९. प्याज ( Onion)

प्याज हरेक घरको करेसाबारी उत्पादन गरिने महत्वपूर्ण तरकारी हो । अंग्रेजीमा onion भनिन्छ भने यसको साइन्टिफिक नेम allium cepa हो । यसलाई पलान्डू, यवनेष्ट, दुर्गन्ध मुख दुष्टक पनि भनिन्छ । प्याजको गुण पनि लहसुनसंग मिल्दो जुल्दो हुन्छ । जमिनमा देखिने गरि गाठोको रुपमा फल्छ र यसको पात हरियो गोलो बिचमा होल भएको हुन्छ । यसको पात र गाँठ दुवै हाम्रो खाना र मसालामा प्रयोग हुन्छ । 

 

रासायनिक मिश्रण: 

nutritional value per 100g.

Energy 166 KJ( 40kcal)Carbohydrates 9.34 g, sugar 4.24 g, fiber 1.7 g, fat 0.1g, protein 1.1g, thiamine(B1) 4%, riboflavin(B2) 2%, Niacin(B3) 1%, pantothenic acid(B5) 2%, vitamin B6 9%, folate(Bg) 5%, Vitamin C 9%,, calcium 2%, iron 2%, magnesium 3% manganese 6%,phosphorus 4%, potassium 3%, Zinc, 2%, source: wikipedia

 

Scientific  classification 

Kingdom: plantae

Class: Asparagales 

Family : Amaryllidaceae 

genus : Allium 

Species : Allium cepa 

आयुर्वेदीय गुण: उष्ण, काफ निसारक, उत्तेजक, वृश्य, बल्य, मुत्रजनन, आर्तवजनन, अग्निबर्धक, आनुलोमिक र उत्तम वात हर हुन्छ । 

 

औषधीय प्रयोग : 

१. रुघा खोकी कफको लागी प्याजको रसमा मह मिलाएर खुवाउदा लाभदायी हुन्छ  ।

२. बाजिकरण भएकोले यसको रससंग घ्यु वा मह संग खाएमा लाभदायी हुन्छ ।

३. प्याजमा anti -inflammatory तत्व हुनाले वात र स्वासप्रस्वास र सुजन कम गर्न सहायक हुन्छ । 

४. प्याजले एलर्जी हुनबाट जोगाउछ  ।

५. प्याजले रोगप्रतिरोधात्मक IMMUNE system लाइ बढाउछ / 

६. प्याजको सधै सेवन गर्नाले ओभरि क्यान्सर र घाँटी को क्यान्सर हुनबाट जोगाउछ । 

Jarzabkowski (university of  maryland medical center)   अनुसार  प्याज पावरफुल एन्टी क्यान्सर एजेन्ट हो भनेका छन र  बिशेष गरेर ब्रेष्ट, कोलोन, प्रोस्टेट, ओभरि , इन्डोमेरिट्रयल र लंग ट्युमर हुनबाट बचाउछ /

७. प्याजको सेवनले ग्यास्ट्रिक, अल्सर, डाइरियामा  लाभदायक हुन्छ /

८. प्याजले प्रेसर, डाइबेटिक,लाइ समेत लाभदायक गर्छ  । 

 

साइड इफेक्ट :

गर्भवती महिला वा बच्चालाइ दुध खुवाउने आमाले यो औषधिको रुपमा खान हुदैन । रक्त श्राब भएको बेला प्याज नखानु नै उत्तम हुन्छ । सुगर लेबल कम भएको मानिसले प्याज नखानु राम्रो । साधारण तया खानामा मिसाएको थोरै प्याजले खराब गर्दैन तर औषधिको रुपमा खादा यी कुराको ख्याल गर्नु आबस्याक हुन्छ ।

Leave a Reply