“बैदिक सनातन धर्म”  कसरी हिन्दु धर्मको नाममा स्थापित हुन् पुग्यो ?  

वास्तबमा हाम्रो धर्म हिन्दु होइन । हाम्रो धर्म भनेको बैदिक सनातन धर्म नै हो । जुन बेला यस धरतीमा  बेद भन्दा पुरानो कुनै पनी धर्मको पुस्तक थिएन ।  बेदलाई सामन्यकरण गर्दै बेदबाट कयौ उपनिसद्को रचना भए । त्यसैले हामीले मान्ने धर्म भनेको बैदिक धर्म नै हो जुन मान्दै आइरहेको हुनाले यसलाई सनातन भनियो । यो हाम्रो धर्म सबभन्दा पुरानो हो,  यस धर्तीमा मानवको पदार्पण भएपछी सर्ब प्रथम स्थापित भएको धर्म नै बैदिक सनातन धर्म हो । त्यसैले यस धर्मलाइ हामीले बैदिक सनातन धर्म माने पनी अरु धर्मालम्बिले यसलाई सनातन धर्म वा बैदिक धर्मको नामले चिन्दैनन ।

 बिश्व साँघुरिदै जाने क्रममा हाम्रो रिलिजन के हो ? भन्दा हिन्दु नलेखीकन सुखै पाउदैनौ । हाम्रा शास्त्रहरुले धर्मको व्याख्यामा मानिसको  दान, जप तप क्षमा कृपा भक्ति आराधना, काम क्रोध लोभको निग्रहलाइ  धारण गर्ने आचरण अनुशासनलाइ धर्म हो भनेर ब्याख्या गरिएको छ । हाम्रो बैदिक सनातनमा सम्पूर्ण कथित धर्म समाहित छ भनेर भन्न सकिन्छ त्यसैले बैदिक सनातन समुन्द्र हो भने अन्य धर्म नदि नाला खोला खहरे हुन जो जसरि पनी समुन्द्रमा नै मिसिन जान्छ । हामीले आफ्नो धर्म प्रचारको लागी सुको खर्च गरेका छैनौ । तर पनी बिभिन्न धर्ममा बाधिएका महन्तहरु धर्मको  मूलउद्गम स्थल अर्थात सबै धर्मको मूल धर्म बैदिक सनातन हो भन्ने मान्यता राखेर हाम्रो धर्मलाइ अनुसरण गरेर अनुसन्धान गरिरहेका छन ।

 लाखौ मानिसहरु यस धर्ममा आबध्द भैरहेका छन । सबै धार्मिक सम्प्रदायमा रहेका प्रबुध्द सन्त ज्ञानीजनहरु धर्म र इश्वरको सामिप्य अर्थात इश्वर प्राप्तिको अभिलाषा राख्ने र सो सम्प्रदायमा अस्पष्ट र अधुरो भएको देख्दछन त्यस्ता धर्मको प्यासा व्यक्ति हाम्रो यस बैदिक सनातन धर्म अर्थात पुर्बिय दर्शनको अध्ययन र अनुसरण नगरी सुखै पाउदैनन, त्यो धर्म र इश्वरको प्यास मेटन यस धर्म बिज्ञानमा  नआइ सुख पाउदैन । ति व्यक्तिहरुले यसै भन्दछन । संसारमा अन्य भएका धर्मलाई रिलिजन भनिन्छ ।  religion को अर्थ :- the belief in and worship of a superhuman controlling power, especially a personal God or gods. त्यसैले यी सबै धर्महरु धार्मिक सम्प्रदाय हुन् । जुन सम्प्रदायमा आफ्नो बिश्वास गरिएको इश्वरलाई पुजा गरिन्छ । 

५०० बर्ष इशापुर्ब इजराइलीका पुर्बजले एकल इश्वर मान्ने धर्म बिकशित गरेका थिए । जसलाई (जुडाईज्म) जुइस धर्म भनिन्छ ।  जिससको मृत्यु पश्चात पहिलो शताब्दीमा इशाई धर्मको प्रारम्भ भयो । जिसस जुइस शिक्षक अनी हिलर( उपचार कर्मी) पनी  थिए । जसले संसारलाइ इश्वरको समाज्य घोषणा गरेका थिए । उनलाई सन् ३०- ३३ को बिचमा सुलीमा चढाएर मारिएको थिए । उनी सो भन्दा अगाडी जुइस नै थिए । इश्लाम धर्म सातौ सताब्दी ६०० बर्ष इशापुर्ब मक्का मदिनाबाट प्रारम्भ भएको मानिन्छ । ६१० इशापुर्बमा कुरान लेखिएको थियो । देबदुत गेब्रिएल प्रकट भै मोहम्मदलाइ कुरान धर्मग्रन्थ सुनाएका थिए | यसरी सरसर्ती हेर्दा जुइस धर्मको आधारित भएर नै इशाई र मुश्लिम धर्म बिस्तार भएको रहेछ भन्न सकिन्छ । कालान्तरमा यी धर्ममा पनी विभाजन हुदै गयो । अर्थोडिक्स जुडाईज्म(जुइस) र कन्जरभेटिभ  जुडाईज्म हुन् गए । त्यस्तै इशाईमा पनि प्रोस्टेस्टेंटिज्म, अर्थोडक्सी र अन्य भएर विभाजित भए । त्यस्तै मुस्लिममा पनी सिया र  सुन्नी भएर विभाजित भएका छन् । त्यस्तै हाम्रो बैदिक धर्मको नजिक भएका सयौ सम्प्रदाय छन, बौध्द, जैन, बैश्नव, सैभीज्म , बौध्द जैन र बैष्णवमा पनी बिभिन्न हाँगा छन्  

हाम्रा पूर्वजले हजारौ बर्ष अगाडिबाट यो विश्वलाई आफ्नै परिबार मान्दै आएका थिए । 

अयं निजः परो वेति गणना लघु चेतसाम् | उदारचरितानां तु वसुधैव कुटुम्बकम् |

अर्थात:  यो मेरो हो, यो उसको हो, यस्तो किसिमको संकुचित चित्त भएका व्यक्तिहरु हुन्छन । त्यस्तै यसको बिपरित उदार चित्त भएका व्यक्तिहरु पनी हुन्छन जसले सम्पूर्ण धरती नै एक परिबार हो, भन्दछन । 

