मे १७,२०१७, छोरी बन्दनाले पटक पटक फोन गरेर हामीलाई बोलाइरहिन | लक्ष्मी र म ज्वाई छोरीको आग्रहमा हामि लगाडिया एयरपोर्ट न्युयोर्क बाट डालस स्प्रिट एयर फ्लाइटबाट डालस करिब साढे तिन घण्टामा डालस अन्तराष्ट्रिय एयरपोर्ट ओर्लियो |प्रवेश ज्वाइसाहेव हामीलाई एयरपोर्ट लिन आउनु भयो | करिव ४५ मिनेट को ड्राइभपछी वहा बसेको घरमा आइपुगियो | छोरी बन्दना ब्यग्रतासाथ हाम्रो प्रतीक्षामा थिइन् | लक्ष्मी भने नातिलाई कति खेर काखमा राखी म्वाई खान लालायित थिइन् | हुन् पनि किन नहुनु आफ्नै काखमा जम्निएको र ढाई बर्षसम्म आफुले स्याहेरेर हुर्काएको नाति | ज्वाइको जागिर टेक्सासमा भएकोले पनि छोरी बन्दना आफ्नो मास्टर डिग्री सिध्दाएर अब टेक्सासमा सेटल हुन पर्ने अबस्था आएको थियो | न्युयोर्कमा बन्दनाले पढाइको साथ् साथै नोकरी गर्न समेत भ्याइकी थिइन् | नातिलाइ हामीले हेरविचार गर्ने भएकोले बन्दनालाई छोराको हेरविचार कुनै चिन्ता लिनु पर्थेन | न्यु योर्कमा सार्बजनिक सवारी साधन प्रयाप्त भएकोले छोरीले ड्राभिंग लाइसेन्स लीकी थिइनन् | बाहिर जान पर्दा हामिसबैको लाइसेन्स थियो नै उसलाई न अफिस जादा गाडी चाहिन्थो न त बाहिर जादा, अब टेक्सासमा ढोका बाहिर जाने बित्तिकै गाडी चाहिन्छ | बन्दनाले गाडी सिकिरहिकी छिन अहिले | पढे लखेको मान्छे घरमै भात पकाएर बस्नु पनि भएन | आफ्नो हैसियतको जागिरको खोजि गर्न आबस्याक पनि छ | नाति सानो छ | घरमा सासु ससुरा भएको भए पनि उसलाई खास चिन्ता हुने थिएन | वहाहरु नेपालमा भएकोले र तत्काल यहा आउन नसक्ने भएकोले काममा जान काम खोज्न अफ्ठ्यारो परेकै छ | सम्धीका दुइ छोरा दुवै छोरा अमेरिकामा छन अझ यहि टेक्सासमा छन | जेठो छोरा मेरो ज्वाई हुनुहुन्छ | आफ्नो छोरी ज्वाइको राम्रो होस् भन्ने जो कोइ बाबु आमाको इच्छा हुन्छ | छोरी बन्दना हामीलाई छोडेर अलि टाढा गएको अहिले नै हो, स्थाईरुपमा ।
नेपालमा हुने खाने परिवारले आफ्नो सन्तानलाइ आफ्नो बल्बर्गतले भ्याएसम्म राम्रो शिक्षा दिलाउने र पढनलाइ विदेश पठाउने प्रचलन अलि बढी नै छ | छोरा छोरी अमेरिका वा अष्ट्रेलिया आए पछी नेपालमा फर्कन कोइ चाहदैनन् | विदेश बस्ने कानुनि कागजात बनाउन भरमग्दुर प्रयास गरेर भए पनि बस्न नै चाहन्छन | नेपालमा बस्ने बाबु आमाले पनि छोरा छोरी अमेरिकामा छन् भनि समाजमा इज्जत थपिएको सम्झने मनोभावना बढी नै छ | हालाकी आफुले हुर्काएका छोरा छोरीले आफुलाई कुनै महत्व नदिएको र आफूबाट धेरै टाढा भएकोमा अन्तरात्माले बुझे पनि गुनासो गर्ने ठाउ छैन | कोइ पनि मान्छे, समाजसंग लडन सक्छ, गरिबी संग लड़छ, हरेक मान्छे संग लड्छ तर आफ्ना छोरासंग लडन चाहन्न | हरेक बाबुआमाले कसैसंग हार्न चाहन्न तर आफ्ना सन्तानले आफुलाई जितेकोमा खुशी हुन्छन | छोरा छोरीसंग हार्न सहश्र स्वीकार्छ | यो प्राकृतिक नियम होला पनि | बाल्यकालमा जति आमाबाबुको आबस्याकता हुन्छ त्यति नै बुढेसकालमा छोराछोरिको हुन्छ भन्ने कुरा समझदार छोराछोरीको भयो भने मात्र एउटा आदर्श परिवार बन्दछ भन्ने मलाइ लाग्छ | मैले यो कुरा आफ्ना सन्तानलाई सधै भन्ने गर्छु | बुहारीलाई छोरीको मान दिन सकिएन भने पनि आफ्नो स्थान बनाउन सकिने छैन | आफु रिटायर्ड भैसकेपछी आफ्नो जिम्मेबारीलाई छोराछोरीमा स्वत जान्छ | जिम्मेबारी दिनै पर्छ | यसको मतलब सबै सम्पत्ति हस्तान्तरण गर्न पर्छ भन्ने होइन | बाबु आमाले आफ्ना छोरीलाई सक्षम बनाउने हो सम्पत्ति हस्तारण गर्ने होइन, सम्पत्ति हस्तान्तर गरेका कयौ बाबुआमाले पछुताएको घटना छन, त्यसैले पनि यसो गर्नु हुदैन भन्ने मेरो मान्यता छ | भोलिका दिन कसैले देखेको हुदैन ! घरपरिवार चलाउने दायित्व दिनै पर्छ आफ्ना छोरा छोरीलाई | बाबुआमा पनि समय सापेक्ष भएर सन्तानकै अनुकुल भैदिदा सबैलाई राम्रो हुने, र आफुले पनि सुख पाइन्छ भन्ने मेरो अनुमान छ | हरेक कुराको अडंगा लगाउदा आफ्नै सन्तानलाई पनि चित्त नबुझ्न सक्छ ! आफुले पाउने सम्मानमा कमि आउन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ | म पनि यहि अबस्थाबाट गुज्रिएको छु | वर्तमान त ठिक छ, भविष्यमा के हुन्छ त्यो कसैले पनि यसै हुन्छ भन्न सकिदैन | यो डालसको नियात्रा लेख्न थालिरहेकै बेला मनमा यस्ता तर्कना आउन थाल्यो । हैन मलाइ पनि बुढेस लाग्न थालेको त हैन ? घर ब्यबहार, भेटघाट त छदै छ यसलाई अझै नियात्रा कै रुपमा स्मरणीय गराउन मन लागेर यसो यादगार समेटन खोजेको मात्र हो ।
आएको दिन छोरी ज्वाइसंग भलाकुसारी गरि खाना खाइवरि सुत्यौ ।
दोश्रो दिन हामि बिहान पार्कमा यताउति घुम्यौ, | साझपख नजिकैको ग्रोसरी स्टोरमा गइ रासन पानि किन्ने काम भयो | हाम्रो नाति आँखाको तारा नै छ उसै संग खेली रमाएर बिताउने काम गरियो | अर्को दिन पनि ज्वाइको छुट्टी थिएन सुक्रबारको दिन अफिस जादा हामीलाई गेलेरिया मलमा पुर्याइ दिनु भयो | दिनभरी हामीहरु बन्दना नाती, लक्ष्मी र म कफी पिउदै मल भरि डुल्यौ हेर्यौ मल धेरै ठुलो रहेछ | घन्टौसम्म चाइल्ड प्लेयर पेलेसमा नातिलाई खेलायौ | उ खेलेको उफ्रेको दौडेको हेरेर बितायौ | आइस स्केटिंग पनि त्यहा रहेछ , स्केटिंग हेरी आनन्द लियौ पनि | त्यहि घुमिरहेको बेला सदिक्षाको फोन आयो | त्यसैदिन प्रबेस ज्ञवालिको बैबाहिक बर्षगांठ परेको रहेछ | उनले हामीलाई साझ प्लेनोको एक इन्डियन रेस्टुरेन्ट डिनरका लागि निम्ता आयो | हामिले रेस्टुरेन्टको ठेगाना पठाइदेउ भने, भैरहवाको सुनौली निवासी दिपक शर्माजीको घर पनि छोरी ज्वाइको अपार्टमेन्टको नजिकै रहेछ | वहासंग फोनमा भलाकुसारी गर्यौ | दिपक दाइ एक भद्र व्यक्तित्वशालि व्यक्ति हुनुहुन्छ | वहालाई मैले नेपाल हुदाखेरी नै चिन्दथे | वहाको चार छोरी छन्, सबैको बिबाह भैसकेको र नाति नातिना समेत भैसकेका छन् | वहाको कान्छी छोरी सदिक्षाको बिबाह, दुगेंद्र ज्ञवाली दाइको छोरा प्रवेश संग भएको हो | दिपकदाइ डुगेंद्र दाइको नाता मात्रै नभएर वहा एउटा असल साथीभाई पनि हो | प्रबेस स्टुडेन्ट भिषामा पढन अमेरिका आएका थिए | सदिक्षासंग पनि भैरहवाको स्कुलमा संगै पढेका रहेछन् , हुन् त उनि हाम्रा छोराछोरी पनि संगै पढेका साथीहरु हुन् | सजोगले प्रवेश र सदिक्षाको लगन गाँठो गासिन पुग्यो | प्रबेस ब्यापारी बनेका छन् |आफ्नै घर, दुइ चार वटा मोबाइल स्टोर बनाएका छन् | ज्वाई अफिसबाट फर्कदा हामीलाई लिन आउनु भयो | त्यसपछी प्रवेशले हामीलाई सनडान्स स्क्वायरमा घुमाउन लैजानु भयो | डालस को फोर्ट वर्थको डाउन टावनमा पर्ने सनडास स्क्वायर पर्यटकिय हिसाबले प्रख्यात रहेछ | ठुला महलको बिचमा ठुलो चोक छ | त्यहा पानीका फोहरा र छेउमा गार्डेन र वरिपरी बटिक्युट, रेष्टुरेन्ट , आर्ट ग्यालेरीहरु र सपिंग सेन्टरहरु रहेका छन् | त्यहाको सन्ध्या समयमा त्यहाको मनोरम दृश्याबलोकन गरिरहेकै