पुनार्जन्को रहस्य
भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनि मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।१।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
(कविवर लेखनाथ पौडेलको यो कालजयी कविता “ काल महिमा”को यो अंश हो )
मृत्यु अर्थात मरण, जगतका प्राणिहरुमा लागेको लाहाछाप हो । यो कुनै हालतमा फेरबदल हुन सक्दैन । मानिसको मृत्यु सुनिश्चित छ । लाल मोहर लागेको छ । अबस्यै सबैको मृत्यु हुन्छ । तर कसरी कहा किन, के कारण आदि इत्यादि भन्ने मात्रै हुन । हरेक मनुष्यले आफुले प्रारब्धमा ल्याएको आयु बाच्दछ । दुख सुख रोग ब्याधी नभोगी सुखै पाउदैन ति फल भोग्दछ ।
पुनर्जन्मका लागि पनि उसले केहि नाफा घाटाका कर्महरु उसले अबस्य गर्न पुग्दछ । उसका आसक्ति इच्छाहरु हुदा हुदै उसको मरण हुन पुग्दछ । यहि आसक्ति इच्छा, बदलाका भावसहित मृत्यु हुन गएको मनुस्यले उसको सत्कर्म वा दुष्कर्मको फल भोग्नको लागी फेरी जन्मनु पर्दछ । त्यो जन्म पुनर्जन्म नै हो । पुनरपि जननं पुनरपि मरणं पुनरपि जननीजठरे शयनम् । इहं संसारे खलु दुस्तारे कृपया पारे पाही मुरारे ।। कर्मफल भोग्न कै लागी पनी अबस्यै फेरी नजन्मिकन सुख पाइदैन भन्ने यसको अर्थ हो । ज्ञानीहरु मृत्युलाई पुराना कपडा उतारेको भनेर मान्दछन । पुनरजन्म र पुनर मरण अर्थात जन्म मरनको यस चक्रबाट मुक्ति पाइदैन । मान्छे मरेपछि पुनर्जन्म अथवा नया जन्म हुन्छ कि हुदैन। बिज्ञान ले पुष्टि नगरे पनि अध्यात्ममा यसको चर्चा छ ्र हिन्दु, जैन र बौध्द धर्ममा पुनरजन्म एक बास्तबिक सत्य मानिएको छ ्र आत्माको निरन्तरतालाई पुनर्जन्म भनिएको छ ्र आत्मा मर्दैन तर आत्माले ग्रहण गरेको भौतिक शरीर मर्दछ र पुन कर्म अनुसारले जन्म लिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ्र
हरेक प्राणी मर्न देखि डराउछ ्र खतरा देखि साबधान हुन्छ । प्राणीमा मृत्युको गुप्तज्ञान उसको सुक्ष्मबुध्दिमा लुकेको हुन्छ ्र उ हरेक पटक सरिरलाई छोडदाको कष्ट भोगेको हुन्छ ्र त्यसैले मृत्युबाट बच्न प्रेरणा दिएको हुन्छ ्र किनभने उसलाई आत्माको निरन्तरताले उसको शुक्ष्म बुध्दी रहेको प्रभावको कारणले मृत्युको भय भएको हो भन्न सकिन्छ ्र मानिस अल्पज्ञ भएकोले उसको पुंनरजन्मको स्मरण भने रहन सक्दैन ्र आत्मा मर्दैन तर स्थुल सरिर नाशवान छ भन्ने भागवत गीतामा भगवान श्रीकृष्ण भन्नु भएको छ ्र
वासान्सि जिर्णानी यथा विहाय नवानि ग्रिन्हाती नरोक्परानी ्र
तथा शरिराणी विहाय जिर्णान्यन्यानी संयाती नवानि देहि ्र्र२२्र्र
नैनं छिन्दन्ति शास्त्रानी नैनं दहती पावक ः
