सभामुख अहिले यौनउन्मुख भएका छन्
राजनीतिबाट उनी यौन गुरु भएका छन

कहिले देखि पारेछन जालमा नारीलाई
महिलालाइ घरको न घाट बनाएका छन

पद पावरले थिचेर बदलेकि छिन बयान
तिनको आर्तनाद कस्ले सुन्ने भएका छन ?

बन्दुकले धम्याएर नेता बनेका मुस्तंडका
काला कर्तुत छताछुल्ल ऎले भएका छन

छर्केर सुनपानी उस्लाई चोखो बनाउन
सुद्याउन खोजेर पनी नसक्ने भएका छन

सानालाई कानुनले कसेर लान्छन थानामा
ठुलालाई मौका दिएर छोडने भएका छन

उस्तै उस्तै बोलिको आधारमा भएर के गर्नु
कानुनले स सानालाइ,सास्ती दिएका छन

जनताको सरकार भए नि गणतन्त्र आए नी
सानालाई कानुन ठुलाले मुक्ति पाएका छन

धेरैले भन्थे रे उनि हाम्रा आदर्श पुरुष हुन
ऐले सभामुख हुदै यौनउन्मुख भएका छन्

१०/०४ /२०१९

Leave a Reply