारि रहेका छन ? मलाई यो कुराले सधै पिरोल्थ्यो । यो  त सबै हाम्रा नेताहरुले मौन स्वीकृति गरेर इन्डीयनले हेपेर गरेको रहेछ ।  इतिहास पढेपछि गर्ब गर्न लायक इतिहास बोकेको देश नेपाल हो रहेछ । 

इष्ट इन्डिया कम्पनी भनेको इन्डिया, पाकिस्तान र बंगालादेश  जन्माउने साम्राज्य देश हो । त्यो बिशाल साम्राज्य इष्ट इन्डियासंग लडेर ठुलो भूभाग गुमाएर भएपनि नेपालले ससम्मान रुपमा दुइ देशको हैसियतले दुइसय बर्ष अगाडी सम्झौता गरेर आफ्नो देशलाई कायम गरेको थियो । त्यतिखेर इन्डिया कहाँ थियो ? नेपाल त त्यसको बाउको हैसियत राख्ने देश हो । अनि नेपाल कसरी इन्डियाको छुटे भाइ हुन्छ ? इन्डिया नाम मात्रको ठुलो देश हो ! इन्डियाभित्र थुप्रै देशहरु छन । जसलाई दबाउन हजारौ नेपाली बहादुर सैनिकलाइ आफ्नो भूमिमा तैनाथ गरेको छ । अगर उसले इन्डिया कायम आफै राख्न सक्ने भए अरबौ खर्च गरेर किन गोर्खा पल्टन राखेको छ ? त्यसैले नेपाली नेता र जनताले लघुताभास मान्नु पर्ने कुनै कारण छैन ।

 हामी हिजो पनी ठुलो थियौ, आज पनी इन्डिया भन्दा नैतिक रुपमा नेपाल इन्डियाको  बाउ सरहको हो । के बाउ दुब्लो भयो कमजोर भयो भने छोराको लात खानु पर्छ र ? इन्डिया केहि बलियो छैन, फोक्से मासु हो ? रोटि बेटी भनेको हिजोको ग्रेट नेपालमा बसेका जनताबीचको बिहाबारीको सम्बन्ध हो । नेपालीले ग्रेट नेपालकै दाबी गरिरहन पर्छ । हिजो सुगौलीसन्धिले गुमाएका भुमीमा रहेका हाम्रा सम्पूर्ण  नेपालीभाषी ग्रेट नेपालीलाइ इन्डियाले थिचो मिचो गर्दा नेपालले तिनलाई सहयोग गर्न पर्छ । र तिनिहरुलाइ हेप्दा नेपाल बोल्नु पर्छ । अर्थात हामीले त्यसलाई लिन नसके पनि ति भूभागको आफ्नो प्रान्त गराउने कुरालाई मद्दत गर्नु पर्दछ । त्यत्रो ठुलो हैसियत राख्ने नेपालका नेताहरुले झुक्नु पर्ने कुनै कारण छैन । जनताहरु त कहिल्यै पनी झुकेका छैनन् । 

नेताहरु सधै किन झुकिरहेका छन् ? त्यो आजका नेपाली जनताले बुझ्न थालेका छन ।  लिम्पियाधुरा त के ग्रेट नेपाल हिजो नेपालीले ओगटेको थियो भने आज त नेपालले सजिलै लिन सकिन्छ !  मातृभुमिको लागी मर्नेहरुको लागी सदा  स्वर्गको ढोका खुला हुन्छ भन्ने शास्त्रमा लेखेको छ । नेपाल भनेको देवभुमी रिषिभुमी र स्वर्गको ढोका र ऋषिमुनिको असाधारण  तन्त्र बिध्याबाट निर्माण गरिएको देश हो । त्यसैले यो भुमि देवभुमि हो । यो देश कसैको गुलाम भएर बस्न सक्दैन । जब सम्म यो पृथ्वीको अस्तित्व रहन्छ, तबसम्म नेपाल रहिरहन्छ  । केहि कुलंगार नेताले यस देवभूमिमा होलिवाइनले बिटुलो पार्न खोजे पनी नेपाल बिटुलिने छैन । तिनै नेताको पतन अबस्य हुने छ । 

नेपालले यी कुरा गर्न सके नेपाल ग्रेट नेपाल बन्न सक्छ ? नेपालले कायम गरेको नक्सा अनुसारको जमिनबाट तुरुन्त सैनिक फिर्ता गरेन भने निम्न अनुसारको निर्णय गर्नु आबस्याक छ । 

 

१. नेपाली भुमीमा बिदेशी सैनिकको उपस्थिति भनेको उसको अधिन स्विकार्नु हो । त्यसैले तुरुन्त दिन  तोकेर  इन्डियालाइ सैनिक फिर्ता गर्न आदेश दिने ! 

