सपना ती सवै आशु भएर बगेर गयो
पिर र ब्यथा सबै छातीमा बसेर गयो

माया र पिरतीको कुनै गुञ्जाएसै भएन
सबैभन्दा अगाडी दौलतले थुनेर गयो

नगदै नभएपछि न माया न त पिरती
आजकल मेरो मायामा खोट बनेर गयो

दिलमा जमेको मायाको के हाल होला
माया प्रिती सवै आशु भएर बगेर गयो

सायद माया बजारमा बिकेर होला कि
मुटुमा बसेको माया पिरती तुहेर गयो
१२/३०/२०१९

Leave a Reply