न चैव ल्कदयन्त्यापो न शोषयति मारुतःरर२३रर
अच्छेद्यो अयम क्लेद्यो क् शोष्य एव च ्र
नित्यः सर्वगतः स्थाणुरचलोक्यं सनातनः ्र्र२४्र्र
भागवत गीता अध्याय २ श्लोक २२, २३, २४
अर्थः यदि तिम्ले शरीरको वियोगलाइ शोक गर्छौ भने पनि उचित हुने छैन किन कि जस्तै मान्छेले पुरानो कपडा फालेर नया कपडा फेर्नु जस्तै हो ्र त्यस्तै गरि मनुस्य (जीव)ले पनि पुरानो शरीरलाई लाइ त्यागेर नया शरीरको धारण गर्दछ ्र (२२) आत्मालाई कुनै शस्त्रले काटन सक्दैन । त्यसरी नै अग्निले जलाउन सक्दैन ्र यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ ्र(२३) किनकि यो आत्मा अच्छेद्य छ , यो आत्मा अदह्य अक्लेद्य , र अशोश्य छ र यो आत्मा निः शन्देह नित्य, सर्वब्यापक, अचल, स्थिर रहनेवाला सनातन छ ्र(२४)
गीतामा आत्माको बारेमा यसरि व्याख्या गरिएको छ ्र आत्मा कहिल्यै मर्दैन , अविनासिनी, नित्य, अजन्मा, अब्यय, अपरिबर्तनीय छ ्र त्यसैले आत्मा मर्दैन र न त जन्मंछ नै ्र हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ ्र मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ ्र उक्त जीवात्मले पुन अर्को शरीर ग्रहण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ ्र त्यसैले हामी भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो ्र
श्री भगवानुवाच
इदं शरिरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतध्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तव्दिद ः।।१।।
भगवतगीता १३ अध्याय
हाम्रो शरीरलाइ भगवान श्रीकृष्णले क्षेत्र भन्नु भएको छ । जसले शरिररूपी क्षेत्रलाई जान्दछ त्यस्तो जान्नेलाई क्षेत्रज्ञ भनिन्छ ्र अर्थात यसको सामान्य अर्थ खेत हो जमिन हो । जहा बिज छर्ने र रोप्ने गरिन्छ ्र सरिरलाई क्षेत्र रुपमा लिइएको छ यसमा आफुले गरेको कर्मको बिउ रोपिन्छ कर्मरुपको उत्पति स्थान नै क्षेत्र हो अर्थात शरीर हो ्र यहि क्षेत्रको बारेमा जानकार ब्यक्ति नै क्षेत्रज्ञ हो । क्षेत्रको तत्वज्ञान जान्ने पुरुषलाई नै बिध्दान भनिन्छ ्र मनुष्य शरीरको निर्माण ३ किसिमको सरिरबाट पूर्ण बनेको हुन्छ ्र यसैलाई भगवान श्रीकृष्णले क्षेत्र भन्नु भएको हो ्र ति यस प्रकार छन । १. स्थुल सरिर २. सुक्ष्म सरिर ३. कारण सरिर
(१) स्थुल रुप शरीरको निर्माण पाँच महाभुतले बनेको हुन्छ यसलाई पंचिकृत भनिन्छ ्र
