१. पुदिना (mint)

 

 

 

परिचय: पुदिनालाइ अंग्रेजीमा मिन्ट भन्दछन । mentha ग्रीक भाषाबाट आएको र  यसलाई अंग्रेजीमा mint भनिन्छ ।  यो lamiaceae फेमिलीमा पर्दछ । यो फेमिलीमा पन्द्र देखि बिस प्रकारका मिन्ट पर्दछन जसमा peppermint र spearmint पनी पर्दछन । पुदिना करिब एक बित्ता सम्म जाने एक किसिमको तुलसीको पात सरहको हुने औषधीय गुणतत्व भएको हर्बल प्लान्ट हो । बिशेष गरेर आम मानिसले चटनिको रुपमा प्रायो गरेको पाइन्छन । 

 

Scientific  classification 

Kingdom: plantae

Phylum: angiospermae 

Class: asteridae

Family : labiatae

Species : specata 

 

गुण : 

रस (test)-कटु ( pungent ) 

गुण:(qualities) (लघु, रुक्ष

विपाक : कटु 

विर्य : (potency) उष्ण 

कर्म : (Action) कफ वात समन  

( पूदिनामा दीपन, पाचन, उद्वेष्ठननिरोधि , मुत्रल एवं आर्तवजनन बहुपयोगी गुण छ )

 

औषधीय प्रयोग : 

अपच, पेटको दुखाइ, अनुहारमा सफा बनाइ चमक पार्छ, मुख संक्रमणलाइ मुक्त पार्दछ, चिसो ज्वरो र खोकिलाई समन पार्दछ, एलर्जी र आस्थामा कम गर्न मद्दत गर्दछ, महिलाको मासिककालको दुखाइलाइ कम गर्दछ, गर्भवतीको मर्निङ्ग सिकनेसमा सहायक हुन्छ, इम्युनिटी बढाउछ,  स्ट्रेस र डिप्रेसनलाई समान गर्दछ, छालाको क्यान्सर कम गर्दछ   ,

 

२. तुल्सी 

 

तुल्सी ( holy basil)

 

पवित्र तुलसी यो करिब दुइ फिट सम्म अग्लो झुसे डाँठ सीतको हुन्छ । यसको पात र फुल कडा सुगन्धित हुन्छ । हिन्दु धर्मालम्बीहरुले तुलसीलाई भगवान बिष्णुको स्वरुपको झार मान्दछन । प्रत्येक हिन्दुहरुको घर आँगनमा तुलसीको मठ अनिवार्य रुपले राखेका हुन्छन ।  तुलसीको संस्कृतमा धेरै नाम छन जस्तै : तुलसी, सुरसा, ग्राम्या, सुलाभा, बहुमंजरी, अपेतराक्षसी, गौरी, भुताघ्नी, देवदुन्दुभि नामले पनी जानिन्छन । यसलाई अंग्रेजीमा holy basil भनिन्छ । यसको साइन्टिफिक नाम ocimum tenuitiflorum हो ।   

 रासायनिक मिश्रण : तुलसीमा oleanolic acid, ursolic acid, rosmarinic acid, eugenol, carvacrol, linalool, β-caryophyllene लगभग ८% जति पाइन्छ ) अनुसन्धानकर्ताले उल्लेख गरेको पाइन्छ । 

 

Scientific  classification 

Kingdom: plantae

Phylum: angiospermae 

Class: asteridae

Family : labiatae

genus : ocimum 

Species : o.tenuiflorum  

 

औषधीय प्रयोग :