अहिले आएर  सबैले बिश्व  एउटा ग्लोबल भिलेज हो भनेर स्वीकारेका छन् । अलि पछी गएर सबै मान्छेले यो पृथ्वी सबैको साझा हो पनी भन्ने छन । एउटा मान्छे वा प्राणीले यो मेरो पृथ्वी हो भन्ने अधिकार छ भन्ने मेरो बिश्वास हो । 

धारणात् धर्म इत्याहुः धर्मों धारयति प्रजाः।

यः स्यात् धारणसंयुक्तः स धर्म इति निश्चयः।।

‘जसले द्रोह नगर्ने, लोभ लालच नगर्ने, इन्द्रियलाइ वशमा गर्ने, ब्रह्मचार्य नियमन गर्ने, प्राणीजगतलाइ दयागर्ने, जपतप आराधना भक्ति गर्ने र सत्यमार्गमा हुने र दयाकृपा क्षमा भावलाइ  धारणा गर्नु धर्म हो, जसले यी भावलाई धारण गर्दछ, आफुमा समाहित गर्दछ, रक्षा गर्दछ, पालन, पोषण गर्दछ । यस्तो धर्मले बिना भेदभाव आफ्ना प्रजालाई पनी धारण गर्दछ । आफ्ना प्रजालाई एकसुत्रमा बाँधेर राख्न क्षमता राख्दछ निश्चय नै त्यहि धर्म हो । धाराको ब्याख्या यसरि गरेको छ हाम्रो शात्रले ।  

*** संसारमा धर्मको नाममा जुन दंगा फसाद चलिराखेको छ । त्यसको दोषी धर्म होइन । धर्मको नाममा आफु ठुलो हौ भन्ने अभिमान गर्ने पाखंडीहरुले चलाएको दुश्चक्र मात्रै हो । भन्ने मेरो मत हो ।

यतो अभ्युदय नि: श्रेयस सिद्धि: स्: धर्म्:

अर्थात, यस जिबनमा अभ्युदय ( उन्नति) र भावी जीवनमा मोक्ष सिध्दी प्राप्त होस । त्यो नै धर्म हो । 

****उन्नति प्रगति भनेको नै बिज्ञान हो भने मोक्षको लक्ष्य धर्म हो । माथिको श्लोकले बिज्ञान र धर्मलाई संतुलन गरेर लैजान सक्यो भने मानव जीवन उन्नत बन्न सक्दछ ।  मानिसलाई संसारमा बचाउने र राख्ने काम विज्ञानले गर्दछ भने मान्छेलाई संसारमा राख्ने वा नराख्ने काम उसको कर्म र धर्मले गर्दछ । त्यसैले मानिसले आफ्नो जीवनमा सुख सन्तोष र आनन्द बाच्नको लागी उत्तम उपाए भनेको संसारमा रहेर पनी नरहनुलाइ  मान्नु पर्ने  छ । भन्ने मेरो मत हो । 

अब हाम्रो बैदिक धर्म कसरी हिन्दु धर्म हुन पुग्यो ?

कसले दियो हिन्दुको  नाम ? 

अरबीहरुले  परापुर्ब कालदेखि भारतसंग ब्यापार गर्दै आएका थिए । उनीहरुले  भारतबाट जरिबुटि मरमसाला हिरा मोति  लत्ता कपडा, छाला,सिल्क, सुन चांदी लैजान्थे सिन्दूघांटी हुदै युरोपमा लगेर ब्यापार गर्दथे । उनीहरुले युरोपियनलाई कहाँबाट ल्याएको भनेर भन्दैनथे । भारतीलाई भारत देश हो भन्ने थाहा थिएन । अहिलेको भारत, पाकिस्तान, बंगालादेश र नेपाल समेतमा सयौ राज्य थिए । सिन्दू नदिको उदगम स्थल अरबी भित्रिने नाका सिन्दू भएकोले सिन्दुको देश मान्दथे। पछि गएर सिन्दू शब्दबाट अपभ्रमित भै हिन्दु हुन गयो भनिन्छ । यसरी अरबीहरुले हिन्दु देश भन्ने गर्दथे । युरोपियन र अंग्रेजले हिन्दु प्रोनाउन्स गर्दा इंडू भन्दथे । त्यसपछि यस देशलाई उनिहरुले इन्डिया भन्न थाले । व्यापारको सिलासिलामा नै आएर भारतमा  नै सयौ बर्ष मुस्लिम मुगलहरुले शासनसत्ता चलाए । यसलाइ  हिन्दुहरुको देश भएकोले हिन्दुस्तान नामाकरण गरे । भारतमा मुगलले शासन गर्दा हेय दृष्टिले हेरिने शब्द थियो हिन्दु र यसको अर्थ निच्याएर भनिने शब्द थियो । अंग्रेजले इन्डियन भनेको हेप्ने शब्द थियो  ।  तत्कालिन  Oxford Dictionary – 1900 century – Page no. 789, मा  “India” word means “Poor – Old fashioned – Criminal people”. भनेर लेखिएको थियो । तर अब त्यो सच्याएका छन । यसरी हाम्रो धर्मलाई अरबीहरुले नामाकरण गरेको हो भन्ने तर्क पनी गरिन्छ । तत्कालिन बैदिक सनातन धर्म मान्नेहरुको कुनै बिरोध भएन । यो स्वत : मुस्लिम र इशाई धर्म बाहेकका भारत बर्षका  जनता हिन्दु धर्मको नाममा स्थापित हुन पुगे  । हुनत: भारतका एक व्यक्ति स्वतन्त्र सावकरले हिन्दु नामाकरण गर्ने श्रेय लिएका छन । उनले संस्कृतमा यस्तो श्लोक समेत लेखेको भेटिन्छ ।  

आसिन्धु-सिन्धु पर्यन्ता यस्य भारत भूमिका।

पितृ भू: पुन्यभूशचैव स वै हिन्दुरितिस्मृत:।।

-स्वतन्त्रवीर सावरकर ( मे ५, १८८३- फरवरी २६, १९६६)

