शिकागो, म सन् २००२ मा पहिलो पटक अमेरिकामा पाइला टेकेको शहर हो । त्यतिबेलाका केही तिता मिठा सम्झना छन यो स्थानको । सो ठाँउमा फेरी जाने लालसा थियो, मेरो मनमा । लगभग १७ बर्षपछी शिकागो जाने अबसर मिल्यो । कान्छो छोरा बिशाल बुहारी बिनिशा र हामी पति पत्नी भएर छोरा बुहारीको बैबाहिक गठबन्धनको बर्षगाँठ पारेर सेप्टेम्बर १२ मा स्प्रिट एयर लाइन्सबाट शिकागोको ओहारे एयरपोर्टमा करिब करिब १० बजे बिहान पुग्यौ । म बिरामी भएकै बेला मलाइ भेटन शिकागोबाट रिता खनाल आचार्य बैनी र ज्वाई आउनु भएको थियो । बैनिसंग प्राय फोनमा कुरा भैरहेको थियो । उनले मलाइ शिकागो आउनुस भनेर धेरै पटक भनेकी पनि थिइन् । त्यसैले हामी उनको घरमा नै बस्न जाने निधो गरेर गएका थियौ ।

अमेरिकाको ४४ औ रास्ट्रपति (२००९ देखि २०१७ सम्म) बाराक ओबामा शिकागोबासी हुन । राष्ट्रपति हुनु भन्दा अगाडी इलिनोइस स्टेट सिनेट भएर करिब १० बर्श काम गरेका थिए । त्यसैले पनी यसको महत्व बिशेष छ । ओहारे एयर पोर्ट बिश्वको १२ औ ठुलो एयरपोर्ट हो भने संसारको सबभन्दा व्यस्त हुने रेंकमा यो छैठोमा पर्दछ । अमेरिकामा यो एयरपोर्ट तेश्रो ठुलो भए पनि व्यस्तता भने पहिलोमा पर्दछ । शिकागो अमेरिकाको पचास राज्य मध्येको इलीनोइस राज्यको सबभन्दा ठुलो शहर हो भने अमेरिकाको तेश्रो ठुलो शहर हो । जनसंख्याको हिसाबमा पनी यो अमेरिकाको तेश्रो शहरमा पर्दछ । शिकागो अमेरिका न्युयोर्कपछिको दोश्रो पर्यटकीय स्थान हो / यो शहरलाइ अन्त्यन्त आकर्षक यहाको मेचिगन लेकले बनाएको छ / अर्थात मेचिगन लेकको किनारमा बनेको आकाश छुने आर्किटेक्ट डिजाइनका शिस महलहरुले सजिएको यो शहर अन्त्यन्त आकर्षक छ र जसलाई पनि लोभ्याउछ / यहाँका आकर्षक स्थलमा पुग्न हामी सबै आतुर नै थियौ / बैनीलाई फोन गरेर हामी साँझ बस्न आउने छौ / अहिले हामी घुम्न जान्छौ भन्यौ र / घुम्ने र केहि पुराना साथी भाइहरुसंग पनी भेटने योजना बनाइयो / एयरपोर्टबाट सिधै रेन्टल कार ग्यारेज तिर गएर हामीले बुक गरेको SUV गाडी लिएर शिकागो शहर तिर लाग्यौ /
src=”http://pundaryaryal.com/wp-content/uploads/2019/09/12068658_899535163428694_656588773007495027_o.jpg” alt=”” width=”2048″ height=”1356″ class=”aligncenter size-full wp-image-3897″ />