तुलसीको प्रयोग साधारणता दुखेको, सुन्निएको र सुगरको रोगमा लाभदायक रहेको हुन्छ । बैज्ञानिकको  अनुसन्धान अनुसार पुरा प्रमाणित नगरे पनी फ्लु, सुगर, रुघाखोकी, टाउको दुखाइ, ज्वरो, मानसिक तनाव, अपच, कान दुखाइ, दाद खुजुली, मच्छर भगाउने तत्व, रगत पातलो बनाउने कोरुपमा पनि प्रयोग गर्न सकिन्छ । अनुसन्धानकर्ताको अनुसार तुलसी बहुउपयोगी बिरुवा हो  / यसमा निम्न अनुसारको गुणतत्व भेटाएका छन्  /  एन्टी ब्याक्टरियल, एन्टीभाइरल, एन्टीफंगल, एन्टीडाइरल , एन्टीअक्सीडेन्ट, एन्टीइन्फ्लामटोरी, कलेजो मश्तिश्क र मुटुको बचाउने तत्व, एन्टीडाइबेटिक, एन्टीपाइरेटिक,  एन्टी आर्थराइटिस को लागी समेत उपयुक्त गुण भएको छ भन्ने ठान्दछन । 

 

३.धनिया(coriander )

धनिया(coriander )

धनियालाइ अंग्रेजीमा कोरिएन्डर भनिन्छ । अमेरिकामा यसलाई cilantro भन्दछन भने चाइनिजले  parsley  भनेर चिन्दछन  धनिया हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग गरिरहेका छौ । तर यसको औषधीय गुण के कति हुन्छन भन्ने कुरा हामीलाई थाहा नभएको पनि हुन्छ । तर हामीले खाने बस्तुमा के गुण हुन्छ भन्ने कुरा थाहा पाउनु अझ राम्रो कुरा हो । धनियाको बोट करिब १ देखि २ फिट सम्म अग्लो हुन्छ । यसको पात सानो छेउमा काटिएको र थुपै प्रशाखा भएको यसकोटुप्पोमा सेतो र कुनै गुलाबी फुल फुल्दछ / यसको फल अण्डाकार गोलो हुन्छ /

Scientific  classification 

Kingdom: plantae

Phylum: magnoliophyta 

Class: magnoliopsida 

Family : Apiaceae 

genus : Coriandrum 

Species : Coriandrum sativum 

 

रासायनिक मिश्रण : 

 

 linalool (72.7%) followed by λ-terpinene (8.8%), α-pinene (5.5%), camphor (3.7%), limonene (2.3%), geranyl acetate (1.9%) and p-cymene (1.5%) तत्व  पाइन्छ भन्ने अनुसन्धानकर्ताले उल्लेख गरेका छन । आयुर्बेदमा तैल पदार्थ, गोद , टनिन, मालिक एसिड, खरानी तत्व पाइन्छ भनेर उल्लेख छ । 

 

औषधीय प्रयोग :

यसको प्रयोग मुत्रल, दीपन , पाचन, वातानुलोमक, संग्राही, दाह्शामन र पिपासाध्नमा हुन्छ । यो पनि बहुपयोगी प्लान्ट हो । 

१. ज्वरोमा हुने गर्मि र प्यासलाइ शान्त पार्न धनिया उमालेर चिसो बनाएको पानीमा मिश्री घोलेर खुवाएमा ज्वरोको तड़पलाइ शान्त पार्दछ  / 

२. यसको सेवनले मानसिक सन्तुलन राख्न मदत गर्दछ/

३.यसको सेवनले कोलस्ट्रोल कम गर्न मदत गर्छ. र मुटुलाई स्वास्थ्य राखन मदत पुर्याउदछ /

४. धनियाको क्वाथ बनाएर सेवन गरेमा पिसाब नलीको इन्फेसन र किडनिलाई समेत स्वास्थ्य राख्न सहयोग गर्दछ /

५. धनियाले पाचन प्रणालीलाई बलियो बनाउदछ /

६. धनियाले इम्युन सिस्टमलाइ बढाउछ / यसमा  एन्टीअक्सिडेन्ट तत्व  हुन्छ । 

७. खानामा यसको प्रयोगले छालाको सुरक्षा पनी गर्दछ । 

धनिया एउटा सुगन्धित, एन्टीअक्सिडेन्ट हर्बल प्लान्ट हो / जुन सजिलै जहा पनी उपलब्ध हुन सक्छ । जसको फल पात सबै उपयोगी छन् / एसियन फुडमा यो अनिबार्य प्रयोग भएको पाइन्छ । 

Leave a Reply