इर्श्या अरुको तिम्ले गर्छौ भने, हुने छ जीबन दुखी
रिस र डाह अरुको गर्छौ भने, हुने छ जीबन दुखी

न त कतै सुख भेटिने छ यस जगतमा इर्श्यालु लाइ
पछ्याउछ नकारात्मक बिचारले, हुने छ जीबन दुखी

रिस डाहाले कसैको काम फत्ते भएको कहाँ छ र
बिग्रेर भत्किन्छ नी बनेको काम, हुनेछ जीबन दुखी

अर्कैको आड भरोषामा जिबिका चलाउने मनुवाहरू
आड भरोशा भत्केसी उनको, हुने छ जीबन दुखी

आफैमा उत्साह भरि सबैको भलो सोचेर काम गरे
दुखि जिबनको नाश भइ तिम्रो, हुनेछ जीबन सुखी

१०/२६/२०१९

Leave a Reply