अति व्यस्त शहर भएकाले पनी कार पार्किङ्ग गर्नको लागी समस्या थियो । कहाँ गाडीलाई छोडने र कहाँबाट शुरु गर्ने सोच्दा लेक साइडको रिभर वाक पार्किङ्गमा गाडी पार्क गरेर सिटि घुम्न पायक पर्ने ठहर्यायौ । यो पार्किङ्ग पार्कको तल अन्डरग्राण्डमा थियो । दिनभरि राख्दा $ ३० डलर लाग्दो रहेछ । गाडी त्यहा राखेर पार्क तर्फको ढोकाबाट पार्कमा निस्कियौ । लेक साइडको वाकिंग स्ट्रीटबाट तालमा घुमिरहेका बोटलाइ हेर्दै, कतिखेर अर्को तर्फ गगन चुम्बी शिश महल र पार्कका फुलेका फूलहरुले आँखा आकर्षित र मनलाई आनन्द बनाइ रह्यो । लेक साइडको वाकिंग स्ट्रिट हुदै हामी शिकागोको प्रख्यात नेवीपेयर तिर पुग्ने उदेश्य राखी हिडीराख्यौ । नजिक पुग्ने बेलामा वाकिंग स्ट्रिटबाट केहि माथि पुलबाट तल भएको नहर पार गरेर मात्रै नेवीपियर जान सकिन्थ्यो । हामीलाई त्यहा पुग्न त्यति गारो भएन । नेवी पियर प्रबेशमा टिकट नभए पनी भित्र भएका अन्य आकर्षण शो मा भने टिकट लिएर मात्रै प्रवेश गर्न सकिन्थ्यो । यहाको आकर्षक भनेको कन्टिनेन्टल व्हिल (चर्खे पिङ्ग) आर्किटेक्चर रिभर क्रुज टुर, क्लासिस लेक टुर, शिकागो चिल्डेन म्युजियम र अन्य केहि सिटि टुर, सिटी हेलिकप्टर टुरआदीको टिकटिंग हुने रहेछ ।
नेवी पियर तालमा बनाइएको पर्यटकीय आकर्षक स्थल हो । यसको तिन तिरबाट तालको आकर्षक हेर्न सकिन्छ । बुढा देखि बच्चा रमाउन सक्ने, थकाइ बिसाउन सक्ने, बिभिन्न किसिमका रेस्टुरेन्ट, वृक्षका छहारीको तल बस्न स्सकिने, चर्केको घाममा आइस क्रिम खादै छहारीमा बस्न र ताललाइ छोएर आएको सरर हावाले मन र सरिरलाइ शितल प्रदान गर्यो । हामिले पनि त्यो आकाश छुने चर्खे पिङ बसेर शिकागो शहरका गगन चुम्बी महल, आँखाले हेरेर नभ्याउने ताललाई हेर्दै ति मनोरम दृश्य अबलोकन गर्यो । त्यस भित्र भएका पार्क, पसल, हुदै त्यहीबाट आर्किटेक्चर रिभर क्रुज टुरको टिकट लिई हामि बोटतिर लाग्यौ । करिब एक घन्टाको यो रिभर क्रुज टुरले शिकागोको मधे शहर बिचमा बनाइएको नहर हुदै, सो नहरको किनारमा बनाइएका एतिहासिक गगन चुम्बी बिल्डिंग अबलोकन गर्दै, ति बिल्डिंगको बारेमा बताइएका इतिहास र ति कालजयी इन्जिनियरका बारेमा क्रुज गाइडले बताइएका कुरा सुन्यौ । यता निलो पानीमा बिस्तारै कुदिरहेको क्रुज, चली रहेको चिसो हावाको झोका त्यो भब्य शहरको बिचमा त्यति ठुलो नहर, टाउका माथि गगन चुम्बी घर, जता हेरे पनि आकर्षक नै देखिन्छ ।
