जागेर रातमा साथी खुबै सम्झना आउदछ
खोजेर सम्झे केहि साथि सम्झना आउदछ

केहि बात थिए सुन्दर फुल अनि सुगंध जस्तै
एक्लै बरालिदा ती साथी सम्झना आउदछ

सबैको जिदगी बदले होला नयाँ नौलो ढंगले
जागेर रातमा केहि साथी सम्झना आउदछ

कसरि कंहा छन यस शहरमा बनेर आवाद
सोचेर रातमा केहि साथी सम्झना आउछ

छन व्यस्त सवै फुर्सद छैन नोकरि ब्यापारले
जागेर रातमा केहि साथी सम्झना आउदछ

सवै साथि गुमनाम छन् गर्छ कि याद कसैले
जागेर रातमा केहि साथी सम्झना आउदछ

तँ बाट तिमि हुदै तपाइँ हजुर भएछन साथी
बितेका पलमा केहि साथी सम्झना आउदछ

पर्दैन चिट्टा तिम्लाई, भेट्ने छैनौ पुराना साथी
हुने छैनन उस्तै याद साथि सम्झना आउदछ

नाचौ उमंगले आउदैन ति स्वर्णिम पलहरु
जागेर रातमा केहि साथी सम्झना आउदछ

०६/१०/२०१९

Leave a Reply