भारतका स्वतन्त्र सेनानी, राजनीतिज्ञ,  कवि, लेखक, नाटककार,  वकिल थिए ।  हाम्रो बैदिक सनातन धर्मलाई हिन्दुको नामाकरण गर्ने  श्रेय यिनले लिएका छन ।  राजनीतिमा हिन्दुत्व उपयोगितावाद, तर्कबाद, सकारात्मकवाद, मानवतावाद, सार्भौमिकता, ब्यावहारिकता र यथार्थवादको समुल तत्व हिन्दुत्व समाबेस छन भन्ने उनको बिश्वास हो उनको पुरा नाम स्वतन्त्रवीर विनायक दामोदर सावरकर हो । 

माथीको श्लोकले सिन्धु नदीको उद्गमस्थलबाट अर्थात हिमालयदेखि हिन्द महासागर सम्मको भूमि जसलाई तत्काल भारत भनिथ्यो त्यो भूमी छ, त्यस भूमिलाई पितृ भूमी तथा पुन्य भूमि मान्दछन, त्यहा बसोबासगर्नेलाइ हिन्दु भनिन्छ । 

अब आएर बास्तबिक कथित हिन्दु धर्ममा सार तत्व के छ ? यसरी व्याख्या गरेको पाउदछौ ।  

खोज्नु आबस्याक छ ।

हिन्दु धर्ममा चार चतुश्क अर्थात चार स्तम्भ छन जसलाई चार अनुष्ठान पनी भन्दछन । १. पुरुषार्थ २. आश्रम ब्यबस्था ३. वर्ण ब्यबस्था ४. ऋण ब्यवस्था 

१. पुरुषार्थ: चार किसिमका हुन्छन । धर्म, अर्थ , काम, मोक्ष यी चारलाइ दुइ भागमा बाँडिएको छ । पहिलो धर्म र अर्थ, दोश्रोमा काम र मोक्ष 

१. धर्म : आफ्नो स्वभाव, स्वधर्म र स्वकर्मलाइ जानेर कर्तव्यको पालन गर्दै मोक्षको मार्ग प्रसस्त गर्नु । यम, नियम आसन प्राणायाम र प्रत्याहारको पाल्न गर्दै निरन्जन निराकार परमेश्वको प्रार्थना र ध्यान गर्नुलाई धर्म भनिन्छ । धर्म प्राप्त गर्नु पनी एक किसिमको पुरुषार्थ हो ।

२. अर्थ: भौतिक सुखबाट मुक्ति पाउन भौतिक सुख आबस्याक हुन्छ । यस्तो कर्म गरौ जसले गर्दा अर्थोपार्जन होस र सुख सम्ब्रिधि सिध्दी प्राप्त गर्न सकियोस। जीवन धान्न कै लागि पनी अर्थ आबस्याक हुन्छ । अर्थ प्राप्त गर्नु पनी एक किसिमको पुरुषार्थ हो ।

३. काम:मान्छेले प्राप्त गरिने जुनसुकै सुख पनी कामको अन्तर्गत नै आउछ । जुन सुखले मानिसको शारीरिक र मानसिक पतन हुन्छ अर्थात जसले गर्दा परिबार र समाजमा बाधा गर्दछ । यस्तो सुखलाई बर्जित मानिएको छ । यो काम पुरुषार्थ होइन । अर्थको उपयोग शरीर, मन, मानवता, समाज र राष्ट्रको लागी हुनु पर्दछ । अत्यधिक भोग र सम्भोगले शरीरलाई जिर्ण बनाउदै रोगले ग्रस्त पार्दछ त्यसैले यसलाई अनुशासित नियमन आबस्याक छ ।

४. मोक्ष : यसको अर्थ पदार्थबाट मुक्ति, यसैलाई योगमासमाधि भन्दछन । यहि ब्रह्मज्ञान हो र यहि आत्मज्ञान पनि हो । यस्तो मोक्ष प्राप्त व्यक्तिलाई इश्वर, बौध्द, निर्वाण र समाधि भन्दछन । 

 

२.आश्रम ब्यबस्था : शास्त्र अनुसार  मानिसको आयु सयबर्ष बाच्न पाउने ऋषीजनबाट आशिर्बाद पाएका छन्   ।  “ जिवेम शरद: शतम” यो आशिर्बाद सय बर्ष बाचेस भनेर दिइएको आशिर्बाद हो । त्यहि १०० बर्षलाइ चार भागमा गरी २५/२५ बर्षको एक आश्रमको ब्यबस्था गरिएको पाइन्छ । जुन यस प्रकार छ । ब्रह्मचर्य, गृहस्त, वान प्रस्थान, सन्यास 

१. ब्रह्मचर्याश्रम:  ब्रह्मचर्यको अर्थ  ब्रह्ममा चरन  गर्ने अर्थात  ब्रह्मलाइ जान्ने, बिध्या आर्जन गर्न सात बर्षमा यज्ञोपवित धारण गरे पछि गुरुकुलमा गएर जीवन उपयोगी शिक्षा आर्जन गरि जीवनका लागी  बल, बुध्दी, बिध्या आर्जन गर्ने २५ बर्ष सम्मको आयुलाइ ब्रह्मचर्य आश्रम भनिन्छ । जसमा ब्राह्मणलाइ वेद, धार्मिक बिध्या, उपनिषद्को शिक्षा दिइन्थ्यो भने क्षत्रियालाई शास्त्र बिज्ञान, राजनीति शास्त्रको शिक्षा दिइन्थ्यो । बिषयलाई ब्यापार, ब्यबसाय सम्बन्धि शिक्षा दिइन्थ्यो । भने सुद्रको लागी ब्रह्मचर्य आश्रम अनिवार्य गरिएको पाइदैन । तर उनीहरुको लागि  कलाकारिता, बाध्य बादन, संगीत, सिपमुलक, काष्ठ कला र धातुसंबंधी ज्ञानको तालिम दिइन्थ्यो ।  संक्षिप्तमा भन्ने हो भने मानिसको २५ बर्शसम्म ज्ञान आर्जन गर्ने बिध्यार्थी जीवन हो । यो आश्रममा धर्मशास्त्र ज्ञान धर्म पुरुषार्थ  प्राप्त गर्न सकिन्छ ।  

