तिम्रै साथ् पाउनलाइ यो संघर्ष गरेकै छु
तिमीसंग बाच्नलाई यो अठोट गरेकै छु

निरास हुन्न यो मन जती दुख पाए पनी
दुखी राख्ने पिर ब्यथा ति सबै सहेकै छु

फर्कने छ पक्कै पनी रातपछि दिन जस्तै
निरास हुने होइन प्यारी धैर्य साचेकै छु

सफल भइन्छ परिश्रम किन खेर जान्थ्यो
साथ तिम्रो पाए भने जित्छु भनि सोचेकै छु

कति सास्ती पाए मैले सुखी बन्ने लालचमा
नसोचेको जिन्दगीमा दुख मैले झेलेकै छु

भन्छौ किन आज मन्का कुरा बोल्नु हुन्न
दुखी देख्न सक्दिन म त्यसैले त हासेकै छु

ती दिन पक्कै आउने, छ मनका कुरा खोल्न
खुशीका सास फेर्न नै तिम्रै लागी बाँचेकै छु

१२/०९/२०१९

Leave a Reply