कसरि बिर्सन सक्छु मैले ममता आमाको
नसम्झेको कुनै दिन छैन, ममता आमाको

कति दिए थे आमालाई पिडा पिरको भारी
प्यार मात्रै हैन् छाहारी थियो,ममता आमाको

बोली ती मिठा अमर थिए बाणी अमृत सरि
ति वाणी बिर्सन कहाँ सक्छु, ममता आमाको

पिर हुन्थ्यो मेरो सदा मेरी आमाको दिलमा
खाए नखाकोमा तडपिन्थ्यो, ममता आमाको

लडेर भुइमा लागेको चोटमा लाउने मलम
कहाँ बिर्सन्छु न्यानो काख, ममता आमाको

फोहरी आङ्ग नुहाएर तेल मालिस लाएको
संझिदा पनी भक्किन्छ मन,ममता आमाको

अबेर सम्म सुनाउन्थ्यो , दन्त्य कथा रातमा
सुनेर निदरी पोखिन्थ्यो नी, ममता आमाको

भन्नु हुन्थ्यो ठुलो भएर बन्नु है असल मान्छे
असल भए भइन बिर्सेन्न, ममता आमाको

न भुलेस जन्मेको माटो भन्नु हुन्थ्यो आमाले
न त माटो भुल्न सके न त, ममता आमाको

टेक्सास

११/२५/२०१९

Leave a Reply