बाटो कठिन छ काटन आउ संगसगै जाउ

केहि मनका पिर ब्यथा साट्दै संगसंगै जाउ  

 

सुने छु मैले साथ दिदैन जीन्दगी भर कसैले 

लामो छ जीवन क्षणभर भएनी संगसंगै जाउ 

 

बाधा अफ्ठारा अनेक छन यी हाम्रा बाटामा

मन्जुर छौ भने तिमि यो सफर संगसंगै जाउ 

 

यादगार बन्न पनी सक्छ यो तिम्रो साथ संग

भोली थाहा कस्लाई छ, आज संगसंगै जाउ

 

बाँकी छ केहि उज्याला रोसनी सडक भरि 

निभ्न कत्ति बेर छैन आउ न  संगसंगै जाउ 

 

साथ जीवन भर कसैको कहाँ संगै हुन्छ  र 

न होसमा छौ तिमी न म आउ संगसंगै जाउ 

 

हेर समय खराब छ मातमा डुबेको छ रात  

टाढा नै छ ठेगान हाम्रो आउ संगसंगै जाउ 

 

०५/०२/ २०२० 

 

Leave a Reply