हामि न्यु योर्क शहरमा करिब १५ बर्ष बस्यौ । पर्यटकीय हिसाबले अमेरिकाको सबभन्दा बढी आकर्षक न्युयोर्क नै हो । अझ भन्ने हो भने यहाको गगन चुम्बी बिल्डिंग यतिधेरै अग्ला र आकर्षण बिल्डिंग अन्त कतै छैनन् होला ! न्यु योर्कको बारेमा “ कलेजो फेरेको मान्छे” मेरो पुस्तकमा सविस्तार बर्णन गरेको छु । शिकागोको डाउन टाउनले न्यु योर्कको झझल्को मेटाई दियो भन्दा पनि हुन्छ । रिभर क्रुजबाट उत्रेपछि मैले पुरानो साथी पदम के. सि. लाइ फोन गरे , उनि मेरो बाल्यकालका सपाठी हुन एकै गाउका । उनि यहा आएको एक जुग भैसकेको रहेछ । उनि एउटा डाउन टाउनको भब्य होटेलमा सेफ रहेछन । त्यहाबाट नजिक भएकोले हामि हिडेरै उनलाई भेटन गयौ । उनलाई भेटेर अँगालो हालेपछि मेरा बालक कालका र स्कुले जिबनको सबै सम्झनाले ताजगी पायो । संच बिसन्च भला कुसारी गरे पछि चिया खायौ, बिशालको लागि टेकाउट खाने कुरा प्याक गरिदिए उनले । विक इन्ड भएकोले रेस्टुरेन्ट व्यस्त थियो । हामिले उनलाइ धेरै बेर अल्मलाइदिन चाहेनौ । आखिर काम त कामै हो, यसपछी उनसंगको न्यानो भेटघाटलाइ छुट्याएर बिदा भयौ ।
केहीबेर हिडेर पार्किङ्गसम्म पुग्यौ । पार्किङ्गमा गाडी भेट्टाउन नसकेर एकछिन अलमलिन पर्यो । अन्डर ग्राउण्ड धेरै ठुलो भएकोले लट नम्बर पार्किङ्ग नम्बरको फोटो नखिचेको भए त बित्यास पर्ने थियो । मान्छे बिनाको पार्किङ्ग कसलाई सोध्ने ? शिकागोको डाउन टाउनबाट रिता बैनीको घरमा जान करिब एक घण्टा लाग्थ्यो । माइजु सरिता खनाल खाना बनाएर हामीलाई नै कुर्नु भएको थियो । ठाकुर प्रसाद खनाल मामा केहि बर्ष अगाडी स्वर्गे हुनु भएको हो । ठाकुर खनाल भैरहवा निवासी एक प्रतिष्ठित बुध्दिजिवी हुनुहुन्थ्यो । बैकिङ्ग क्षेत्रको लामो अनुभव भएका खनालजी नेपालमा स्थापना भएको ग्रामिण विकाष बैङ्क प्रथम अध्यक्ष हुनुभएको थियो । राजनीतिमा पनि वहाको सक्रियता थियो भने पछिल्लो समयमा वहाले आफ्नै ल फर्म वकालत गरिरहनु भएको थियो । नाता सम्बन्ध आफ्नो ठाउमा छदै थियो तर ठाकुर मामा भैरहवामा बसेकोले र वहासंग संगै संघ संगठन कामगरेको हुनाले पनी मेरो वहासंग धेरै आत्मियता थियो । मामाका तिन वटि छोरी रेखा , रिता र रेवा अमेरिकामा भएपछि माइजु यी तिन बैनीका बिचमा मिलाएर बस्नु हुन्छ तर वहाको बसाइ रिता बैनीसंग नै बढी हुन्छ । तिन बैनीहरुले आफ्नी आमालाई असाध्दै माया र श्रध्दा गरेका छन, वहाको सुखको लागी तत्पर रहेको पाए । घर पुगेर माइज्यु, बैनी रिता र ज्वाई अजय आचार्य संग बसेर संगै खाना खायौ । राति अबेरसम्म नेपाल देखि अमेरिकासम्मका दुख सुख र सफलता र असफलता बारेमा चिन्तन गर्यौ । भान्जा अवानी नोकरीको सिलशिलामा बाहिर बसेका रहेछन र भान्जी कलेजको होस्टेलमा बस्ने भएकोले भेट हुन् सकेन । उन्हरू एक आध हप्ता बिराएर घर आउने रहेछन । तर फोनमा भने अवानीसंग कुरा गर्न मात्र पाइयो ।