२. गृहस्त आश्रम: जब कुनै बालक ब्रह्मचार्य आश्रम पार गरेर गुरु दक्षिणा दिएर घर फर्किन्छ । बिहेबारी गरि सन्तानको सृजना र पालन पोषण नोकरी उद्योग ब्यबसाय गरि धार्मिक  मान्यता अनुसार आफुले निर्बाह गर्न पर्ने जिम्मेबारीलाई पुरा गर्दै माथि उल्लेख भए अनुसारको पुरुषार्थ  अर्थ र काम लाइ भोग  गर्दछन ।  

३. वानप्रस्थ आश्रम: जब मानिस ५० बर्श पुग्दछ त्यसपछि सक्रिय गृहस्त जीवन भारबाट मुक्त भै जनसेवा, धर्मसेवा पुजा आजा ध्यान, बिध्यादान, तिर्थाटन, जिबनमा  प्राप्त ज्ञान अनुभवलाई सामाजिक कार्यमा लगाउनु नै वानप्रस्थ आश्रम बिताउनु हो । अर्थात घर व्यवहारबाट बाहिर निस्कनुलाइ नै वानप्रस्थ भनिएको हो । यो आश्रममा ५० बर्ष पुगेर ७५ बर्ष सम्म लागु हुन्छ । जंगल नै पस्नु भनेको होइन । 

४. सन्यास आश्रम: मानिस ७५ बर्ष पुगे पछी जीवनको अन्त्य सम्म समस्त आसक्तलाइ त्याग गरेर भागवत प्राप्त गर्नको लागि सन्यास स्वरुप धारण गरी मोक्ष प्राप्त गर्न परमेश्वर शरणमा जाने अबसर हो । सन्यास आश्रम आफुलाई पूर्णरुपमा अध्यात्मिक भै परमेश्वर चरणमा समर्पित गर्नु नै सन्यास हो ।   

टिप्पणी: अब हाम्रो समाजमा यी आश्रमहरु विखण्डित भैसकेका छन्  । आधुनिक समाजमा गुरुकुल हैन, अंग्रेजी बोर्डिंग स्कुलमा पठाइन्छ । त्यहा गुरुजन माता पिताको आदर भाव र समाजप्रतिको उत्तरदायित्वको बारेमा सिकाइदैन, अर्थात नैतिकता बिहिन पश्चिमी संस्कृति मा हामीले हाम्रा सन्तानलाइ जबर्जस्ति धकलेका छौ । अनी हाम्रा सन्तानले हामीलाई हेरेन, हाम्रो संस्कार भुल्यो भन्दै छौ ।, स्वरुप फेरे पनी मानिसको बिध्या आर्जन गरेर आफ्नो खुट्टामा उभिन सक्ने भएर बिहेवारी गर्ने चलन भने छ अहिले पनी त्यो समय भने अलिक नजिक भएको पाउदछौ ।  ५० बर्षमा घर परिबारबाट अवकाश पाउनु आजको आधुनिक जिबनमा असम्भव जस्तै छ । हाम्रो परम्परा अनुसार वानप्रस्थ आश्रम इतिहास जस्तै हुन थाल्यो । तर कता कती काँही देख्न सकिन्छ । तर अहिले आधुनिक सन्यासीहरु प्रसस्त देखिएका छन् । आफुलाई बाल ब्रह्माचारी सन्यासी भन्दछन, ठुलो पन्च धातुको शिंहासनमा बस्दछन । ठुलो सम्पत्ति ओगटेर सुरक्षा गार्ड राखेर मठ संचालन गरेको देखिन्छ । सन्यास बाल ब्रह्मचारीका अनेकन सुन्दरी सेविका राखेका हुन्छन । संयासिनीको रुपमा ति महान भनिने मठाधिसलाइ सबै किसिमको सेवा प्रदान गरेको देखिएको छ र कयौ यस्ता बालब्रह्माचारी सन्यासीहरु यौन दुराचारी भै  कानुनको कठघरामा उभिएर जेल समेत गएका थुप्रै उदारहण छन ।  तर मैले नेपालमा जानेको बुझेको सुनेको दुइजना खप्तड स्वामी र योगी नरहरि नाथ आदरणीय सन्यासको रुपमा लिएको छु । ति दुवै शास्त्रमा पारङ्गत, चरित्र नैतिकवान थिए,  कुनै धन सम्पत्ती संग्रह नगरी  मठाधिस नभएर मनुस्य चोलालाइ बिश्राम गरेको महसुस गरेको छु । जसले मान सम्मान सम्पत्ति सबै  त्याग गरेर जहाँ महिनौ मानिस पुग्न नसक्ने स्थानमा गइ तपस्या गरे, आफुले प्राप्त गरेको ज्ञानलाइ जन समक्ष पुर्याए । यिनीहरुको पछाडी नकुनै गार्ड थिए, न यिनलाई कुनै डर थियो । अनैतिक, बदमासी काम गर्ने सन्त होस् या नेता यिनी सुरक्षा बिना हिडने हिम्मत गर्न सक्दैनन । जो सन्यास हो सबै कुरा त्याग गरेको मान्छेलाई किन सुरक्षा चाहिन्छ ? साच्चै जनताको सुख दुखको लागी उसले राजनीति गरेको हो भने त्यसलाई के को सुरक्षा चाहिन्छ र ? यस्ता ढोगीहरु पनि हाम्रै समाजमा छन  । अब करिब करिब वानप्रस्थ र सन्यास आश्रम हाम्रो धर्मबाट हटिसकेको छ भन्दा पनि हुन्छ । 

३. बर्ण ब्यबस्था : बर्णको शब्दको उत्पत्ति वृ धातुबाट भएको भनिन्छ । जसको अर्थ ब्यबसाय हो, बेदले मनुस्यलाई जातमा बाडेको छैन । बर्णको अर्थ अनेकन हुन् सक्छ जस्तै: अक्षर, मानिसको अनुहारको रंग, जातलाइ पनी वर्णको संज्ञा दीइएको छ । त्यसैले वर्ण ब्यबस्था भनेको हाम्रो  धर्ममा जीववृति कर्म भनेर बुझ्नु आबस्याक छ  । 