बेला सदिक्षाले ठेगाना पठाइन | हामि त्यहाबाट घर फर्केपछी हामि उनीहरुको एनिभर्सरी पार्टीमा सम्मिलित हुन् रेस्टुरेन्टमा पुग्यौ | त्यहा दिपकजीको सम्पुर्ण परिवार छोरी ज्वाई नातिनातिनाहरु हाम्रै प्रतीक्षा हुनुहुदोरहेछ | हामि जाने बित्तिकै एपिटाइजर खादै दिपकजी संग भलाकुसारी गर्यौ | प्रबेस र सदिक्षालाई दाम्पत्य जिबनको सुभकामना दियौ | वहाहरुको सुखद पारिवारिक भोजमा सरिक बनाएकोले वहालाई धन्यबाद छ, भन्दै हामि फेरी भेटने बाचा गर्दै त्यहाबाट बिदा भयौ | रात धेरै बिती सकेको थियो | कोठामा आइ सुत्यौ |
आज सनिबारको दिन निषेधबाबु र रजनी दाजुलाई भेटन आउने दिन परेको रहेछ | निषेधबाबु प्रवेश ज्वाइको एकमात्र भाइ हुन् भने रजनी बुहारी हुन् | निषेध अहिले अस्टिनमा काम गर्नुहुन्छ भने रजनीले फिजिसियन एसिस्टेन पढ्दै छिन | उनीहरु आए पछी हामीले खाना खायौ र उनीहरु समेत भएर हामि ड़ालास डाउनटाउनको क्लिड़े वारेन पार्क घुम्न गयौ | ठुला महलको बिचमा ब्यबस्थित हरियाली पार्क रहेछ | दुवै लहरमा रुख लगाएको र रुख मुनि कुर्ची र टेबल राखिएको छ | सडकको किनारामा लस्करै फुड ट्रकले खाने कुरा बेचिराखेका थिए | छेउमा बालबालिका लाइ खेल्ने पार्क रहेछ | पार्कमा लाइब्रेरी समेत रहेछ | पत्रपत्रिका र बुक पढनेको लागि सेढ बनाइएको रहेछ | छेउमै पानिका फोहोरा मा खेलेका बालबालिका मनोरम दृश्यहरुलाई केहि फोटोमा कैद गरियो | ओपन रेस्टुरेन्ट र ओपन बियर पिउन पाइने पार्क रहेछ | रुखको छहारीमा बसेर पर्यटकहरुले बियरको चुस्की लिएर बसेको र आनन्दित भएको देखिन्थ्यो |त्यहाबाट फर्कने क्रममा हामीलाई बलर हाउस लिएर जानु भयो | केहि क्षण त्याहा हामीले बलर खेल्यौ | | त्यसपछि हामी नजिकै रहेको नेपालि फिस टेल रेष्टुरेन्टमा गएर रातको डीनर खायौ | अनि घर फर्कियो |
अर्को दिन निषेध बाबु र रजनी फर्कने हुनाले वहाहरु फर्कने तयारि गरिरहदा नया घर निर्माण भैरहेको प्लट हेर्न जाने कार्यक्रम बन्यो | ज्वाईले घर किन्न खोजिरहनु भएको रहेछ | त्यहाबाट हामीलाई नया घर बन्दै गरेको ठाउमा लियर जानु भयो | त्यहा निर्माण भैरहेको मोडेल घर हेरियो | घरको मोडेल हामीलाई पनि मन पर्यो | तर घर त्यहा नभएर अर्को नया प्लटमा निर्माण गरेर दिने भनेर कन्ट्राक्टरको एजेन्टले भन्यो | नया प्लटमा बन्ने घरकै नजिक सीमेन्ट्री (मसान घाट) रहेछ | त्यसकारणले ज्वाइलाइ हामीले यस एरियामा घर किन्न सल्लाह दिएनौ | त्यसपछि निषेध अष्टिन तर्फ जानु भयो | रजनी भने उनले पढने कलेज तर्फ लागिन | हामी घरमा आएर अर्विन जाने तरखर गर्यौ | अर्विनमा भतिज पवनको श्रीमतीको बेबी शावर कार्यक्रम रहेछ | भतिजी मना र महेस ज्वाई उक्त कार्यक्रमको प्रायोजित रहेछन | त्यहा पुगेपछी मेरो भान्जा दाइको छोरी सिता र ज्वाईसंग पनि भेट भएर भलाकुसारी गरियो | जिबन पनि अहिले डालसमा बस्न र पढन थालेको छ | उ संन्ग भेट नभएको धेरै भैसकको थियो | मित्र लक्ष्मण घिमिरेजी छोरी सुलोचना र ज्वाई संग पनि त्यही भेट हुन् पाइयो | बेबी शावरको एउटा रमाइलो गेदरिंग पार्टीमा सहभागी भएर खुशी साटा साट गर्न पाइयो | धेरै समयसँग यी आफन्तसंग भेट हुन् पाइएको थिएन | रातिसम्म रमाएर कोठामा फर्कियो | मे २३ मा नाति प्रबनको बर्थ डे परेकोले छोरी ज्वाईले एउटा पारिवारिक भेटधाट भोजको कार्यक्रम राखिएको थियो | नातीको ३ बर्शको बर्थ डे पार्टीमा केक काटेर मनाइ दिइयो | बिशालले गितार पठाइदिएको थियो | जिबनले स्कुटर, मैले सानो साइकिल, जज, र उसकी श्रीमती, मना, महेस ज्वाईले ल्याइदिएको गिफ्ट पाएर नाति प्रबन असाध्यै खुशी भयो | जज बिबाह भएर हामीले नया बुहारीको मुख हेर्न बाकि थियो | लक्ष्मीले दुबैलाई टिका लाएर मुख हेर्ने कार्यक्रम पनि यहि कार्यक्रममा गरियो | यो कार्यक्रम गरेर रमाइलो भयो नाति पनि धेरै खुशी भयो |
