८. लहसुन ( Garlic )

लहसुन ( Garlic )

लहसुनलाइ अंग्रेजीमा Garlic भनिन्छ । यसलाई लशुन, रसोन, उग्रगन्ध, महौषद, अरिष्ट, म्लेच्छकन्द, यवनेष्ट, रसोनक पनी भनिन्छ । लहसुन हाम्रो भान्सामा हरेक दिन प्रयोग हुने मसाला हो । लहसुनलाइ आयुर्बेद अनुसार महाऔषध भनिएको छ । यो हाम्रै खेतबारीमा सजिलै उत्पादन गर्न सकिन्छ । यसको पातदेखी  पोटिसम्म प्रयोग हुन्छ । यो करिब एक फिट अग्लो हुन्छ । 

रासायनिक मिश्रण: 

nutritional value per 100g.

Carbohydrates 33.06 g, sugar 1 g, fiber 2.1 g, fat 0.5g, protein 6.36g, thiamine(B1) 17%, riboflavin(B2) 9%, Niacin(B3) 5%, pantothenic acid(B5) 12%, vitamin B6 95%, folate(B9)1%, Vitamin C 38%,choline 5%, calcium 18%, iron 13%, magnesium 7% manganese 80%,phosphorus 22%, potassium 9%, sodium 1%, Zinc, 12%, source: wikipedia

 

Scientific  classification 

Kingdom: plantae

Class: Asparagales 

Family : Amaryllidaceae 

genus : Allium 

Species : Allium Sativum 

 

आयुर्बेदीय गुण : लहसुन उष्ण,दीपन, पाचन, वातहर , स्वेदजनन , मुत्रल उत्तेजक, कफ़निसारक, बल्य , वृष्य , रसादन, दुर्गन्धहर , प्रतीदुषक , तत्व समाबेश  हुन्छ । धातुबर्धक, विर्यबर्धक, अरुची, ववाशिर, कुष्ठ, कृमी, वायु, श्वास, र कफ नाशक ।  

 

औषधीय प्रयोग : 

१. कोलस्ट्रोल लेबललाई कम गर्दछ ।  प्रतिदिन १०ग्राम काचो लहसुन खाएमा दुइ महिना भित्र कोलेस्ट्रोल नर्मल लेबलमा झार्दछ भन्ने अनुसन्धानबाट पत्ता लगाएको छ ।  ब्यबहारिक रुपमा प्रयोग गरेर समेत प्रमाणित भएको छ । 

२. मुटुको रोगलाइ समेत लाभदायक छ ।

३.  हाइ ब्लडप्रेसर र लो ब्लडप्रेसरलाइ सन्तुलन बनाउछ । 

४. anti infection, anti- inflammation, anti cold, anti-fungal, भएकोले धेरै किसिमका रोग प्रतिरोधीको रुपमा प्रयोग गरेमा लहसुन लाभदायक छ । 

५. लहसुन क्यान्सर रोग प्रतिरोधी हो, यसको प्रयोग गरिरहने व्यक्तिलाई क्यान्सर हुने अवसर कम हुन्छ । 

६.लहसुनको दैनिक प्रयोगले  ब्रेनको disorder जस्तै Alzheimer र dementia जस्ता रोग लाग्न दिदैन । 

७. कपालको अत्यधिक झर्ने रोगलाई समेत यो खादा लाभदायक हुन्छ । 

 

Side -effect : काचो लहसुन खादा चक्कर लाग्ने,पेट पोल्ने, मुटु पोल्ने रगत बग्ने पनी हुन् सक्छ । एलेर्जी हुन् सक्छ । यो तातो पानीमा केहि बेर राखेर, वा पकाएर खादा राम्रो हुन्छ । 

 

०५/२८/२०२०

Leave a Reply