१. ब्राह्मण:  

शमो दमस्तप: शौचं क्षान्तिराजर्वमेव च ।                                                                                         ज्ञानं विज्ञानामास्तिक्यं ब्रह्मकर्म  स्वभावजम्( १८ ।।४२॥)

भागवत गीता ( १८ ।।४२॥)

शान्ति इन्द्रिया निग्रह, तन , मन बचनमा शुध्द्ता, क्षमा, सरलता, शास्त्रको ज्ञान, व्यावहारिक तथा अध्यात्म ज्ञान प्राप्त गर्नु र शास्त्रहरुको अध्ययन र अध्यापन गर्नु आदि कर्म ब्रह्मणहरुको स्वाभाविक कर्म हो । यसरी भगवान श्री कृष्णले गुण र कर्मको आधार बनाएर एक ब्राह्मण हुन सिमा तोकेर ब्याख्या गर्नु भएको थियो । तर पछि गएर बौध्द  धर्म र जैन धर्मको अद्भुदय र बिकाशका क्रममा वर्ण ब्यबस्थामा ठुलो आघात पर्न गएको थियो ।  गुण कर्म स्वभावबाट वर्ण टुटन गएर फेरी जन्मको आधार बनाएर हिन्दुहरुले वर्ण ब्यबस्थामा कायम गरेको इतिहासबाट जान्न सकिन्छ । 

२. क्षत्रिय :

 शौर्यं तेजो धृतिर्दाक्ष्यं युध्दे चाप्यपलायनम् ।

दानमिश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३ ।।

भागवत गीता ( १८ ।।४३॥)

शौर्य, सुरता, तेज, धैर्य, क्षमता र युध्दमा पछाडी नफर्कने, दानशिलता प्रभुत्व तथा नेतृत्वदायी  क्षमता यी सबै क्षत्रियका स्वभाविक कर्म हुन् । तत्कालिन समाजमा यस्ता सुर्बिरको एक बर्ग स्थापित भएको थियो । त्यहि बर्गलाई हातमा लिई मूल आदिबासीको भुमि जित्न सफल भएका थिए र तत्कालिन जसलाई राजन्य मान सहित क्षत्रिय बर्गमा समाहित गरेको इतिहास पाइन्छ । 

३. वैश्य :

 कृषि गौरक्ष्यवाणीज्यं वैश्य कर्म स्वभाजनम् ।   

खेतीपाती, पशुपालन, ब्यापार ब्यबसाय बैश्यका स्वभाविक कर्म हुन । स्वभाविक रुपमा खेतीपाती पशुपालन ब्यापार ब्यबसाय गर्ने जो सुकै सद्ब्यबहार गर्ने व्यक्ति पनी वैश्य हो भन्न सकिन्छ ।

  

४. सुद्र: आर्य र अनार्य बिचको युध्दमा आर्यहरुले विजय प्राप्त गरे पछी अनार्यहरुलाई दाशअर्थात सेवकको रुपमा आर्यहरुले  अपनाएको भन्ने कहिँकतै भेटिन्छ । सो युध्दलाइ देवासुर संग्राम भनिन्छ  ।  सुद्र अछुत होइनन ।  तत् पश्चात अनार्यमा भएको कला कौशल बिध्यता क्षमता कार्यकुशलता सबै आर्य बर्गको सुख सुबिधाको लागि सेवा गर्नको लागी लगाइयो । यो बर्ग पछि समाबेस भएकोले बर्णको अन्तिममा उल्लेख गरिएको हो भन्ने भनाइ पनि कतै पाइन्छ । सुद्रलाइ कुनै बेद, गीता, र कुनै उपनिशद्ले पनि अछुत मानेको छैन । अछुत होइनन । हिन्दु धर्ममा असाध्यै बिबादमा आएको सुद्रलाई दलितको रुपमा हेरिनु र समाजमा उनीहरुलाई अछुत बनाउनु नै हो । बैदिक धर्ममा काँही पनी त्यस सम्बन्धी उल्लेख गरेको पाइदैन । 

***तर पनी समाजले पाचौ वर्ण कायम गरि दलित भनेका छन् तर समाजको चेतना बिस्तारै बढ्दै गएको र शास्त्रमा मानिसलाई त्यसरी दलित नबनाएको बारे थाहा पाइरहेको हुनाले पनी अब यो बिकट अनपढ रुढीबादीमा मात्र सिमित भएको पाउदछौ । शिक्षामा कमि रुढिबादीले ग्रस्त, आफ्नो हैकम हटने डरले गर्दा समाजका केहि पाखन्डीले छुवाछुत व्यवस्थालाई कायमै राख्न चाहन्छन जो मानवीय र धार्मिक र कानुनि  हिसावले अपराध हो । 

टिप्पणी : 

चातुर्वन्यम् मया सृष्टम् गुणकर्मविभागश: |

तस्य कर्तारमपि मां विध्द्यकर्तारमव्ययम् ||१३||

भागवतगीता- ४/१३

यसको अर्थ : गुण कर्मको विभाजन अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र सुद्र- चार बर्णहरुमा म व्दारा रचिएको हो | सृष्टि रचनाको कर्मको कर्ता पनि मै नै हुँ | तर पनि तिमीले मलाइ अव्यय अकर्ता नै जानी राख |

ब्राह्मणक्षत्रियविशां शुद्राणाँ च परन्तप ।

कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै :।।४१॥

भागवतगीता- १८/४१ 

यसको अर्थ हो : हे परमतप ! ब्राह्मण, क्षत्री, वैश्य र शुद्रहरुको कर्महरु मनुष्यका स्वभावबाट उत्पन्न भएका गुणहरुलाइ अलग अलग रुपमा विभक्त गरिएका छ ।

भागवतगीता अनुसार श्रीकृष्णले मानिसको स्वभावबाट  उत्पन्न भएको गुणको आधारमा ब्रामण,क्षत्रिय वैश्य र सुद्रको रुपमा मानिसलाई विभक्त गरिएको भनिएको छ । भागवत गीतामा कुन ठुलो जात हो ? सुद्र सानो हो भन्ने कुनै प्रमाण छैन । अछुत भन्ने कुरा काँही कतै छैन । 