यो साताको सनिबार ज्वाईले हामीलाई अर्कान्सस घुमाउन लैजाने कार्यक्रम बन्यो | त्यहा मेरा अनन्य मित्र रामचद्र रेग्मीजिको छोरी रश्मिता, ज्वाई शुशिलले स्थाई बसोबास गरेर बसेका छन् | छोरी रश्मिता बन्दना छोरीको साथि पनि हो | हामीलाई बस्ने गरेर आउनलाइ आग्रह पनि गरेकोले हामि त्यहा जाने कार्यक्रम बनायौ | रामचन्द्रजी म न्यु योर्क आएपछी मित्र नामलालजीले मलाइ रामचन्द्रजी संग चिनजान गराइदिनु भएको थियो | त्यसपछि म वहाको अपार्टमेन्टमा एउटा कोठा लिएर बस्न थालेको थिए | त्यसपछि म पनि पारिवारिक सदस्य जस्तै हुन् पुगे | वहाको ससुराली पनि अर्याल नै भएकोले वहाको श्रीमतीलाइ मैले बैनी भन्ने गरेको छु | वहाले हरेक घरायसी कार्यक्रममा म संलग्न भएकै छु | रश्मिता र शुशिलले पनि हामीलाई सम्मान गर्नुहुन्छ | यो सम्बन्ध निरन्तर बनिरहेको छ | हामि डालसबाट बिहानको नास्ता गरेपछि अर्कन्ससको प्रस्थान गर्यौ | टेक्सार्काना पुगे पछी लन्च गरियो | अर्कन्सस पुग्नु अगाडी अमरिकी ४२ औ राष्ट्रपति बिल क्लिनटनको जन्म थलो पर्ने रहेछ | उनि अमरिकाको अति नै चर्चित राष्ट्रपति हुन् | उनको जन्मस्थलमा पुग्न म पनि इच्छुक थिए | क्लिन्टनले आफ्नो बायोग्राफी लेखेका छन् | तर मैले पढेको छैन | अब उनको जिबनी पढने निधो गरेको छु | अझ उनको जन्म स्थल पुगेपछि अझ इच्छुक भएको छु | उनि अर्कान्ससको एउटा सानो गाउ होप (hope) भन्ने ठाउमा भएको हो, हामि त्यहि ठाउमा पुग्यौ | उनि अगस्त १९, १९४६ मा आमा भर्जिनिया ब्लिथबाट जन्मेका हुन | उनि जन्मनु भन्दा ३ महिना अगाडी उनका बाबु कार एक्सिडेन्टमा मरेका थिए | त्यसैले उनको बाल्यकाल उनको मावली हजुरबुबाको घरमा पालिएका थिए | उनको बस्ने कोठा, उनको हजुर बुबा र आमाको कोठा भान्छा आदिमा घुम्यौ | उनि एउटा गर्भे टुहुरा रहेछन | त्यसैले पनि उनको जिबनी र संघर्षमय जिबन र विश्वको एउटा सम्पन्नशालि देशको सर्बोच्च पद पुगेर अमेरिकन इतिहासमा अन्त्यन्त सफल कार्यकाल बिताएका राष्ट्रपति हुन् | त्यहाबाट हामि अर्कन्सस राष्मिताको घरमा गयौ | बाटोछेउमा हरियाली जंगल र जंगल कै बिचमा सानो बस्ति सफा एक तमासका घर मध्ये छेउको दोश्रो घर उनको रहेछ | हामि त्यहा आउने र त्यही समयको प्रतीक्षामा वहाहरु हुनुहुदो रहेछ | हामीलाई वहाहरुले बढो आत्मीयताको साथ घर भित्र लिएर जानु भयो | रश्मिता शुशील र उनका सानो छोरा, छोरा माथिकी एक छोरी र शुशिलाका बुबा उदय सुबेदीलाइ त्यहा भेट्यौ | शुशिल्का बुबा नेपालमा काली गण्डक प्रोजेक्टका रिटायर्ड इन्जिनियर हुनुहुदोरहेछ | एकै छिन कुरा कानी गर्यौ संच बिस्नाचका बारेमा कुरा भए | सुशील र रष्मितासंग बेला बेलामा भेट भएकै थियो | सुशील दशैँमा ससुराल टिका लगाउन जादा हामी कहा आउन बिर्सनु भएको छैन | ज्वाई छोरी शुशील र रर्श्मितासंगै उमेर अनुसारकै कुरा मिल्ने र पेशा जागिर एकै फिल्डको भएकोले पनि उनीहरु घनिष्ट छन् | म भने उदयजी संग भलाकुसारीमा