७. अदुवा(ginger)

अदुवा(ginger)

 

अदुवा लाई अंग्रेजीमा ginger भनिन्छ  यसलाई अर्दक, आन्द्रिका, श्रिङ्गबेर, कटुबेर पनि भनिन्छ । हाम्रै खेतबारीमा पनी उत्पादित हुन्छ । यसको बोट २ देखि ३ फिट अग्लो हुन्छ । यसको फुल  हरियो कलेजी रंगको हुन्छ  । खास गरेर अदुवा जमिन मुनि फल्ने कन्दमुलको भागलाई भनिन्छ । यो हाम्रो मुलुकमा तरकारीमा मसालाको रुपमा प्रयोग गरिन्छ ।  यसको कन्दमुल हल्का पहेको र र हरियो  मिश्रित हुन्छ । खानामा मसालाको रुपमा प्रयोग गरिन्छ । अदुवा आयुर्वेदमा औषधीय गुनले भरिपूर्ण हुन्छ । 

रासायनिक मिश्रण: 

nutritional value per 100g.

Carbohydrates 17.77g, sugar 1.7 g, fiber 2g, fat 0.75g, protein 1.82g, thiamine(B1) 2%, riboflavin(B2) 3%, Niacin(B3) 5%, pantothenic acid(B5) 4%, vitamin B6 12%, folate(B9)3%, Vitamin C 6%, VitaminE 2%, calcium 2%, iron 5%, magnesium 12% manganese11%,phosphorus 5%, potassium 9%, sodium 1%, Zinc, 4%, source: wikipedia

 

Scientific  classification 

Kingdom: plantae

Class:  zingiberales

Family : zingiberaceae

genus : Zingiber

Species : Zingiber officinale

 

आयुर्वेदीय गुण: अदुवा उष्ण, उत्तेजक, सुगन्धि, कफघं, स्वास प्रस्वास, जलोदर, अरुची जिब्रो र घांटीको लागी लाभदायक हुन्छ ।

 

औषधीय प्रयोग :

१. प्रि-डाईबेटिकको लगातार यसको सेवनले  डाईबेटिक हुन बाट रोक्दछ ।

२ . फ्लु, भाइरल इन्फेक्सनमा अदुवालाई पकाएर चियाको रुपमा पिउदा फाइदा गर्दछ ।

३ . हाइक्लोस्ट्रोललाइ कम गर्न मद्दत गर्नुको साथै मुटुको रोगलाई समेत फाइदा गर्दछ ।

५.  क्यान्सर रोगलाई समेत यसले फाइदा गर्दछ ।

६. Alzheimer भुल्ने रोगलाई समेत यसले फाइदा गर्दछ ।

७ . बिशेष गरेर जोइन्ट पेन, मसाल पेन र वातको लागी असाध्यै राम्रो फाइदा गर्दछ ।

८. ग्यास्टिक,वाकवाकी लाग्ने र बान्ता हुने र झाडा पखाला लागेमा यसले धेरै फाईदा गर्दछ ।

९ . ताजा अदुवाको अचारको रुपमा पनी खान सकिन्छ  । 

१० . हरेक किसिमको दुखाइमा समेत यसले फाइदा गर्दछ ।

११. अदुवामा anti-bacterial, anti- blood clotting र anti-inflammatory तत्व रहेको हुन्छ ।

 

Side-effects 

१. अदुवा धेरै सेवन गरेमा पेटमा ग्यास भरिने, मुटु पोल्ने , मुखमा इरिटेसन हुने हुन्छ  ।

२.गर्भवती महिलाले अदुवाको सेवन नगरेको राम्रो ।

३. ब्लड प्रेसर र  anti- blood clotting को औषधी खाइरहेको बेला अदुवा नखाएको राम्रो ।

०५/२७/२०२०

Leave a Reply