४. जीरा ( cumin )
४. जीरा ( cumin )
जीरा हाम्रो भान्छामा नभैनहुने मसला मध्ये प्रमुख मसाला हो । धनीयाको प्राय: पात प्रयोग गरिन्छ भने जीराको दाना नै पिसेर तरकारीमा हालिन्छ, यसको पात मसिना र लामो हुन्छ, यो प्रयोग गर्दैनन् । यो धेरै अग्लो हुदैन मुश्किलले एक डेढ फिट जति अग्लो हुन्छ । यसको दाना ससाना लाम्चो परेको हुन्छ । यसको फुल बिरुवाको माथी फुल्छ र फुल प्राय सेतो र गुलाबी पनि हुन्छ । जीरा दुइ तिन किसिमका हुन्छन ।
रासायनिक मिश्रण
(b-pinene, p-cymene, g-terpinene, and cuminaldehyde ५२%,
pentosan ६.७%, सुगन्धित जीरा स्थिर तेल १०%) Antiseptic
Scientific classification
Kingdom: plantae
Phylum: magnoliophyta
Class: magnoliopsida
Family : Apiaceae
genus : Cuminum
Species : Cuminum Cyminum
गुण: पाचक, बातानुलोमक, मुत्रबिरजनिय, बेदनाहर, उत्तेजक एबं संग्राही,वमन, अतिसारज्वार, सुजन, मुत्र अबरोध ।
औषधीय प्रयोग:
१. अपच, डकार आउनेमा समन पार्दछ ।
२. बान्ता, अपच, अतिसार पेटमा आँउ पर्नु, ज्वरो र सुन्निएको मुत्र रोग र पथ्थरीमा समेत लाभदायी हुन्छ ।
३. दुखाइ हुने, बेचैनी हुनेमा सितलता प्रदान गर्दछ /
४. हिच्कि आउदा जिराको धुम्रपानले ठिक गर्दछ ।
५. जीरातेलले छालाको रोगलाई निको पार्न र चौरी पर्न दिदैन ।
६. यसमा antibacterial तत्व पनी हुन्छ ।
७. रुघा खोकीको औषधिमा समेत मिश्रण गर्न सकिन्छ ।
८. जिराको सेवन गर्नाले बिर्यबर्दक पौष्टिक खाना रुचि लाग्ने समेत ।
९. जिरा क्वाथले नुहाएमा खुजुली लुतो पनी संच हुन्छ ।
०५/२०/२०२०