बढी नजिकिए | यतिमा नै राष्मिताले नास्ता तयार गरैसकिकी रहिछिन | अनि हामि सबैले नास्ता खायौ | साँझ पर्न आँटेको पनि थियो | हामीले शुशीललाइ भन्यौ | तपाइले हामीलाई कहा घुमाउन लग्नु हुन्छ ? लैजानुस भन्यौ र वहाले हामीलाई बिग ड्याम ब्रिज लैजानु भयो | हरियालीको बिचबाटोबाट अर्कन्सस रिभरको पुल पार गरेर हामि त्यस इलेक्ट्रिक प्रोजेक्ट को बिग ड्याममा पुग्यौ | कार पार्किंग गरेर हामि नर्थ अमेरिकाकै बाँध माथिको सबभन्दा लामो पैदल मार्ग र साइकिल मार्गमा हामिले पैदल यात्रा गर्यौ | करिब ४२२६ फिट लम्बाई रहेछ | यो बिग ड्याम ब्रिजको कनेक्सनमा रहेको १४ माइलभन्दा लामो रिभर साइड सिनेरी ट्रेल्स( scenic riverside trails)
रहेछ | हामि पुरै घुम्न त सकिएन तर ड्यामको माथि पैदल यात्रा गरि त्यहाको गोधाली साझको प्रकृति छटालाई नियाल्यौ | अन्त्यन्त रमणीय प्रकृति स्मृतिमा राखेर सम्साझ हामि उहाको घरमा फर्कियौ | खाना खाइवरी अबेरसम्म नेपालको स्थानीय चुनाबको नतिजाको बारेमा उदयजिसंग बिश्लेशण गरेर बस्यौ | अनि हामि सुत्यौ |
अबेरसम्म सुतिएछ | बिहान उठी नुवाई धुवाई गरेर नास्ता गर्यौ | शुशिलले हामि त्यहाबाट नजिकको पिनाकल माउन्टेन पहाडमा हाइकिन गर्न लैजानु हुने भयो र त्यहाको स्टेट पार्कमा रहेको र बिग ड्याम ट्रेलसंग कनेसन छ र त्यस ड्यामबाट हेर्दा सोली घुप्टाएको जस्तो देखिन्छ | त्यस पहाडको नाम पिनाकल माउन्टेन हो | यो करिब १०१० फिट अग्लो रहेछ | यसलाई १०भागमा बाडिएको रहेछ | दशौ लेबलमा पुगे पछी पहाडको टाकुरामा पुगियो | त्यहाबाट देखिने नदि पहाड र हरियाली साच्चै नै सुन्दर थियो | त्यतिधेरै उकालो चढेर टाउरामा पुगेपछि सबै थकान मरेर गयो र मनमा एक स्वर्णिम आनन्द आयो | मैले यसरी कहिले पहाड चढेको थिइन् | यो hiking एउटा अबिस्मरणीय बन्यो | माथि पुगेर केहि फोटो खिच्यौ | उकालो चढन उदयजी राम्ररी साथ् दिनु भयो | लक्ष्मी र रश्मिता लाइ खास गारो भएन | मलाइ र बन्दनालाई भने अलि सारो नै पर्यो | बिस्तारै माथि पहाडबाट झर्यौ | अनि फेरी राष्मिताको घरमा आयौ | खाना बनाएर सबैले खाना खायौ | केहि बेर आराम गरेर हामीलाई अर्कन्ससको प्रख्यात हट स्प्रिंग टावरमा गयौ | करिब डेड घण्टाको ड्राइभिन्गपछी हामि त्यहा पुग्यौ | दुइ पहाडको खोचमा एउटा सानो बजार र होटेलहरु एकातर्फ र अर्को तर्फ तातोपानि नुहाउने ब्यबसायिक घर र स्पा र रेष्टुरेन्टहरु रहेछन | त्यहि बजार हुदै वन वे बाटोबाट हामि गाडीबाटै टावर भएको स्थलमा पुग्यौ | एसैसंग हट spring नेसनल पार्क र ओचिटा पहाड अबस्थित रहेछ | त्यहाको स्नायीय बासिन्दाको पनि यस तातो पानीमा नुहाएर आफ्ना सरिरका रोग नास हुन्छ भन्ने धारणा रहेछ | बिबिन्न स्थानबाट आएर होटेलमा बसी तातो पानीमा उपचार गर्ने रहेछन | कतिपय मानिसले त्यहाको तातो पानि पिउनाले सरिरलाई फाइदा गर्छ भनि भाडामा पनि थापेर लगेको पनि देखिन्थ्यो | हामि टावरसम्म पुगेर त्यहाबाट देखिने प्राकृतिक मनोरम दृश्यलाई क्लिक गर्यौ | कतिपय मानिसहरुले त्यो पहाडमा hiking गर्दा पनि रहेछन | कारमा त्यहा पुग्नु भन्दा हिडेरै पुग्नुमा अर्कै मजा हुने हुनाले पनि त्यहाका मानिस त्यसो गर्ने रहेछन | त्यहाबाट हाम्रो टोलि झिमिक्क साझ परिसकेको हुनाले फर्कियौ | फ र्किदा रष्मिताको साथि उषाको घरमा पुर्याइन | यिनका घरमा साथीभाई जम्मा भएर विकइन्ड मनाइरहेका