कोरोनाले खेदेको जीन्दगीको के छ र भर !
आज हो कि भोलि कसलाई  के थाहा छ र!

खुला आकाश झैँ खुलेर हासौ यस जगतमा
साच्नु के छ र छोडेर जाने हो यस जगतमा

खुलेर बाचूँ जब सम्म रहन्छ यो जिन्दगानी
भुलौं जस्ले दिन्छ दुख र पिडा यस जगतमा

न कतै इर्श्या न त प्रतिश्पर्दा गर्न पर्छ यहाँ
इश्वरले सबै मिलाउदछ मेलो यस जगतमा

माफी मागेर हेर अनी माफ देउ है सबैलाइ
कतै पुगिन्न है घमण्ड इर्श्याले यस जगतमा

नराम्रै गरेको छ भने पनी तिमीलाई यहाँ
हिसाब किताब राख्छ उसले यस जगतमा

छोटोछ जीन्दगानी मिलाउँ बिग्रेका सम्बन्ध
सजाय दिने माथी बसेको छ यस जगतमा

कतै अरुले के भन्ना भनि छोडेका त छैनौ
जीन्दगी जीउन निस्फिक्रीले यस जगतमा

चिन्ता छोडेर समाजको बन्धनलाई तोडेर
भुलेर आफ्नै उमेर रमाउ है यस जगतमा

भरपुर जिउनु पर्छ जिन्दगी प्रत्येक पलमा
छोडनै छ आज हो कि भोलि यस जगतमा

बुझ्छौ सबैले जन्म र मृत्यु छैन हाम्रो हातमा
उमंगले बिचमा जिउन सक्छौ यस जगतमा

हातमा केवल समय छ जन्म र मृत्युको बीच
अघाउन्जेल जिउ है जीन्दगानी यस जगतमा

आफ्नो जिउने कलाले अरुलाई पिडा नहोस
सारा भुलाई आफ्नै लागी जीउ यस जगतमा

जीन्दगीको के भर छ र आज हो कि भोली
प्रेम हो संसार प्रेम नै हो इश्वर यस जगतमा

डालस

०१/०८/२०२०

Leave a Reply