ब्राह्मणोस्य मुखमासीत | बाहू राजन्यः कृतः |

 उरू तदस्य यद्वैश्यह | पद्भ्यां शुद्रो अजायत॥ 

(ऋग्वेद संहिता, मण्डल 10, सूक्त 90, ऋचा 12)

ऋग्वेदको १० मण्डलमा चतुश्वर्णलाइ उल्लेख गरेको पाइन्छ । यो श्लोक अनुसार बिराटस्वरुप भगवानको मुखबाट ब्राह्मण बाहुबाट क्षत्रिय, जाङ्घबाट वैश्य र पाउबाट सुद्र उत्पन्न भए हो । भन्ने हो ।  यसलाई यसरि पनी ब्याख्या गर्न सक्नु पर्छ । सृष्टिका पर ब्रह्मको मुख ब्राह्मण थिय,  उनका बाहु क्षत्रिय थिए , उनका जाङ्ग वैश्य थिए  र  उनका पाउ सुद्र थिए । यसरी पर ब्रह्मको उत्पत्ति भएको थियो । जो एउटाको अनुस्पस्थितिले ब्रह्माजी पनी खडा हुन सक्नुहुन्न । त्यसैले यी चार वर्ण नै भगवानको स्वरुप हो । भन्ने अर्थ लाग्दछ । मनुष्यको सरिरलाई पनी चार वर्ण बाडन सकिन्छ । मुखबाट बाणीको उत्पन्न हुन्छ । त्यो ब्रह्म हो । बाहु कर्म साधन हो जाङ्ग सरिरलाई सन्तुलन बनाउने मध्य भाग हो भनी सम्पूर्ण सरिर उम्भ्याउने पाउहरू हुन् । त्यसैले इश्वर स्वरुप मान्ने बाबु आमा गुरु सबैलाई गोडामा ढोग्ने चलन चलेको हो । र तत्कालिन समाजका  ति पौरखी कलाकार, सिल्पकार, प्राबिधिक, पारिशर्मिक सुन्दर बर्गमा आश्रित थिए ।  तर बिस्तारै टाठा पाठाको शोषणमा परेर त्यो वर्ग नै पछि परेको र दाशको रुपमा स्थापित हुन् पुगेको भन्ने मलाइ लाग्छ । 

अब अर्को धार्मिक श्लोक यस्तो   छ ।

“जन्मना जायते शूद्र:, संस्काराद् द्विज उच्यते।

– मनुस्मृति 

 सबै  मनुस्य जन्मदा सुद्रकै रुपमा जन्मन्छ । उसको संस्कारले उच्च बन्दछ अर्थात  स्वभाव गुण, ज्ञान र क्षमताले  कर्म गरेर मात्र उच्च  वर्ण स्थापित गर्दछ भन्ने आसय हो । त्यहि ज्ञान र गुणले  आफ्नो जीबन पालन गर्दछ । 

ऋग्वेदको प्रारम्भिक अबस्थामा कुनै बर्ण ब्यबस्था थिएन  त्यतिखेर मात्रै दुइ वर्ण थिए जुन आर्य र अनार्य  थिए । अनार्य माथि विजय प्राप्त गरिसके पछि उनीहरुलाई दाशकै रुपमा राखे तर वर्ण  ब्यबस्था भित्र पारेनन् । त्यति बेला सम्म आर्य वर्ण तिन भागमा विभाजित गरिएको थियो, ब्राह्मण, क्षत्रिय, र वैश्य , पछि गएर अनार्यलाइ समेत सुद्र बर्णमा समाबेश गरेर अनार्यमा भएको कला कौशल बिध्यता क्षमता कार्यकुशलता सबै आर्य बर्गको सुख सुबिधाको लागि सेवा गर्नको लागी लगाइयो । यो बर्ग पछि समाबेस भएकोले बर्णको अन्तिममा उल्लेख गरिएको हो भन्ने भनाइ पनि कतै पाइन्छ ।  

यसरी हेर्दा बेदमा जातको ब्यबस्था थिएन र सुद्र भन्ने शब्द तल्लो जात पनी होइन । त्यो भन्दा अगाडी कुनै बर्ण  ब्यबस्था पनी थिएन भन्ने लाग्छ । सुद्रहरु प्राबिधिक कर्ममा निपूर्ण थिए । मानव जातिलाई चाहिने लत्ता कपडा, जुत्ता, सिलाइ बुनाइ, गहना शृंगार, काठका बस्तु निर्माण, घर निर्माण सबै  उनीहरु  जान्दथे । पहिला उनीहरुलाई सम्मान पनि दिइयो । विश्वकर्मा भगवान कै रुपमा पुजियो । हिन्दुका सबैजसो मन्दिर निर्माण उनीकै हातबाट बन्यो । समाजमा बिस्तारै उनीहरुको सीपलाई ब्यापार बनाएर माथिका बर्गले हातमा लिए पछि यी मजदुर मात्र बन्न पुगे भन्ने लाग्छ ।  

४.ऋण ब्यबस्था : मनुष्यको जन्म लिएपछि केहि जिम्मेवारी हुन्छन ति पुरा नगरेसम्म मानिस ऋणी भैरहन्छ । भन्ने कुरा यस धर्ममा उल्लेख छ ।

 यी पनी चार प्रकार का छन् । १. देव ऋण २. ऋषि ऋण ३. पितृ ऋण ४.मानव ऋण   

१.  देव ऋण : इश्वर कृपा प्राप्त नभैकन यस लोकमा मनुष्य भएर जन्मन पाइदैन । तसर्थ मनुष्य सदैव देवताको ऋणी हुन्छ । त्यसैले यो ऋण चुक्ता गर्न अपराध नगरिकन आफ्नो पाल्न पोषण गर्नु पर्दछ । सदैब सदाचारको पालन गर्दै इश्वरको आराधना यज्ञ र दान  पून्यको काम गर्नु पर्दछ ।  यसो गरेमा देव ऋण तिर्न सकिन्छ । इश्वर प्रतिकप अनास्था, अनैतिक कर्म, सरल मानिसलाइ कष्ट दिदा यो ऋणबाट मुक्त हुन् सकिदैन ।  

