दृष्टि फरक फरक हुन्छ, आ-आफ्नो सोचमा
नजर फरक फरक हुन्छ, आ आफ्नो सोचमा

समयले मान्छेलाई कंहा कहाँ पुर्याउछ कुन्नि
समयसंगै बिचार बदलिन्छ,आ आफ्नै सोचमा

ठाउँ फेरेर के गर्ने टाउको फेरिएको छैन यहा
कुरा फेर्यो संस्कार छुटेन आ आफ्नो सोचमा

फरक यो छ कि काम फेरियो दाम फेरियो
साथसाथै फेर्यो मन पनी आ आफ्नो सोचमा

छुटेको छैन आपसमै पनी लुच्याई धुर्ताई
पुरानै दासत्व फिरेन यहा आ आफ्नो सोचमा

उठेर फेरी मनमा शान्तिको दियो जलाउन
उठेर आउ निर्मल बनी आ आफ्नो सोचमा

खुलेर आकाश बर्सन्छ थामेर हेर अमृत
खुशी र उमंग छाउछ, आ आफ्नो सोचमा

०९/२२/२०१९

Leave a Reply