६. बेसार (turmeric)
बेसार (turmeric)
बेसारलाई अंग्रेजीमा turmeric भनिन्छ यसलाई हर्दि, बेसार, हल्दी, हलद पनि भनिन्छ । हाम्रै खेतबारीमा पनी उत्पादित हुन्छ / यसको बोट २ देखि ३ फिट अग्लो हुन्छ । खास गरेर बेसार जमिन मुनि फल्ने कन्दमुलको भागलाई भनिन्छ । यो हाम्रो मुलुकमा तरकारीमा मसालाको रुपमा प्रयोग गरिन्छ । यसको कन्दमुल पहेलो हुन्छ / खानामा रगाउन पनी यसलाई प्रयोग गरिन्छ । बेसार आयुर्वेदमा औषधीय गुनले भरिपूर्ण हुन्छ ।
रासायनिक मिश्रण:
Turmeric powder is about 60–70% carbohydrates, 6–13% water, 6–8% protein, 5–10% fat, 3–7% dietary minerals, 3–7% essential oils, 2–7% dietary fiber, and 1–6% curcuminoids. बनस्पति बिज्ञान अनुसार बेसारमा यी पदार्थ र गुण पाइन्छ Cur cumin पहेलो रङ्गको पदार्थ , curcumen नामक terpene पदार्थ हुन्छ, जसले कलस्ट्रललाइ कम गर्न मदत गर्दछ ।
Scientific classification
Kingdom: plantae
Class: zingiberales
Family : zingiberaceae
genus : curcuma
Species : curcuma longa
आयुर्वेदीय गुण: बेसार उष्ण, उत्तेजक, सुगन्धि, रक्त शोधक, त्वग्दोषहर, शोथहर, दीपनग्राही, यक्रित बिकार, पार्यायिक ज्वर, कफघं, वातहर, बिषघ्न र व्रण घाउमा लाभदायक हुन्छ ।
औषधीय प्रयोग :
१. एन्टी डिप्रेसन Anti Depression मा दुधमा मिसाएर पिउनाले फाइदा गर्दछ ।
२. प्रिडाईबेटिकको लगातार यसको सेवनले डाईबेटिक हुन बाट रोक्दछ ।
३. फ्लु, भाइरल इन्फेक्सनमा बेसारलाई पकाएर चियाको रुपमा पिउदा फाइदा गर्दछ ।
४. हाइक्लोस्ट्रोललाइ कम गर्न मद्दत गर्नुको साथै मुटुको रोगलाई समेत फाइदा गर्दछ ।
५. Alzheimer भुल्ने रोगलाई समेत यसले फाइदा गर्दछ ।
६. बिशेष गरेर वातको लागी असाध्यै राम्रो फाइदा गर्दछ ।
७. केमोथेरापी गर्ने बिरामीको लागी त्यसको पिडा कम गर्न ठुलो मदत गर्दछ ।
८. ग्यास्टिक अल्सर र झाडा पखाला लागेमा यसले धेरै फैदा गर्दछ ।
९. माछा तार्दा बेसारको हरियो पातसंगै तारेमा त्यसको गन्ध हराउछ ।
१०. ताजा बेसारको अचारको रुपमा पनी खान सकिन्छ ।
११. माइग्रेन पेन वा टाउको दुखेमा समेत यसले फाइदा गर्दछ ।
१२. बेसारको लेप अनुहारमा लगाएमा अनुहार सुन्दर बनाउछ ।
१३. बेसारमा anti-bacterial र anti-inflammatory तत्व रहेको हुन्छ ।
साइड इफेक्ट :
१. गर्भबस्था र दुधखुवाउने आमाले सिधै औषधिको रुपमा खान हुदैन।खानामा मिसाएको बेसारले कुनै नोक्सान हुदैन।
२. स्टोन भएको व्यक्तिले औशादिको रुपमा खान हुदैन।
३. औषधिको रुपमा प्रयोग गर्दा सुक्रकिटमा कमि हुनजान्छ ।
४. सर्जरी भएको बेला बेसाको प्रयोग नगरेको राम्रो।
०५/२५/२०२०