मैले उसलाई बोलाएकै होइन, उ आएरै छाड्यो
मैले कहिले सम्झेको पनि होइन, उ आएरै छाड्यो ।

कहिले पनी मन थिएन भेटने, नजिक भएछु उसंग
मेरा काला केशलाई उसले, सेतै बनाएरै छाड्यो ।

उसलाई कहिले पनि देख्न मन, पटक्कै थिएन मेरो
मेरै अगाडी आएर उसले मेरो, दृष्टि भ्रमाएरै छाड्यो ।

संसार नाघ्ने मेरा बलिष्ट पाउहरू, खुम्चाउन मन थिएन
सुटुक्कै आएर मेरा पाउहरू , उस्ले जकडेरै छाड्यो ।

मिठो मसिनो खान सक्ने बेलामा उ टुप्लुक्कै आयो
मेरा बलिया पाचन इन्द्रियलाई, उस्ले बिगारेरै छाड्यो ।

जागिर,कमाइ, पढाइका डिग्री, मान सम्मान ति सबै
च्यातच्युत गरि मिल्क्याएर उस्ले, एक्लै पारेरै छाड्यो ।

मैले उसलाई बोलाएकै होइन, उ आएरै छाड्यो
मैले कहिले सम्झेको पनि होइन, उ आएरै छाड्यो ।

०८/१३/२०१९
टेक्सास

Leave a Reply