२. नेपालको ऎतिहासिक नक्साका प्रमाणित दस्तावेजहरु राखेर सहयोग र समर्थनको लागि दौत्य सम्बन्ध भएका राजदुतको भेला गराई समर्थन जुटाउने । 

२. तुरुन्त सैनिक फिर्ता नलगेमा आजसम्म इन्डियासंग भएको र गरेको सन्धि सम्झौता खारेज गर्ने ! 

३. इन्डियामा रहेका गोर्खा सैनिक तुरुन्त फिर्ता गराउन पहल गर्ने । ब्रिटिशमा रहेका गोर्खा सैनिक र शान्ति सेनामा गएका सेनालाई समेत भित्र्याएर इन्डियन आक्रामणको  प्रतिरक्षामा तयारी गर्ने । 

४. ग्रेटर नेपालमा भित्रको  ( हाल इन्डिया रहेको भाग ) का नेपालीभाषीलाइ संगठित भै बस्न सहयोग गर्ने । उनीहरु आफ्ना पुर्बजको भूमिमा बसेका हुन, उनिहरुहरुको दमन अपमान गरेमा नेपालले बिरोध र प्रतीरोध गर्ने ।  

५. नेपाली सैनिकलाई सिमानाको नजिक राख्ने र उनीहरुको घुसपैठ हुने बित्तिकै ढालिदिन आदेश दिने  । 

६. नेपालमा उत्पादन हुन् सक्ने जुन सुकै कृषि उत्पादनलाइ इन्डियाबाट ल्याउन रोक्ने । बिदेशमा बनेको सामानमा २०० प्रतिशत भन्सार लिने र नेपालमा उत्पादन हुने सामानको कच्चा पदार्थमा भन्सार महसुल सुन्य बनाएर सबै  जनतालाई रोजगार गराउन सकिन्छ । मेन पावर दलाल र दलाल पुँजीपति ( बिदेशी सामान बेच्ने ब्यापारी), लाइ क्रमश : बन्देज लगाउने, 

७. इन्डियासंग फ्री भिषा गराए पनी पासपोर्ट बिना आवतजावत गर्न बन्देज लगाउने ।  यसो गर्दा चेली बेचबिखन रोक्न सजिलो हुन्छ । वर्क परमिट बिना कुनै पनी नेपालीलाई विदेशमा काम गर्न बन्देज लगाउने । बिदेशी टेक्निसियनलाइ समेत वर्क परमिट दिने ब्यबस्था गर्ने ।  

८. इन्डियन RAW सम्मिलित नेता र कर्मचारीको पहिचान गरि देश निकाला वा कारबाही गर्ने । 

९. नेपाली सैनिकलाई ससक्त गराउन तालिम र देशलाइ आत्मनिर्भर गराउन सेना भित्र प्राबिधिक कृषि र आधारभूत जन सेवाको औद्योगिक बिकाशमा प्रवेश गराउने । 

१०. युवाहरुलाई स्वच्छिक रुपमा सैनिक तालिम लिने ब्यबस्था र निशुल्क प्राविधिक शिक्षा दिने ब्यबस्था गर्ने । 

११. कृषि उत्पादनमा सरकारले सुबिधा प्रदान गर्दै, बजार ब्यबस्था सरकारले मिलाइने दिने । 

१२. आत्मा निर्भरता बढाएमा मात्रै कुनै पनी देशसंग हेपिनु पर्ने छैन ।

१३।  ससानो कुरामा नाका बन्दि गर्ने देश इन्डिया हो । यसले ऎले पनि नाकाबन्दी गर्न सक्छ । 

१४. इन्डियाले नाकाबन्दि गर्यो भने अर्थात इन्डियन सेना नेपालमा प्रवेश गर्यो भने सर्बप्रथम सबै सम्झौता खारेज गरी कोशी गण्डक र महाकाली बाँधलाई भत्काइदिन पर्छ ।

 

( यी मेरा भावना हुन, केहि कुरा छुटन गएमा र कमि कमजोरीलाइ कमेन्ट गर्नु होला । )

 

०५/२९/२०२०  

Leave a Reply