मिलनका सुखद पलका लागी तडपाइमा  थिए 

तिमि आउछौ भनिकन  पुरै रात बिदाइमा थिए 

 

जर्जर बनेर बसेको माया पिरती जन्मे छ दिलमा 

लामो सुखा खरेडीपछि बर्षादको पर्खाइमा थिए ।

 

तिमि आयौ र मेरो फुलबारी राम्ररि सजिएको छ

उन्मत्त  यौवन पोखिएर भिजेको रुझानमा थिए । 

 

आए छौ कोरोनालाइ जितेर लकडाउन तोडेर 

अँगालो हाली मायाले बेरी सताउने तालमा थिए 

 

खुशी थीयो कि मात आगो लागेको थियो दिलमा 

चोटखोट सबै  बिर्सी डुबुल्की मार्ने सुर्तालमा थिए । 

 

जर्जर बनेर बसेको माया पिरती जन्मे छ दिलमा 

लामो सुखा खरेडीपछि बर्षादको पर्खाइमा थिए ।

 

०४/२८/२०२० 

 

Leave a Reply