रहेछन | उषा रश्मितासंग हामीकहा न्युयोर्क आइकी थिइन् | हामि पुगेपछि उनीले पनि हामि देखेर खुशी भइन | एकैछिन भलाकुशारी गर्यौ | मोमो पाकेको रहेछ | त्यो हामीले पनि खायौ | उषाको घरमा भैरहवा माइत हुने सुस्मा अधिकारि संग भेट हुन् पुग्यो । उनिले बन्दनालाई चिन्दी रहिछन । उनको बुबालाइ पनि मैले देखे जानेको मान्छे हुनुन्हुन्थ्यो । हामीसंग भेटेर उनि पनि धेरै खुशी भइन । त्यहाबाट बिदा भै रश्मिताको घरमा गयौ | आज राष्मिताको बर्थ डे परेको रहेछ | राति घरमा आएर बर्थ डे केक काटेर रष्मिताको जन्मदिनको शुभकामना दिने शुभ कार्यमा सहभागी भयौ | अनि सुत्यौ ।
आज हामि अर्कन्ससबाट फर्कने कार्यक्रम थियो | साँझसम्म डालस आइपुग्न पर्ने नै छ | हामिले रश्मिताको घरमा बिहानको नास्ता खाइवरी वहाहरु उदयजी, शुशीलजी र रश्मितासंग बिदा भयौ | यहाबाट हामि अर्कंससको लिटल रकको क्लिन्टन फाउन्डेसनको म्युजियम लाइब्रेरीमा गयौ | क्लिन्टनको जन्मदेखि अहिलेसम्म गरेका काम अनेकौ सकारात्मक कामहरुलाई उजागर गर्ने एतिहासिक सामाग्री राखिएको थियो | १५ मिनेटको क्लिन्टनको बारेमा बनाइएको एउटा डकुमेन्ट्री शो हेर्यौ | क्लिन्टन लाइब्रेरी म्युजियमलाई क्लिन्टन फाउन्डेसनले ब्यबस्थित गरेको रहेछ | हामि त्यहाबाट डालस तर्फ हानियौ | हाइ वे को बिचको टेक्साकाना पर्ने ठाउमा पसेर पिजा खायौ र हामि डालस तर्फ लाग्यौ | साझ हामीलाई कृष्ण ज्ञवाली दाइले खाना खान बोलाउनु भएकोले हामि वहाको बासस्थानतिरै लाग्यौ | साझ वहाको घारमा खाना खाइवरी भाउजु वहाकी छोरी र नातिसँग बसेर भलाकुसारी गर्यौ वहाको स्वास्थ बारे पनि सोधपुछ गरियो | कृष्ण दाइसंग भैरहवादेखि नजिक थियौ | वहा हाम्रो आफन्त पनि हो | वहा एक सहयोगी र मृदुभाषी पनि हुनुन्हुन्छ | म बिरामी भएको बेला न्यु योर्क हस्पिटलमा भेटन आउनु भएको पनि थियो | वहा मलाइ माया गर्ने दाइ पनि हो | त्यस पछी हामि डालस ज्वाइको कोठामा आएर सुत्यौ |
प्रवेश ज्वाइको मामा क्यालिफोर्नियाबाट डालस घुम्न आउनु भएको थियो । त्यसदिन बिहानको खाना वहाहरुसंगे खायौ । बन्दनाको मामा ससुरा हुनुहुन्छ । वहाको नाम मधु भट्टराइ हो र हाम्रो पनि संधिको संबन्ध त भैहाल्यो । खाना खायौ । भलाकुसारी गर्यौ । वहा बन्दनाको बिबाहमा पनि जन्ती आउनु भएको थियो न्युयोर्कमा, त्यसैले पनि हाम्रो चिनजान पहिले देखिकै थियो । त्यस दिन ज्वाइले मामाकोलागि पनि घुमाउन समय दिने कुरा रहेछ । वहाहरुको ओखलवा क्यासिनो भिजिट गर्ने प्लान बन्यो । डालसमा क्यासिनो खोल्नको लागि स्टेटले बन्देज लगाएको रहेछ । टेक्सास भित्र कुनै पनि क्यासिनो छैन रे ! त्यसैले पनि हामि अर्को स्टेटमा जान परेको रहेछ क्यासिनोलागि । हामि बसेको ठाउबाट करिब डेड घन्टामा उक्त क्यासिनो पुगीदो रहेछ । टेक्सासको बोर्डर नजिक पर्ने उक्त क्यासिनो असाद्यै ठुलो रहेछ । बिभिन्न स्टेटको नाममा इन्ट्रान्स राखिएको रहेछ । हामी न्यु योर्कको प्रवेशव्दार बाटै भित्र पस्यौ । भित्र गए पछि अमेरिकाको प्रत्येक स्टेटको र युरोपका बिभिन्न देशको नामको सेक्सन बनाइएको रहेछ । प्रत्येकमा जुवाको स्लटहरु राखिएको थिए । मलाइ त ति स्लट चलाउने ढंग पनि थिएन । पैसा मेसिनमा हाल्ने र बटन थिच्ने रहेछ । नजान्ने मान्छेको लागि पनि त्यो सजिलो हुदो रहेछ । दश बीसको गरेर केहि छिन खेलियो । भित्र खाने बस्ने होटेल लज भएको र मान्छे हरु होलि डे मनाउन त्यहा आएर जुवा खेलेर मनाउने भिड पनि कम थिएन । भित्र पसेपछि दुइ चार घण्टा त्यसै बित्यो । हामि त्यहाबाट फर्कियौ । सम्धीलाई वहाको बैनीले आफ्नो घर लैजान लिन आउनु भयो । मधुजिले रेंटमा लिएको गाडी बुझाउनु भयो र हामीले केहि ग्रोसरी किनेर नजिकको रेस्तुरेंटमा गएर नास्ता खायौ । त्यहाबाट मिना सम्धिनी र मधुजी बिदा भै फर्कनु भयो । हामि कोठातिर लाग्यौ ।