भोली पल्ट बिहान हामि उठ्दा ब्रेकफास्ट तयार गरिसक्नु भएछ माइजुले । चिया नास्ता गरेपछि हामि शिकागोको आएको बेलामा यहाको आकर्षक स्थानको अबलोकन गर्न आतुर थियौ, संगसंगै भेटघाट पनी । माइजुलाइ खाना हाम्रो लागि नबनाउन भन्यौ । खाना खाने चक्करमा हाम्रो टुर अवलोकनमा अबरोध हुने थियो । हामि जता जान्छौ त्यतै खाइहालिञ्छ । बैनी र माइजुले हैन हामीले तपाइहरुलाइ खाना खुवाउनै नपाइने हो क्याहो ? यस्तो सजिलो पाउना त महिनौ बसे पनि फरक पर्दैन भन्दै व्यंग्य गर्नु भयो । यो पनी एउटा रमाइलो क्षण थियो सबैले हास्यौ पनी । आज माइजुलाइ पनि घुम्न लैजाने कुरा थियो । रेवा बैनीले माइजुलाइ लिएर न्युयोर्क कोइ आफन्तलाई भोलि बिहानै जान पर्ने रहेछ । त्यसको तयारि गर्नको लागी जान सक्नु भएन । रेवा बैनीलाइ भेटने अवसर पाइएन, उनि काममा सबेरै जान पर्ने, साँझ हामि ढिलो आइयो ।
बैनीको घर बाट करिब एक घन्टामा Harley Davidson museum. रहेछ । हामीले त्यहा जाने यो मोटरसाकिल संग्रालयको स्थापना जुलाई १२, २००८ मा भएको थियो / यो विकन्सिन राज्यको मिलबाकि शहरमा स्थित मोटर साइकिल संग्रालय बिभिन्न कम्पनि र बिभिन्न कालखण्डका आकर्षक मोटर साइकिलहरुको एउटा ब्यबस्थित संग्रालय रहेछ / सस्ता देखि धेरैमहंगा सम्मका मोटरसाइकिल हेर्न र चढेर फोटो खिच्न पायौ / हामी त्यसलाई अबलोकन गरेर शिकागोमा रहेका केहि पुराना साथि भाइहरुलाइ भेटने कार्यक्रम बनाएयौ / मिल्बाकीबाट डाक्टर रीताको घर नजिकै रहेछ / याँहा आइसकेपछि भेट्यौ भनेर फोन गर्यौ र घरको ठेगाना लिएर त्यहा गयौ / घरमा तिर्थ ज्ञवाली काका र काकी हुनुहुन्थ्यो / रिता काकाकी छोरी हुन ज्वाई राजन दुवै अमेरिकामै MD गरेर डाक्टरी गरिराखेका छन् / उनीहरुसंग भेट हुन नसकेपनि तिर्थ काका काकिसंग भेट गर्यौ / वहहरु मेरो ससुरालीसंगको नातेदार हुनुहुन्छ / मेरो स्वास्थ्यकोबारेमा दुवैले सदा चिन्ता लिएको महसुस गर्छु मैले / तिर्थ काका नेपाल सरकारको राजस्व विभागको प्रमुखहुदै सचिब भएर रिटायर्ड हुनु भएको हो / वहा यस रिटायर्ड भैसके पछि आध्यामिक कर्ममा जुट्नुभएको छ / बिहान पुजापाठ , जपध्यानमा व्यस्त हुनु हुन्छ / वहासंग छोटो समयमा ध्यान बिधि र आत्म चिन्तनको बारेमा एकआपसका अनुभव साटासाट गर्यौ / हामी रिता रराजन आउँजेल पर्खिन सकेनौ / वहले बस्न आग्रह गर्दागर्दै हामि चिया खाएर शिकागो तर्फ लाग्यौ /