२. ऋषि ऋण : आफुलाई शुध्द चरित्रवाण बनाएर  बेद उपनिषद् भागवतगीता, को अध्ययन गर्नु, तत्सम्बन्धि शास्त्रको शिक्षा अरुलाई दिनु । ऋषि रिना भनेको गुरु ऋण हो । आफुले शास्त्रबाट, वा कुनै आफ्नो गुरुबाट लिएको शिक्षाको ऋण, अरुलाई शिक्षा दिएर मात्रै तिर्न  सकिन्छ । 

३. पितृ ऋण  : समाजमा आफ्नो परिचय पिताको नामबाट शुरु हुन्छ । आफ्नो पालन पोषण गर्नको चाहिने भौतिक बस्तु जुटाइदिने, प्रमुख रक्षक भएको र पितृको बिजबाट आफुले जन्म लिएको हुनाले, यो ऋण अबश्य पुरा गर्न पर्छ सन्तानले । यो ऋण पुर्बज, बंसजकुल धर्मसंग जोडिएको हुन्छ । यो ऋण चुक्ता गर्न बाचुन्जेल माता पितालाइ  प्रेमले सेवा गर्ने र मृत्यु पश्चात श्राध्द तर्पन दिएर मुक्त हुन् सकिन्छ । 

४. लोक तथा मानव ऋण : समाजमा दुख पाएका, दुखि गरिब र भोकालाई सेवा गरेर यो लोक ऋणबाट मुक्त हुन् सकिन्छ । 

टिप्पणी : बैदिक सनातन अनुसार पुर्बकालमा महिला प्रधान समाज भएको मसुस हुन्छ । पुरुषको नाम भन्दा महिलाको नाम अगाडी जोडेर लेखेको भेटिन्छ । जस्तै सिताराम, राधाकृष्ण, लक्ष्मी नारायण, देवीदेवता, तर प्रजजन अबस्थामा पटक पटक जब सारीरिक हिसाबमा महिला असक्त हुन्छिन । तब पुरुषहरुले उनीहरुलाई पछाडी पारेको हुन् । हिन्दु धर्ममा  पितृ ऋण सबभन्दा कडा रुपमा  तिर्न पर्ने व्याख्या गरिएको छ तर मातृ ऋण बारेमा त्यति महत्व दीएको देखिदैन । जबकि सन्तान जन्माउने देखि हुर्काउने अहम भूमिका आमाको मात्रै हुन्छ । 

हिन्दुधर्मको बिशेषता: 

१. काल गणना: आर्यभट्ट ज्योतिस शाश्त्रको पिता मानिन्छ । बर्तमान समयमा एक बर्षमा ३६५ दिन हुन्छ । एक हप्तामा सात दिन, एक दिनमा २४ घण्टा घडी पला, चन्द्र ग्रहण, सुर्य ग्रहण, तिथि नक्षत्र राशीका नाममा १२ महिना र नौ ग्रह छन् भन्ने कुरा हजारौ बर्ष पुर्ब गणना गरेर सयौ बर्ष पछि सम्मको पात्रो बिना सफ्ट वेयर बिना क्यालकुलेटर निकालेका थिए । यो बिशेषता देखेर आधुनिक नासाका बैज्ञानिक समेत आश्चार्यमा पर्दछन । 

२. आयुर्वेद उपचार 

बेदमा मनुष्यलाइ सुस्वास्थ्य राख्नको लागी आफ्नै घर आँगन र बन जंगलमा भएको जरिबुटीबाट उपचार गर्ने पद्दतिको बिकाश गरिएको पाइन्छ । चरक संहिता, सुश्रुत संगीता जस्ता आयुर्वेदका सिध्दान्त रचना भए । औषधि बनाएका थिए । बिना कुनै ल्याब र माइस्क्रोप त्यसको अनुसन्धान कसरि सम्भव भयो । 

३. योगसुत्र ध्यान साधना :

पतंजली ऋषिले संस्कृत भाष्य व्याकरणको रचना गरेका थिए । मनुष्यलाई शारीरिक र मानसिक स्वास्थ्य राख्नको लागि योग सुत्र रचना गरेका थिए । लामो समय सम्म या बिध्यालाई कसैले अङ्गालेन र जब पश्चिमाहरुले योग सूत्रको वैज्ञानिकता र मानव जिबन मा यसको आब्स्याकता बारे बुझे । अब आएर संसार भर प्रख्यात हुन् पुग्यो । र हिन्दु धर्मको खोज हुन् थाल्यो । 

४. . बिज्ञान अनुसन्धान र बिकाश 

आचार्य भारव्दाज ऋषिले वायुयानको बिकाशको लागी अन्वेसन गरेका थिए । बिमानशास्त्र लेखेका थिए। उनको लेखेको  बिमान शास्त्रको अध्ययन गरेर  भारतका शिबकर  बाबु दलपटल ले राइटब्रदर्स भन्दा आठबर्ष अगाडीनै बिमान उडाएका थिए । शिबकर बाबुलाइ मान्यता दिने भनेर सो बिधि अंग्रेजको हातमा गएको थियो । जसले गर्दा उनको नाम अगाडी आउन सकेन । यसकारणले पश्चिमाहरुले हिन्दु धर्मको बारेमा जुटिरहेको पाउदछौ । 

५ . कुटुम्ब व्यवस्था: 

हिन्दुहरुले संसारमा भएका सम्पूर्ण चराचर मानवहरुलाई आफ्नो परिवार मान्दछ । चाहे जुनसुकै धर्म मानोस , चाहे जुनसुकै देशको होस् । सबैलाई आफ्नो ठान्दछ ।  यहि नै सबभन्दा आदर्श कुरा हो । यसले गर्दा हिन्दु समाजमा बिभिन्न धर्मका घुस पैठ आएर धर्म परिबर्तन गराएका छन् घाटा पक्कै भएको छ तर यो बिशेषता हिन्दु धर्मले स्विकारेको छ ।  

६ . इश्वरोउपासना : 