बिहान बेलुकी नजिकै रहेको पार्कमा वाकिंग गरेर समय सदुपयोग गरेका छौ | सुक्रबार मना छोरी अफिसबाटै हामीलाई साँझको खाना खान लिन आइन | उसको गाडी कारसिट नभएकोले बन्दना र प्रबनलाई घरमै छोडेर गयौ | उनीहरुलाई ज्वाईले अफिस छुटेपछि ल्याउने हुनाले हामि केहि अगाडी नै मनासंग गयौ | बर्षा मज्जाले भैरहेको थियो | मनाले गाडी हाइ वे मा चलाउन त्यति कंफीडेन्स नभएकोले लोकल बाटो हुदै मनाको कोठामा पुग्यौ । आजको साझको खाना माना छोरीकोमा खाने भएका थियौ । सिता छोरी, कृष्ण ज्वाई, मना र महेश ज्वाई, बन्दना र प्रवेश ज्वाई जिबन समेत भएर खाना खाइवरि पारिबारिक गफ गाफ गरेर अबेर हामि बन्दनाको कोठामा फर्क्यौ ।
सनिबार पारेर फेरी बन्दनाकोमा लन्च खान जमा भयौ । दिनभरी बस्यौ । भतिज र भतिजीहरु ज्वाईहरुसंगको एउटा सुमुधुर पारिवारिक सम्बन्धलाइ अझै ताजा बनाउने अवसर पनि हो, यस्ता भेटघाटका कार्यक्रमले । समयको अभाव र परिस्थितिले आफ्नै मान्छे पनि टाढा भैराखेका हुन्छौ । फेरी समयले नै फेरी नजिक बनाइदिन्छ ।
आइतबारको दिन घर हेर्नको लागि समय मिलाएका थियौ । रियल स्टेट एजेन्टको सहयोगले एक दुइटा घर हेर्यौ । बन्दना र ज्वाइले उपयुक्त मानेमा र हामीले पनि घर लिनको लागि सल्लहा दियौ । आज हेरिएको घर भने त्यति चित्त बुझ्न सकेन । दिपक शर्मा दाइले हामीलाई खाना खान बोलाउनु भएको थियो । अलिक ढिलो गरेर हामि दिपक दाइको घरमा पुग्यौ । वहाहरु प्रबेस ज्ञवाली भाइ दुगेंद्र दाइको जेठो छोरा डालसमा भएको र हामीलाई उनले केहि ठाउमा घुमाउन बाचा गरेका थिए ।हुस्ट न जाने कार्यक्रम पनि बनेको थियो । उनका नानिहरुलाइ सन्चो भएन । उनि जान तयार भएपनि हामीले उनलाई यहि कतै घुमाइ दिने हुन्छ । रात काट्ने गरि घुमाउन लैजाउ भन्न मन लागेन । प्रबेसभाइले हामीलाई रिभाल्भिंग टावर लिएर गए । यो टावरलाइ रियुनियन टावर पनि भनिन्छ । ५६१ फिट अग्लो छ । सन् १९७८ निर्माण गरिएको टावरबाट डालस सिटि चारै तिरबाट हेर्न सकिन्छ । हामि टावरमा माथि गैर शहरलाइ चारैतिरबाट अबलोकन गर्यौ । माथिबाट धेरै टाढा टाढासम्म अबलोकन गर्न सकिने, थुप्रै पर्यटक आइरहेने यो डालासको एक आकर्षक स्थल रहेछ । हुन् त हामि सिकागोको विल्स टावर गएका थ्यौ । न्यु योर्कको एम्पायर स्टेट टावरबाट पनि न्यु योर्क सिटि अबलोकन पटक पटक गरेका छौ । सबै टावरको आफ्नै बिशेषता छन् र आफ्नो शहरको अबलोकन गर्नको लागि नै बनाइएको हो । रमाइलो लाग्यो त्यहा पनि ।त्यसपछि हामिलाइ गेलार्ड टेक्सान रिसोर्ट मा गयौ । भित्र असाद्यै रमणीय रहेछ । धेरै ठुलो ठाउमा बनाएको प्राकृतिक सुन्दरता देखाउन कोशिस गरिएको भित्रै पानीका फोहरा गार्डेन पुल पुलेसा, केटाकेटीलाई खेल्ने स्विमिङ्ग, रेस्टुरेन्ट देखि लिएर सपिङ्ग सेन्टर समेत समाबेस गरिएको त्यो रिसोर्ट हेर्न पर्ने ठाउ मधे रहेछ । हामीले भित्रै कफी र नास्ता खायौ । त्यहाबाट हामी रकवाल लेक पुगेर तालको रमणीय दृश्याबलोकन गर्यौ । बोटिंग गर्ने ठाउहरु थिए । धेरै पटक बोटिंग गरिसकेकोले हामीले त्यता तिर नलागी तालको किनारा छेउका बनाइएका पार्क र पानीमा चलिरहेका बोट हेरेरै हामि कोठामा फर्कियौ । प्रबेसकेहीबेर हामिसंग बसी उनि आफ्नो घर फर्किए । जुन ९, दिउसो ज्वाईले हामीलाई मलमा लिएर छोडिदिनु भयो । लक्ष्मी बन्दना र नातिलाई लिएर दिन भरि मलमा घुमघाम गरियो । साँझ ज्वाई आउनु भयो संगै त्यहिको रेस्टुरेन्टमा खाइवरी घरमा आयौ ।