यी पांच तत्व आकाश , वायु, तेज ,जल र पृथ्वी हो ्र यो पृथ्वी प्रधान हो ्र त्यसैले हाम्रा चर्म चक्षुले देख्न सक्दछौ । हाम्रो सरिरमा ५ ज्ञानन्द्रिय , ५ कर्मेंन्द्रिय, ५ प्राण, ४ अन्तस्करण र ५ पन्चतत्व गरेर २४ प्रकारका सुक्ष्म तत्व सरिरमा समाहित भएको हुन्छ ्र८ ५ महाभुतः आकाश, वायु, तेज, जल र पृथ्वी, ५ ज्ञानन्द्रिय ः( स्वाद(रसना), दृष्टि, घ्राण(सुघ्ने), श्रव्य, त्वचा(स्पर्स चेतना)
८ ५ कर्मेन्द्रियाः( हात, खुट्टा, बाणी(बोलि), जनिन्द्रिय, गुदा हुन् ्र ८ ५ प्राण ः शरीरमा ५ किसिमका प्राण हुन्छन, यी प्राणहरु सरिरको निम्न स्थानमा बसेका हुन्छन ्र मूल प्राण हृदय स्थानमा बस्दछ ्र अपान प्राण गुदामा हुन्छ, समान प्राण नाइटोमा हुन्छ, वियान (ब्यान) प्राण सरिरभरि छरिएको हुन्छ ्र उदान प्राण कण्ठमा समाहित भएर बसेको हुन्छ ्र
८ ४ अन्तस्करण ःमन, बुध्दी चित्त, अहंकार जसमा मन संकल्प र विकल्पमा हुने गर्दछन, बुध्दिले निश्चयात्मक कार्य गर्दछ, चित्त चाहि संस्कारात्मक हुने गर्दछ ्र अहंकारले इगो अभिनिभेषात्मक कर्म गर्ने गर्दछ ्र
(२) सुक्ष्म सरिर को निर्माण पनि शुक्ष्म पन्च महाभुतले नै बनेको हुन्छ ्र
जुन आकाशतनमात्रा, वायुतनमात्रा, तेजतनमात्रा, रसद्तन मात्रा, गन्धतनमात्रा हो ्र यो बायु प्रधान सरिर हो । त्यसैले यो वायु प्रधान शरीरलाई हाम्रा आँखाले देख्न सक्दैन । सायद वायुलाई हेर्ने मेसिन बन्यो भने देख्न सकिन्छ, होला ?
(३) कारण सरिर ः मूलत कारण सरिर भनेको अज्ञान हो ्र क्षेत्रको बारेमा ज्ञान भएको व्यक्तिमा कारण सरिर हुदैन ्र मानिसले आफुले प्रारब्धमा पाएको आयु भोग्न पाउछ ्र त्यो समाप्त भएपछी शुक्ष्म सरिर र कारण सरिरले स्थुल सरिरलाई छोडेर जानै पर्ने हुन्छ ्र रोग, दुर्घटना, हत्या, आत्महत्या चाहे जुन सुकै बहानामा होस् ्र अबस्य स्थुल सरिरलाई छोडन पर्ने हुन्छ ्र सबभन्दा पहिले कमेंद्रीय, ज्ञानेंद्रिय र अन्तस्करण हुदै ५ प्राणलाइ मुल प्राणमा समाहित गरेर सरिरका नौ व्दार मध्ये एक सुलभ व्दारबाट प्राणवायुले स्थुल सरिर छोडेर जान्छ ्र तत्पश्चात स्थुल सरिरको मृत्यु हुन्छ ्र यो स्थुल सरिर पाँच महाभुतमा समाहित हुन्छ ्र यी पांच तत्व आकाश , वायु, तेज ,जल र पृथ्वी आ(आफ्नो स्थानमा बिलिन हुन् पुग्दछ ्र अब हाम्रो शुक्ष्म सरिर र कारण सरिर मात्रै अदृश्य रुपमा आकाशमार्गमा रहन्छ ्र कारण शरीर भनेको नै सत्कर्म वा दुष्कर्मको भोग गर्न शेष रहेको कर्मफल भोग्न जिवात्माले पुनर्जन्म लिनै पर्ने बाध्यता हुन पुग्दछ । यदी मनुष्यले कर्मको फल शेष नरहने गरी कर्म गर्दछ । र आफुले गरेको कर्म परमेश्वरमा समर्पण गर्न सकियो भने मुक्ति पाउन सकिन्छ भन्ने कुरा भागवत गीतामा समेत उल्लेख गरिएको छ ।
