देशमा अलीकति भएपनी राष्ट्रवादी भावना जागेको र सबै एक भएको बेला हो, अहिले  । 

 

कालापानी लिम्पियाधुरा देशको नक्सामा पार्दा सारा नेपालीले हाम्रा नेता सच्चिन खोजेका हुन् भन्ने लागेको थियो ।

तर नेपाली जनतालाइ भ्रममा पारेर लिम्पियाधरा कालापानीको नक्सा देखाउदै   MCC पास गर्ने खेल बालुवाटार चलिरहदा यो नाटक मन्चन इन्डियाकै डिजायनमा भएको हो कि ? भन्ने शंका गर्ने ठाउ सरकारले प्रसस्त दिएको छ  । कोरोनाले देश आक्रान्त पारिरहेको बेला देउवाले संसदमा MCC तुरुन्त पास गर्ने माग राख्नु ? यता नक्सामा कालापानी पारेर नेपाली जनतालाई मख्ख पार्ने । उता MCC सर्वसम्मतबाट पास गर्ने  योजना हो भने नेपालको लागी त्यो सबभन्दा ठुलो दुर्भाग्य र आत्मघाती अरु केहि हुने छैन । किनभने कालापानीमा  इन्डियाको फौज सिमित भएर बसेको छ तर यो MCC नेपालमा भित्रियो भने सारा नेपालभरी MCC को कानुन चल्ने छ । यसलाई नेपालको कुनै शक्तिले न त खारेज नै गर्न सक्छ न त उनीहरुलाई कारबाही नै गर्न सक्छ ? 

संसारमा  कुनै पनी मानिस वा संस्था वा देशले सित्तैमा पैसा दिदैन । त्यो दिएको पैसाको  पछाडी थुप्रै घातक शर्त र उदेश्य राखेर मात्रै दिइन्छ । यो कुरा सबैले बुझ्न जरुरि छ ।  अगर संसारले दिएको पैसाले नेपाल बन्ने भए नेपाल उहिले स्वर्ग बन्ने थियो । सित्तैमा आएको पैसाले नेतालाई भ्रष्ट बनायो । कर्मचारीलाई भ्रष्ट बनायो । जनतालाई अल्छी बनायो । सबैले इजी मनीको पछाडी दौडदा आज नेपालको यो हालत भएको छ । हिजो नेपालले धान चामल कम्पनि बनाएर संसारलाई रासन सप्लाई गर्ने देश आज इन्डिया बाट रासन पानि नआए भोकै हुने स्थिति कसरि आयो ? यहि दानमा प्राप्त गर्ने लोभी पापी भएर नै हो । यो दुनियामा दान लिने संस्था वा व्यक्ति कहिँ पनि कहिल्यै पनि धनि बन्न सक्दैन । सम्पन्न र धनि हुने व्यक्ति वा देशले आफ्नो बलबुता र बुध्दि बिबेकले मात्र भएका छन् । यो कुरा स्वयम तथ्य कुरा हो । 

आज असंख्य बल बुध्दि भएका नेपाली नेताहरु किन बिदेसीको टांग मुनि छिरिरहेका छन् ? बिदेसीले  दिएको जुठो खान पल्केका भएर हो । बिदेसी दान सरकारले लिदा नेपाली जनताको सधै शिर निचो हुन् पुगेका छ । 

कुनै पनि देशले दिएको दान अस्विकार गर्न सक्नु पर्छ, यदि देश बनाउन छ भने, MCC पास गर्न हतारो को को लाइ भएको छ ? नेपालि जनताले चिन्न जरुरि छ । हिजो महाकाली सन्धि गर्न को को लाइ हतारो थियो ? जसको कारणले आज कालापानी धराप परिराखेको छ । नेताहरुले हग्दै जाने जनता र कार्यकर्ताले दुगंध व्यहोर्न पर्ने ? 

MCC नेपाल र नेपालीको लागी सबभन्दा खतरनाक हुने छ । त्यसैले पार्टीका कार्यकर्ता र नेपाली  जनताले सजग हुन् जरुरि छ । 

कुनै किसिमका  राष्ट्रघाती सन्धि सम्झौतालाइ बहिस्कार गर्दै आफ्ना नेतालाई ठिक पार्न कम्मर कस्नु होस् । नेताहरुलाई भगवान मान्ने कार्यकर्ता चुप बस्दा कोशी गयो ?  गण्डक गयो? महाकाली गयो ? अब नेपालको अस्तित्व नै संकटमा पर्ने वाला छ । सजग हुन् अन्त्यन्त आबस्याक छ यसबेला ! RAW का एजेन्ट हरेक पार्टी भित्र छन, उसको एजेन्डामा यी सबै नेता एकमत हुन्छन, होसियार हुन् जरुरि छ । 

कही नेपाली जनता “ ताप्केबाट उम्केको माछो भुङ्ग्रोमा “ हुने त होइनन ?

०५/२४/२०२०

Leave a Reply