१२. करेला( bitter gourd )

करेला ( bitter gourd )

करेलालाइ करेली, करैला , करइला, कारवेल्ली, कठिल्ला भनिन्छ भने अंग्रेजीमा bitter gourd, bitter melon, bitter apple or squash पनी भनिन्छ । यसको पात ५ इन्च को गोलाकारमा ५, ७ भाग हुने गरी बीचबीचमा छुट्टेर फ़िजारिएको हुन्छ । यो लहरामा फल्ने तरकारी हो । यसको फल लाम्चो फलको बाहिर काँडे धारीदार देखिन्छ । यसको स्वाद तितो हुन्छ र यो आयुर्वेदीय औषधीयरुपमा पनी प्रयोग हुन्छ ।

रासायनिक मिश्रण:
nutritional value per 100g.

Energy 79 KJ( 20kcal) Carbohydrates 4.2 g, sugar 1.95 g, fiber 2 g, fat 0.18 g, protein 0.85g, vitamin A 1%, beta-carotene 1%, lutein zeaxanthin thiamine(B1) 4%, , Niacin(B3) 2%, pantothenic acid B5 4%, vitamin B6 3% Vitamin C 40%, vitamin E 1% vitamin K 5% calcium 1%, iron 3%, magnesium 5 % manganese 4%,phosphorus 5%, potassium 7%, source: wikipedia

Scientific classification
Kingdom: plantae
Class: Cucurbitales
Family : Cucurbitaceae
genus :Momordica
Species : Momordica charantia

आयुर्बेदीय गुण: करेलो तिक्त रसयुक्त, शितल, मलभेदक, लघु, वातजनक हुन्छ ज्वरो, पित्त, काफ, रक्तविकार, पाण्डु ,उच्च मधुमेह, प्रमेह र क्रिमि नाशकको रुपमा काम गर्दछ ।

औषधीय प्रयोग :
१. डाइबेटिक रोगीको लागी सुगर लेबल कम गर्न यसले मद्दत गर्दछ ।
२. करेला पातको रसले कलेजो सम्बन्धी जन्डिस रोग र जलोदर( पेटमा पानी जम्ने ) लाई साम्य बनाउदछ ।
३. पित्त बिग्रेमा, स्वास नाली सुन्निएमा, पेटमा चुर्ना परेमा यसको पातको रस लाभदायक हुन्छ ।
४. कहिले काँही बमिट गराउन पनी यसको पातको रस खुवाएर वमिट गराइन्छ ।
५. खस्रो र चाउरियको छालामा चमक ल्याउनुको साथै कपालको रौ झर्ने रोगलाई समेत फाइदा गर्दछ ।
६. कोलस्ट्रोल लेवललाइ घटाउछ ।
७. करेलाको जुसले कलेजोलाइ स्वास्थ्य राख्न मद्दत गर्दछ । खास गरेर अल्कोहल पिउने मान्छेलाइ धेरै फाइदा गर्दछ ।
८. शरीरको तौल घटाउन सहायक हुन्छ । सरिरमा इम्युन पावरलाई समेत मजबूत गराउदछ ।

साइड इफेक्ट :
१. करेला गर्भवती महिलाले खानुहुदैन । यसको जरा पात फलको रसले गर्भपात हुन सक्छ ।
२.रक्त अल्पता भएको मानिसले करेला खान हुदैन ।
३. दुध खुवाउने आमाले यसको सेवन नगरेको राम्रो ।
३. सर्जरी गरेको १ महिनासम्म करेला नखानु, यसले ब्लिडिंग गराउन सक्छ !

Leave a Reply