अर्को दिन जुन १०, फोसिल रिम भन्ने वाइल्ड लाइफ पार्क घुम्न जाने प्रोग्राम बन्यो । उता मना छोरी ,महेस ज्वाई र सिता छोरी, समेत जाने मन गरे । हामि कोठाबाट हिडिसकेका थियौ । लगभग २ घन्टाको कार मा जान लाग्दो रहेछ । वाइल्ड लाइफ पार्क पगे पछि टिकट काटेर आफ्नै कार लिएर पार्क भित्र पस्यौ । पार्क भने पनि यो खुला चिडीया घर हो । लगभग १० माइल सम्म फैलिएको यो पार्कमा हरिनका बिभिन्न जातका रहेछन हातहातबाटै दाना खाना पाइन्छ भनि गाडीकै नजिक आउने र हातमा राखेको दाना खाइदिने । बच्चाहरु रमाउने डराउने, नातिले खुब मज्जा मान्यो । पर पुगेपछि जिराफ देखियो । दुइ चार वटा जिराफ रुखका घास खाइरहेको थिए । नजिकै बाट देखियो माथि टावरमा गएर मानाको ग्रुपलाई पर्खियौ । त्यहा रेष्टुरेन्ट पनि थियो । त्यहा उनीहरु आएपछि केहि नास्ता गरेर फर्कियौ । टावर सम्म पुग्ने एउटा बाटो फर्किने बाटो अर्को थियो फर्कदा बाघ, र दुइ सिंगे गैडा अस्ट्रिज आदिलाई देखियो । ६ बजे बन्द निस्कन पर्ने हुनाले हामि निस्कियौ । फर्किने बेलामा सिता छोरीको घरमा पस्यौ र रातको डिनर सबैले त्यहि गर्यौ । १३ तारिख न्यु योर्क फर्किने हुनाले सबैसंग बिदा पनि भयौ । र कोठामा फर्कियौ ।
अर्को दिन ज्वाइले छुट्टी लिनु भएको थियो हामीले वहाहरुले घर हेर्नको लागि एजेन्टलाई भन्नु भएको रहेछ । एजेन्टले देखाएका केहि घर मध्ये नया तयार भैसकेको घर हाम्रो रोजाइमा पर्यो । त्यही नजिक भैरहवाको प्रकाशले पनि घर किनेका रहेछन । उनले पनि यतै किन्न सल्लाह दिए । बन्दना संगै पढको साथि रहेछन, भैरहवाको । उनको घरमा केहि क्षण बसेर हामि कोठामा फर्कियो । साँझ हामि डालस डाउन टाउन रहेको भैसीको बगाल बनाएर चराउन हिडालेको स्टाचु पार्कमा पुग्यौ । सिटीको बिचमा त्यो द्रीश्य पनि लोभ लाग्दो थियो । सच्चैका हुन् कि भन्ने देखिने भैसीका स्टाचुमा केहि तस्विर लिन पनि हामि चुकेनौ । भोलि न्यु योर्क फर्किने भएकोले कपडा धुने र पेकिङ्ग गर्ने काम पनि थियो । त्यहिगरेर बसियो, नजिको पार्कमा वाकिंग गरियो । सांझ लक्ष्मीको बर्थडे भनेर छोरिज्वाइले केक काटेर मनाइ दिनु भयो ।
अर्को दिन ६ बजेनै एयर पोर्ट पुग्नु पर्ने थियो । हामीलाई छोडेर ज्वाई अफिस जानु भयो । हामि डालस बाट फ्लाइटबाट दिउसो १२ बजे लगाड़िया एयरपोर्टमा उर्लीयो । विशालले हामीलाई पिकअप गर्न आयो र हामि घर आयौ । यसरी ४ हप्ताको डालस बसाइ घुमाइ पनि गरियो, नातिसंगको सामिप्यमा हामि रमायौ । नाति पनि धेरै खुसि भयो । छोरीको नयाघर किन्न बयाना भयो । ज्वाइसंग पनि यति लामो समयसम्म संगै बसिएको थिएन । वहाले यी समय सकेसम्म हामीलाई घुमाउन देखाउन पछि पर्नु भएन, अल्छी गर्नु भएन बरु हामीले वहालाई धपरी पार्यौ कि भन्ने लागिरह्यो । वहाले र हामीले नजिकबाट एक आपसलाई सुमधुर बनाउन पायौ । अन्त्यन्तै सुखद रह्यो यो यात्रा । छोरी ज्वाई दुबैलाई धेरै धन्यबाद छ ।