तिम्रो लागी
माया मात्रै सुम्पेको छैन नी तिम्रो लागी
यहाँ मेरो जिन्दगि खडा छ तिम्रो लागी
यो मुटुको मात्रै के कुरा गर्छेउ तिमी
मागेर त हेर फेरी ज्यान तिम्रो लागी
न त मुश्किल छ न त हिसाब किताब
प्रेममा काँ हुन्छ लाभ हानी तिम्रो लागी
तिमीले आफ्नै ठानेर आफ्नै मानेपछि ?
थामेर हेर सुम्पेको छु ज्यु तिम्रा लागी
झुटो कसम खान्न, धोका दिनेछैन् मैले
यहाँ मेरो ज्यान हाजिर छ तिम्रो लागी
१२/१८/२०१९