यहि सुक्ष्म सरिरलाई आतिवाहिक सरिर भनिन्छ ्र यो सुक्ष्म सरिर वायु प्रधान सरिर हो ्र त्यसैले सबैले यसलाई देख्न सक्दैनन् ्र केहि व्यक्तिले महसुस भने गर्न सक्दछन ्र तर आतिवायिक सरिरले सबैलाई देख्न सुन्न सक्दछ, तर यो आतिवायिक सरिरले भनेको कुरा सबैले सुन्न सक्दैनन् ्र यहि आतिवायिक सरिर आफ्नो ज्ञान र कर्मको फल अनुसारले अर्को जन्मको क्रममा लालायित हुन पुग्दछ । आफ्नो क्षमता, ज्ञान र जागरणका साथ मृत्यु बरण गर्ने मानिस आफ्नो सद्कर्म र ज्ञान र जागरण क्षमता मुताविकको जुनीमा फर्कन प्रयास गर्दछ र उसले पुनर्जन्म लिन पाउदछन ्र
त्यसैले मानिसहरुले मर्ने बेलामा इश्वरको नाम लिएर मर्यो भने सद्गति प्राप्त गर्न सकिन्छ भन्ने बिश्वाश छ । मानिसहरु मर्ने समयमा जस्तो कल्पना वा मोह गर्यो त्यस्तै जुनीमा जन्म लिन पाइन्छ भन्ने बिश्वास गर्दछन । तपस्वीहरू वा ज्ञानी पुरुषले आफ्नो सरिर छोडने समय थाहा पाउछन र कुनै किसिमको दुख नमानिकन जागृत अबस्थामा मृत्यु बरण गरि परमधाम हुन्छन । यस्ता ज्ञानी पुरुषहरुले आफ्नो मुक्तिको लागी बाँकी कर्म गर्न उपयुक्त परिबारमा जन्म लिन पुग्दछन । अन्यथा बेहोसी र मोहले युक्त भै रोइ रोइ मर्नेले पुनरपि जननं पुनरपि मरणं पुनरपि जननीजठरे शयनम् अर्थात जन्मने मर्ने क्रमलाई निरन्तरता दिई रहन्छन ।
( म हप्तादिनसम्म हस्पिटलको बेडमा मृत्युसंग साक्षात्कार गरिरहदा र डाक्टर समेतले बाँच्दैन भनिरहेको अबस्थामा कोमाबाट ब्युँतिए र पछि कलेजोको प्रत्यारोपण सफल भए पछि निभिसकेको जिबनले पुनर्जीवन पाएको थियो, मेरो । मृत्यु पर्यन्तको अनुभव “कलेजो फेरेको मान्छे”पुस्तकमा उल्लेख गरेको छु । मलाइ त्यस परिघटनाले पुनर्जन्म हुन्छ भन्ने विश्वासलाई घनिभूत बनाएको छ । इन्डियामा पनी बेला बेलामा पुनर्जन्मका घटनालाइ मिडियाले देखाइरहेका हुन्छन । पुनर्जन्म सत्य होला नहोला तर हाम्रा शास्त्रहरुले यसलाई प्रमाणित गरेको छ ।
विज्ञानले पुनर्जन्मलाई नस्विकारे पनी धेरै जसो धर्मालम्बीले पुनर्जन्मलाइ मान्दछन । हिन्दु बौध्द जैनका अनुयायीले सर्बसम्मत रुपले स्विकारेको पाइन्छ । इशाई र यहुदीले मृत सरिर कुनै दिन पुनरजिबित हुन्छन भन्ने मान्यता राख्दछन र यही मान्यताले उनीहरुले सुरक्षित रुपमा लाशलाई जमीन मुनी गाडने चलन भएको भनिन्छ । इश्लाममा भने यस धर्तीमा एकपटक मात्र जन्म लिइन्छ मरे पछि यात नरक यात भगवानसंग एकरुप हुन सकिन्छ भन्ने मत छ । स्वामी आत्मानन्द गिरीले आफ्नो प्रवचनमा यसलाई सबिस्तारमा व्याख्या सुनेको थिए । पछि यसको व्याख्यालाई खप्तड स्वामिको धर्म बिज्ञानमा पनी पढन पाएँ ।)
ooooo

Leave a Reply