१४. लौका(bottle gourds)

लौकालाई तुम्बी, लौवा, कदुवा, मीठी तोम्बी पनी भनिन्छ । अंग्रेजीमा तिन चार नाम छन् यसका bottle gourds/opo squash/calabash long squash भनिन्छ । लौकालाई एसियनहरुले धेरै तरकारीको रुपमा खाने हुनाले एसियन तरकारीको रुपमा पनी चिनिन्छ । यो तरकारी लहरा अर्थात झालमा फल्दछ । यसको फल कुनै लामो कुनै डल्लो र कुनै भिक्षापात्र जस्तो आकारको पनी हुन्छ । यसको फल नै तरकारीको रुपमा खाने गर्दछन । पातलाई साग बनाएर खान त्यति रुचाउदैनन । तर फर्सीको साग भने एसियनहरुले साह्रै मन पराउछन ।

रासायनिक मिश्रण:
nutritional value per 100g.

Energy 15kcal), Carbohydrates 3.39 g,fiber 1.2g, fat 0.02 g, protein 0.6g, thiamine(B1) 3%, , Riboflavin (B2) 2%, Niacin(B3) 3%, pantothenic acid B5 3%, vitamin B6 3%, Vitamin(Bg) 3%, Vitamin C 10%, calcium 2%, iron 2%, magnesium 3% manganese 3%,phosphorus 2%, sodium 0% potassium 4%, Zinc 7% source: wikipedia

Scientific classification
Kingdom: plantae
Class: cucurbitales
Family :cucurbitaceae
genus :Lagenaria
Species :Lagenaria siceraria

आयुर्वेदीय औषधिय गुण :

१. लौका सुपाच्य फल हो, लौकाको जुस पिउनाले शुगर लेबललाई घटाउछ ।
२. लौको जुसले सरिरको सोडियमलाइ कम गर्दछ ।
३. यूटीआइ इन्फेक्सनमा समेत राहत मिल्दछ ।
४. कोलस्ट्रोल लेबललाई मज्जाले घटाउछ ।
५. लौका पौष्टिक हुनाको साथै स्वास्थ्बर्धक छ । सारीरिक कमजोरी हटाउनुसाथै, अनुहारको छालालाई आकर्षक पार्दछ ।

साइड इफेक्ट:
सबै मानिसकोलागी लौकाको जुसले फाइदा मात्रै हैन कसैलाई नोक्सान गर्न पनी सक्छ ।
तरकारीको रुपमा खाँदा धेरै फाइदा हुन्छ तर औषधिको रुपमा लौकाको जुस पिउदा चिकित्सक सल्लाह लिएर पिउनु उपयुक्त हुन्छ ।

०६/०६/२०२०

Leave a Reply