सायद म तिमीसंग भेटन पाउने छैन 

हे प्रिय बात गर, सुन्न फेरी पाउने छैन 

 

नसोध मलाइ यहाँको हालखबर के छ ?

जताततै कोरोना, अस्पतालमा बेड छैन ।

 

घांटीमा खसखस छ मन्दमन्द छ ज्वरो 

निस्कन लकडाउन छ, रासन पानी छैन ।

 

लत्रेको जिउले टेक्दैन अध्यारो मात्रै देख्छ

एक्लो छु कोठामा, तातोपानी दिनेकोइ छैन 

 

त्यो सानी छोरीलाइ देखाउन एक पटक 

अभागी रहिछ उ बाबा भन्न  पाउने छैन 

 

सुन्दै छु, अस्पतालामा लासको खात छ 

एम्बुलेन्स बोलाको आउछ भन्ने आश छैन 

 

शक्तिशाली अमेरिका भनेर के गर्नु प्रिय 

मिसाइल छ, युध्दपोत छ भेन्टिलेटर छैन 

 

कोविद उन्नाइस मान्छे खाने राक्षस रैछ  

पल्कि राछ, म तिर आउन कत्ति बेर छैन 

 

जहाज चल्दैन, आउन मन भएर के गर्नु 

केहि मिठा बात् गर, सुन्न फेरी पाउने छैन  

 

एस्तो होला भन्ने  कहाँ सोचेका  थियौ र 

बन्द भए सबै बाटा, भेटन  पाउने छैन 

 

पिर नगर प्रिय,उज्यालो भए होला त्यता 

 लड्दै छु कोरोनासंग के हुन्छ थाहा छैन 

 

सायद म तिमीसंग भेटन पाउने   छैन 

हे प्रिय बात गर, सुन्न फेरी पाउने  छैन 

 

०४/२१/२०२० 

 

Leave a Reply