आज हामीले भेटघाट गरेर भ्याउनु बिचार गर्यौ / पहिलो रुटमा भेट इन्द्र क्षेत्रीसंग भेटने बिचारले वहालाइ फोन गरे / वहाले टेकआउट रेस्टुरेन्ट ब्यापार गर्नु भएको रहेछ / हामी त्यही गयौ । सानो चिटिक्क परेको ठाउमा थोरै मान्छे बस्न मिल्ने सफा सुग्घर फास्ट फुड रेस्टुरेन्ट रहेछ / किचन मा चार पांच जान खाना बनाउदै डेलीभरी गर्न प्याक गरिरहेका थिए / ति सबै नेपालि कामदार संग पनि भेट्यौ / वहाले हामीलाई नास्ता गराररै मात्र छोडदिनु भयो / इन्द्र क्षेत्री नेपालमा मेरो छिमेकी हुनुहुन्छ / वहा धेरै बर्ष करिब २५ बर्ष अगाडी डिभी परेर अमेरिका आउनु भएको हो / स्कुलमा म भन्दा सिनियर हुनुहुन्थ्यो / तर हामि साथी सरह छौ / वहाको श्रीमती बिरामी भएको खबरले हामि दुखि भयौ / किडनीको डैलेसिस गर्न नर्सिङ्ग होम मै राख्नु भएकोले भेटन सकेनौ / ट्रांसप्लांटको पर्खाइमा हुनुहुन्छ / हामीले वहाको स्वास्थको कामना गर्यौ र त्यहाबाट बिदा भयौ / पहिला पटक म शिकागो आउदा वहाले आबस्याक सरसहयोग जुटाउन मदत गर्नु भएको थियो /
त्यस पछि हामि टिकाराम पौड्याल दाइको भेटन गयौ / टिकाराम दाइ रमाकान्त खरेलका मामा हुनहुन्छ / रमाकान्त खरेल शिकागो बासि नेपालीमा जानेमाने नाम हो / रेस्टुरेन्ट व्यवसायमा सफल हुनुहुन्छ वहा /वहाको मामा पनी रेस्टुरेन्ट सेफ हुनुको साथै रेस्टुरेन्ट मालिक पनि हुनहुन्थ्यो पहिले / अहिले वहा पारालाइसिस भएर घरमै स्वास्थ्य लाभ गरेर बस्नु भएको रहेछ / शिकागो बस्दा वहासंगको भेटघाटलाइ यो भेटले अरु आत्मियता बढायो / वहाको हालखबर बुझेर र वहाको स्वास्थ्य लाभको कामना गरेर वहासंग बिदा भयौ /
रमाकान्त खरेल भान्जालाइ फोन गरेर हामि आउदै छौ भन्यौ / वहाले आफ्नै रेस्टुरेन्ट माउन्ट एभरेष्ट मा बोलाउनु भयो । हामि त्यहा पुग्यौ / रमाकान्त त्यहा हुनुहुन्थेन / त्यहि पर्खन भन्नु भयो / तर हामि लाइ पार्किङ्ग समस्या थियो / हामि त्यहाबाट निस्कियौ / वहा आफ्नो नयाँ रेस्टुरेन्ट रेड चिल्लिमा वर्कर नभएकोले त्यहा सहयोग आएको हो तपाइँ यहि आउनुस भएर बोलाउनु भयो / एक दुइ ब्लकमा रहेछ, गोपाल भान्जाको छोरा कपिलले पनि त्यहि रेस्तुरेंटमा काम गर्दा रहेछन / मेरा छोराहरुको सहपाठी भएकाले पनी भेटन खोजेका थिए / कपिल डालस आउदा हामि कंहा भेटन पनि आएका थिए / रमाकान्त भान्जा रेस्तुरेंटमा व्यस्त थिए / विकइन्डमा रेस्टुरेन्ट व्यस्त हुने पर्यो पनी, व्यस्त भएपनि हामीलाई भेटेर खुशी हुनु भयो / हामीलाई डिनर नखाइकन सुखै दिनुभएन / रेस्टुरेन्ट बिजिनेस हो भनेर छोराले बिल तिर्न जादा पैसा लिन पटक्कै मान्नु भएन / उसले वर्करको लागी टिप्स टेबल छोडेर हामि रमाकान्तसंग बिदा माग्यौ / रात परिसकेको थियो / करिब १० बजिसकेकोले हामि हिडन हतार थियो / रिता बैनीको जान गाडीमा करिब एक घण्टा लाग्थ्यो / रमाकान्त भान्जा बाहिरसम्म आएर भेटन आएकोमा खुशी अभिव्यक्त गर्दै बिदा गर्दै हुनुहुन्थ्यो / कपिल पनी त्यहि आए / रेस्टुरेन्ट बन्द हुने तरखरमा थियो /
