५. मेथी (fenugreek)
हाम्रै करेसावारीमा फल्ने साग तरकारीको रुपमा खाने गरिन्छ । यसको फल मेथी दाना भने मसालाको रुपमा हाम्रो भान्छामा प्रयोग गरिन्छ । यो हाम्रो खानामा खाए पनी यसको गुण दोष र औषधीय प्रयोग बारे हामीले थाहा पाएका नहुन सक्छौ । मेथी खानाले हाम्रो सरिर के फाइदा बेफाइदा हुन्छ भनेर जान्नु आबस्याक छ । मेथी सबैले देखेको खाएको कुरा नै हो ।
रासायनिक मिश्रण:
प्रोटिन २७%, लिपिड (fat) ० %, कर्बोहाइड्रेड५४% फाइबर २७% , क्याल्सियम, आइरन, पोटासियम, फेटी एसिड पाइन्छ /
Scientific classification
Kingdom: plantae
Class: magnoliopsida
Family : fabaceae
genus : Trigonella
Species : Trigonella foenum-graecum
गुण : मेथीदाना स्निग्ध, सुगन्धि, वातानुलोमक अग्निदीपक, बल्य, बातहर , गर्भाशय संकोचक, दुग्ध ब्रिधिकर, शोथ हरण हुन्छ र मेथिसाग डाह नाशक, शोथ हर र स्वादिष्ट हुन्छ ।
औषधीय प्रयोग :
१. मेथी डाइबेटिक रोगको लागि अन्तंत लाभदायक हुन्छ ।
२. महिलाको महिनाबारिको पेट दुखाइमा साम्य पार्छ ।
३. मेथी बिर्यबर्धक यौन संतुष्टिकारक र स्वास्थ्यबर्द्धक बनाउदछ ।
४. प्रोटेष्ट बृध्दिलाइ साम्य पार्दछ /
५. मुटु पोल्ने, ग्याष्ट्रिक र अपचको लागि पनि लाभदायक हुन्छ ।
६. हाइ कोलेस्टर र रगतमा बोसो जमेको कम गर्दछ ।
७. मोटापा कम गर्न मदत गर्दछ ।
८. पार्किन्सन रोगीलाई फाइदा गर्दछ ।
साइड इफेक्ट :
१. लगातार बढी प्रयोग गरेमा, डाइरिया, चक्कर लाग्ने, गेश्तिक हुन् सक्छ ।
२. गर्भवती महिलालाइ औषधीय रुपमा खान राम्रो मानिदैन, खतरा हुने डर हुन्छ । तरकारीमा खादा नराम्रो गर्दैन ।
३. दुध खुवाउने आमाले यो खादा दुधमा बृध्दि गराउछ । बच्चालाई कुनै हानि गर्दैन ।
४. बच्चालाई मेथी खान नदिनु नै राम्रो हुन्छ ।
५. सुगर लेबल कम भएको मानिसले मेथी प्रयोग गर्दा साबधान हुन् जरुरि छ ।