यसधर्ममा एकादसीका दिन उपासना बस्ने चलन छ । यस धर्मको ठुलो बिशेषता हो । महिनामा २ पटक उपासना गर्दा सरिरमा भएको बिकार्लाई नष्ट गरिदिन्छ । जसले गर्दा मानिसमा सुगर र ब्लडप्रेसर जस्ता रोग लाग्न बाट जोगाउछ । 

टिप्पणी : हिन्दु धर्मको मूल भाषा संस्कृत हो । संस्कृतलाई देवबाणी पनी भनिन्छ । यो भाषा जटिल भएकोले सबैले यो शिक्षा ग्रहण गर्न सकेनन । तत्कालिन अबस्थामा  भारत बर्ष अन्त्यन्त बिकसित सम्बृद्ध थियो । त्यसैले अरबीहरुले यस देशमा आँखा गाडेका थिए । बिस्तारै मुगल साम्राज्यले भारतमा शासन गर्न थाले जसले गर्दा हिन्दु धर्ममा बिकशित भएको बिज्ञान अगाडी बढाउन सकेनन ।  हिन्दु बिध्दानहरुको कत्लेआम गरियो । हिन्दुहरुले गरेका अनुसन्धानका पुस्तक बेद, उपनिषद् र भाषा साहित्यका कि त नाश गरियो । कित बिदेशमा पुर्याइयो ।  मुगल पछि अंगेजले शासन गर्यो । अंगरेजले भारतिया समान र  हिन्दु संस्कृतिलाइ तहस नहस बनाएरै छाड्यो ।   त्यतिखेर पनि हिन्दु साहित्य, धर्म र बिज्ञानलाइ आधुनिकतामा ढाल्न सकेनन । यस धर्म भित्र भएका बिराट रुपलाई  संकुचित बनाएर मुश्लिम र इशाई हावी भएको घाम जस्तै छर्लंग छ । तर पनी यस हिन्दु संस्कार हुर्केका सन्तानहरु जुनसुकै मुलुकका मान्छेसंग प्रतिशापर्दा गर्न सक्षम छन् ।  

हिन्दु धर्मका केहि अन्धविश्वास भ्रम र सत्यता 

 १. उत्तर तर्फ सिरानी गर्न बर्जित गरेको छ । पहिला यसलाई अन्ध बिश्वास मानिन्थ्यो । बैज्ञानिक अब आएर पुष्टि गरिसकेका छन् । संसारको सबैका सबै बस्तु चुम्बकीय शक्तिमा अडेको छन् । चुम्बकको सिध्दांत अनुसार  एउटै पोल एकै ठाउमा भयो भने विकर्षण हुन्छ । मानव शरीरको उत्तरी भाग भनेको उसको शरीर हो । जब धर्तिको उत्तरी भाग र मानवको उत्तरी भाग एकै तर्फ भयो भने त्यहा विकर्षण हुन्छ । यसको चुम्बकीय असर त कहिँ न कहिँ त पर्छ नै । अतएव मानिसमा टाउको दुख्ने, मुटुको रोग लाग्ने हुन्छ ।

२. घरको ढोका अगाडी निबु र खुर्सानी झुन्ड्याउने, यसो गरे खराब नजर लाग्दैन भन्ने  बिश्वास गरिन्छ । तर त्यस्तो होइन सबैले यसलाई देखुन र आफ्नो खानामा यो प्रयोग गरुन भन्ने मनसाय हो । निबु स्वास्थको लागि स्वास्थ्य बर्धक मानिन्छ, त्यसतै खुर्सानीले समेत मान्छेको  इम्युन पावर बढाउने काम गर्दछ । 

३. फुटेको ऐना घरमा नराख्नु, नहेर्नु भनिन्छ । यो अशुभ हुन्छ भन्ने बिश्वास छ । फुटेको ऐना शशा घरमा राख्दा यसले चोट लाग्ने सम्भावना बढी हुन्छ । यसलाई जतन गरेर राख्नु पर्छ भन्ने मनोबैज्ञानिक असर बन्दछ र त्यसको सुरक्षा हुन्छ । 

४. महिलाको मासिक धर्म भएको बेलामा, चुलो चौको छुन नदिने र घरभित्रको कुनै काममा संलग्न नगराउने चलन थियो । यसलाई हिन्दु धर्ममा अन्ध बिश्वास मानिएको छ । आधुनिक युगमा सेनेटरी प्याड लगाएर महिलाहरुले सबै काम गर्दै आएका छन् । महिलाले अहिले बुझ्दै छन् कि महिना बारी हुदाको समयमा सरिर कम्जोर हुने, भारी गरुङ्गो सामान उठाउदा बढी राहत बग्ने देखि अनेक कठिनाइ हुदो रहेछ । पुरानो जमानामा महिनालाई यी कामबाट बाहिर राख्नको लागि गरिएको कर्म रहेछ । सेनेटरी प्याडको ब्यबस्था नहुने हुनाले पनी फोहर जताततै फैलिने दरले पनी उनीहरुलाई अलग्गै राख्नु सान्दर्भिक रहेछ । 

५. दाह संस्कार गरिसकेपछि नुहाई धुवाई गर्नु । यसो गरेन भने उसंग भुत प्रेत संगै आउछ भन्ने गर्दथे । भूतप्रेत संगै आउछ भन्ने कुरा अन्ध बिश्वास होला ? तर दाह संस्कारमा मृत सरिरबाट ब्याक्टेरिया भाइरस मलामीमा सर्ने हुदा यसो भनिएको हो । भुत प्रेतको डर देखाएर यसो गरुन भन्ने उद्देश्य हो । 

६. चौका चुलोमा गाइको गोबरले लिप्नेलाइ पशुको मल मुत्रले लिपेर कहीं शुध्द हुन्छ ? यो अन्ध बिश्वास हो भन्ने गरिन्थ्यो । जब गाइको गोबर मुत्रमा कयौ ब्याक्टेरिया मार्न सक्ने पदार्थ हुने रहेछ । गौमुत्रले कयौ रोग संच हुने कुरा बिज्ञान ले पुष्टि गरेपछि यो ठिक रहेछ भन्ने कुरा साबित भयो ।  

टेक्सास 

०२/२७/२०२०

Leave a Reply