रमाकान्त खरेल शिकागो बासि नेपालीमा जानेमाने नाम हो / रेस्टुरेन्ट व्यवसायमा सफल हुनुहुन्छ वहा / म पहिले शिकागो आउदा वहाकै ठेगाना लिएर आएको थिए / वहा कहा बसेको थिए / वहासंगको हाम्रो पारिवारिक सम्बन्धले नै आफन्त हुनुभएको हो / नेपालमा हाम्रो परिबारसंग आठो जोडिएको खेत्बाड़ी थियो / हामो बुवालाइ रमाकान्तको आमाले बा भन्नु हुन्थ्यो / त्यसैले पनी वहा दिदि र वहाका छोराहरु भान्जाको रुपमा प्रियपात्र हुनु भयो / हामि पनि वहाको लागि प्रिय मामा छौ आजसम्म । त्यहा बाट भान्जासंग बिदा भएर रिता बैनीको फर्कियौ । रात धेरै भैसकेको थियो । रेवा बैनीसंग भेट हुन नपाए पनी अमन ज्वाईसंग भेटने इक्षा थियो । त्यो पुरा भएन ।
बिहान उठ्यौ, आज हामीले शिकागो भिजिट सक्नु पर्ने थियो / भोलि बिहानैको फ्लाइटबाट हामि डालस आउन पर्ने हुनाले रिता बैनीलाई ब्रेक फास्ट बनाउने काम नगर्नु होला हामीलाई भन्यौ । त्यस दिन बैनीको ससुराको तिथि पनी रहेछ । बिशाल र बिनिशाले केहि खाएनन, मैले चाही सिरियल खाए र सिधै शिकागो डाउन टाउन तिर गयौ । सबभन्दा पहिले हामि शिकागो सबभन्दा अग्लो टावरमा चढने बिचार गरेर त्यहाको एड्रेस जिपिएसमा लगाएर लाग्यौ ।टावरको नजिकै सशुल्क पार्किङ्गमा गाडी राखेर शिकागोको प्रमुख आकर्षक टावरमा टिकट लिएर प्रबेस गर्यौ । म २००२ मा आउदा यो टावरको नाम सिएर्स (SEARS TOWER ) टावर थियो । अहिले यसको नाम परिबर्तन गरेर विलिस टावर (WILLIS TOWER ) बनाइएको रहेछ । सन् १९७४ देखि १९९८ सम्म यो टावर संसार कै अग्लो बिल्डिंग थियो / १४५० फिट अग्लो यो टावर सन् २०१४ भन्दा अगाडी पनी यो टावर अमेरिकाको सबभन्दा अग्लो टावर मानिन्छ / यो १०८ तला भए पनि अबजर्वेसन डेक १०३ तलामा छ । हामी लिफ्टबाट एकैछिनमा १०३ तलामा पुग्यौ । आज शिकागो मौसम सफा छ थियो । चारै तर्फबाट शिकागो शहर स्पष्टसँग देखिएको थियो । यो टावर चढेर हेर्न सबैको इक्श्छा हुदो रहेछ । ठुलो लाइन थियो । माथि पुगे पछि चारै तिरको दृश्यलाई क्यामेरा कैद गर्न हामि पनि व्यस्त भयौ । त्यहा भएका आन्तरिक पर्यटक पनी व्यस्त थिए । पहिला थिएन, अहिले ४ वटा ग्लास डेक थपिएको रहेछ । हेङ्गिङ्ग ग्लास क्याबिनमा पसेर सिटीको तल र अगाडीका दृश्य कैद गर्न सकिने रहेछ । केहि त्यो डेक्मा उभिन डराएर थुचुक्क बस्दा रहेछन । यो पनि एक रोमान्चकारी थियो । हामीले पनी त्यो दृश्य कैद गर्यौ । त्यो टावरबाट शिकागो शहरको आकर्षक स्थानहरुलाई देख्न सकिने रहेछ । पुग्न नसकेको स्थानलाइ त्यहीबाट नोट गर्न सकिन्थ्यो ।
टावरबाट ओर्लेपछि नजिकको मेट्रो स्टेसनमा गयौ / त्यो अन्डरग्राउण्ड रहेछ । केहि खान पर्यो भनेर त्यहा छिर्यौ । पिजा र स्टारबर्गको कफी खाएर फेरी हामि मिलियम पार्क तर्फ वाकिंग गरेरै त्यहा पुग्यौ । शिकागो शहरको मुटुमा रहेको यो पार्कमा यहाको आकर्षण आर्ट कलेक्सन अफ आर्किटेक्चर, लेन्ड्स्काप डिजाइन, कल्चर लाइभ कन्सर्ट र एना जस्तै टल्किने मिलियम गेट र पार्कमा फुलेका फुल आदि मानिसका भीडसंगे रमाएर बस्यौ । उता लाइभ कन्सर्ट चलिरहेको थियो । एउटा संगीतमय बातावरण लेकको चिसो हावाले पनि हामीलाई आनन्दित बनाइरह्यो । धेरैबेर त्यहाको मनोरममा रमेर हामी करिब १० मिनेटको बाटो हिडेर गाडी पार्किङ्ग गरेको ठाउमा आइ पुगियो / शिकागो भ्रमण टुङ्ग्याउदै साँझको डिनरको लागी जेठी बुहारीको आन्टी शोभा ज्ञवालीको अपार्टमेन्ट तिर अगाडी बढ्यौ । वहाको बसाइ डाउन टाउन देखि १५ मिनेट लाग्दो रहेछ । नाताको हिसाबले मैले सम्धिनी भन्न पर्यो । वहाको श्रीमान् गोबिन्द घिमिरेजीले हाम्रै प्रतीक्षा गरेर बस्नु भएको रहेछ । सिटीमा पार्किङ्ग पाउन गारै हुने, त्यसैले केहि छिनकोलागी साथीको पार्किङ्ग माग्नु भएको रहेछ / हामीले त्यसै पार्किङ्ग स्थलमा गाडी पार्किङ्ग गरेर वहाको अपार्टमेन्टमा गयौ । हाम्रो भेट पहिलो चोटी भएको थियो । शिकागो आउने थाहा पाए देखि हाम्रैमा बस्न आउन पर्छ भनेर ताकेता पनी गरिरहनु भएको थियो । तर हामि त्यहा बस्न जान सकेनौ । भेट त जसरि पनी गर्ने पर्थ्यो हामीले वहाहरुलाई / वहाँको अपार्टमेन्टमा पुगेर चिनजान र भलाकुसारी गरियो । वहाहरु २ छोरा रहेछन, ठुलो बाबुले १२ पढ्दै गरेको हामीलाइ उनले पनि स्वागत गरे नमस्कार गरे बोले । हामीलाई खुशी लाग्यो । अमेरिकामा प्राय: नेपालीका छोरा छोरीले बाबु आमाका साथी आफन्तसंग नजिक नपर्ने नेपाली बोल्न नजान्ने जस्तो गर्ने, बोल्न नखोज्ने गर्दछन ।
हाम्रा मित्र डोलराज न्यौपानेजी पनी त्यहि आउनु भयो । वहासंग फोनमा कुरा भएको थियो । शिकागो आए पछि मलाइसंग भेटन त पर्यो भन्दै हुनुहुन्थ्यो । डोलराजजी अमेरिका आएको धेरै बर्ष भयो । धेरै बर्ष लगाएर आफ्ना सबै छोरा छोरी अमेरिका ल्याउनु भयो । वहाको एक छोरा र पाँचवटी छोरी अब बिबाह गर्न कान्छी छोरी मात्र छिन उनि नर्सिङ्ग पढ़दै छिन सबै कता कता, वहा अहिले आफ्नी छोरी कहा बस्नु हुदो रहेछ । श्रीमती नेपालमा , छोराको पढाइ सिध्दिएर कता बस्ने हो अझ निधो नभएकोले घर किन्न सकिएन । भन्दै हुनुहुन्थ्यो । पाल्पाको सम्पति बेचेर काठमान्डौमा घर लिइसकेको हुदा आधा नेपाल आधा अमेरिका बस्ने सोचाइ रहेछ र छिट्टै नेपाल जादै हुनुहुदो रहेछ । अमेरिकाको काम बाट रिटायर्ड भएकोले वहाको आउने सोसल सेकुरिटीको पैसाले वहालाइ मनग्ने पुग्छ । वहासगै सबैले साझमा नै डिनर खायौ । हामी पनी साँझमा खाना छिट्टै खाने गर्छौ । वहाको अपार्टमेन्ट लेक साइडको नजिक भएकोले खानाखाइसकेपछि लेकसाइड घुम्न निस्कियो । गफगर्दै एक छिन लेकसाइड शितल हावामा कावा खादै फर्केर गोबिन्दजी र शोभाजीसंग बिदा भएर डोलाराजजीलाइ लिएर हामी फर्कियौ । रिता बैनीको जाने बाटोमा पर्ने हुनाले डोलराजजीलाई वहाको घरमा पुर्यायौ । एक छिन बसी फेरी केहि घरायसी कुरा गरेर रिता बैनीकोमा राति अबेर पुग्यौ ।
रिता बैनी र ज्वाई हामीलाई कुरेर बस्नु भएको थियो । भोली बिहानको फ्लाइट थियो । ६ बजे त्यहाबाट हिडीसक्नु पर्थ्यो । अबेरसम्म घरायसी गफमा गफियो । बैनीले हामीले तपाइलाइ राम्रोसंग खुवाउन पाइएन भनेर गुनासो गर्नु भयो । हामीले खाना खाने चक्करमा बैनीको घरमा बसेको भए हामीले यति छोटो समयमा शिकागो भ्रमण र भेटघाट सम्भव थिएन । हामीलाई बैनिले गरेको माया सद्भाव अतुलनीय छन । वहाले गरेको आतिथ्य र आत्मीयता अबर्णनिय छ । आज पनी धेरै रात परिसकेको हुनाले अमन ज्वाइसंग भेट्न अनुकुल परेन ।
बिहानै उठेर नुवाइ धुवाइ गर्यौ । बैनी र ज्वाईसंग बिदा मागेर एयर पोर्ट जान तयार भयौ । वहाले चिया नखुवाई छोड्नु भएन । अनि यो रमाइलो भेटघाट र बसाइलाई टुंग्याएर बैनी र ज्वाइसंग बिदा भै एयरपोर्ट तर्फ लाग्यौ । शिकागोको ओहारे एयर पोर्ट बाट ८.३० बजेको फ्लाइट थियो डालसको लागि । गाडी रेंटल कम्पनीलाई बुझाएर सटल बसबाट टिकट काउन्टरमा गएर लगेज बुझायौ । सेक्युरिटी चेकिङ्ग सकाएर वेटिंग कक्षमा बसेपछि लाइन लागेर प्लेनमा बोर्ड भयौ । यसरी हामी २ घण्टाको फ्लाइटपछी डालस एयरपोर्ट उत्रेपछि शिकागोको यात्रा समाप्त गराइयो ।
अन्तमा शिकागो बसाइमा( ०९/१२/२०१९- ०९/१५/२०१९) हामीलाई दिएको माया आतिथ्यको लागी बैनी रिता र ज्वाई अजयलाई हार्दिक धन्यबाद छ । त्यस्तै मेरा मित्र पदम केशी, इन्द्र क्षेत्री, टिकाराम दाइ, रमाकान्त भान्जा, सम्धिनी शोभा ज्ञवाली , गोबिन्द घिमिरे र डोलराज न्यौपानेजी समेतले हामीलाइ गरेको आतिथ्य र समयको लागी आभार व्यक्त गर्दछौ ।

०९/२१/२०१९
डालस

Leave a Reply