जातको बारेमा श्रीमद्भगवद्गीतामा के छ ?
भागवतगीताको १८ अध्याय, श्लोक ४१ मा भगवान श्री कृष्णले अर्जुनलाई भन्नु भएको छ ।
ब्राह्मणक्षत्रियविशां शुद्राणाँ च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै :।।४१॥
यसको अर्थ हो : हे परमतप ! ब्राह्मण, क्षत्री, वैश्य र शुद्रहरुको कर्महरु मनुष्यका स्वभावबाट उत्पन्न भएका गुणहरुलाइ अलग अलग रुपमा विभक्त गरिएका छ ।
तर माथिको श्लोक अनुसार मानिसको स्वभाव र उसको कर्म अनुसार जातलाई विभक्त गरिएको हो । भनेर पनि अर्थ बुझ्न सकिन्छ । किन भने मान्छेले स्वभाव अनुसार कर्म गर्दछ तत्सम्बन्धी संगत पनी गर्दछ । अर्थात संगत अनुसारको स्वभाव पनी बनाउदछ । मान्छेको स्वभाव अनुसारको गुणलाई जातको संज्ञा दिन खोजिएको हो भन्ने अर्थ लगाउन पनी सकिन्छ । मान्छे जन्मकै आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य वा शुद्र हुन सक्दैन । उसको आचरण स्वभाव र कर्मले मात्रै उ कुन श्रेणीको भन्न सकिन्छ । भन्ने भगवान श्री कृष्णको मत हो भन्ने मलाइ लाग्दछ ।
मानिस कुन बर्ग वा जातमा पर्छ भन्ने कुरा यसै अध्यायको श्लोक ४२ मा ब्राह्मणको स्वभाव आचरण र कर्मलाइ व्याख्या गरिएको छ ।
शमो दमस्तप: शौचं क्षान्तिराजर्वमेव च । ज्ञानं विज्ञानामास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२॥
यसकोअर्थ: शान्ति इन्द्रिया निग्रह, तन , मन बचनमा शुध्द्ता, क्षमा, सरलता, शास्त्रको ज्ञान, व्यावहारिक तथा अध्यात्म ज्ञान प्राप्त गर्नु र शास्त्रहरुको अध्ययन र अध्यापन गर्नु आदि कर्म ब्रह्मणहरुको स्वाभाविक कर्म हो । अर्थात यस्ता स्वभाव भएका यी कर्म गर्ने व्यक्ति ब्राह्मण हुन भनेर पनि यसको व्याख्या गर्न सकिन्छ । यो स्वभाव नभएका मानिस ब्राह्मण कोटिमा पर्दैनन भन्न पनि सकिन्छ । यदि कुनै व्यक्ति ब्राह्मणकुलमा जन्म त लियो तर त्यसको स्वभाव, ब्यबहार र कर्म माथि उल्लेखित बिषयमा छैन भने के उसलाई ब्राह्मण मानि राख्ने हो त ? अर्थात तत्सम्बन्धी स्वभाव , आचरण र कर्म जुन जुकै वर्ग वा जातले अपनाउछ, त्यसलाई ब्राह्मण भन्ने कि नभन्ने ? यो श्लोकले स्पष्ट भनेको छ यी आचरण नगर्ने मान्छे ब्राह्मण हुन् सक्दैन ।
त्यस्तै क्षत्रीय हुनको लागी स्वभाविक आचरण, ब्यवहार र कर्म श्लोक ४३ मा यस्तो भनिएको छ ।
शौर्यं तेजो धृतिर्दाक्ष्यं युध्दे चाप्यपलायनम् ।
दानमिश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३ ।।
यसको अर्थ : सुरता, तेज, धैर्य, क्षमता र युध्दमा पछाडी नफर्कने, दानशिलता प्रभुत्व तथा नेतृत्वदायी क्षमता यी सबै क्षत्रियका स्वभाविक कर्म हुन् ।
अर्थात यी स्वभाव भएका मानिसहरु क्षत्रिय हुन । उल्लेखित चरित्र र स्वभाव नभएका मानिस क्षत्रिय होइनन भन्न पनी सकिन्छ । जो क्षत्रिय भएर कातर छ, भगुवा छ , नेतृत्व गर्ने क्षमता छैन धर्य दानशीलता र प्रभुत्व जमाउन नसक्ने छ भने त्यसलाई यो बचनले क्षत्रिय मान्दैन ।
कृषि गौरक्ष्यवाणीज्यं वैश्य कर्म स्वभाजनम् । परिचर्यात्मकं कर्म शुद्रस्यापि स्वभावजम् ।।४४।।
खेतीपाती, पशुपालन, ब्यापार ब्यबसाय बैश्यका स्वभाविक कर्म हुन ।
स्वभाविक रुपमा खेतीपाती पशुपालन ब्यापार ब्यबसाय गर्ने जो सुकै व्यक्ति पनी वैश्य हो भन्न सकिन्छ ।
सेवामुलक प्राबिधिक तथा सेवाका कर्महरु शुद्रका स्वभाविक कर्म हुन् । सेवामुलक डाक्टर इन्जिनियर , डकर्मी , वेटर , नर्स , ड्राइभर अर्ध दक्ष , दक्ष वा अदक्ष मजदुर जो सुकै होस जसले मानिसलाइ वा समाजलाई सेवा गर्छ वा सेवा पुर्याउछ । ति सबै शुद्र कोटिका हुन् भन्न सकिन्छ । हामीले देखिरहेका छौ ।
ब्राह्मण कुलमा जन्मे पनी ब्यापारमा सानै देखि उन्मुख भएको हुन्छन कतिपय मानिसहरु, क्षत्रिय भए पनि कर्मकाण्डीय ब्राह्मणको जस्तो स्वभाव आचरण र कर्म गरेका मानिस देखिन्छन । कतिपय वैश्य भए पनी ब्राह्मण जस्तो कर्म गर्ने र क्षत्रिय जस्तो सुरबीर भएको थुपै उदाहरण छन् । शुद्रकुलमा जन्मेर पनी जप तप ध्यान भगवानको आराधना गर्ने र पढने पढाउने कर्म तल्लिन व्यक्तित्व देखेका छौ । हाम्रो समाजमा इन्जिन र फलामको कर्म गर्ने व्यवसायीहरुले बिश्वकर्मा भगवानको रुपमा पुजा गर्ने उत्सव मनाउछौ । यसरी शुद्रलाई दलित रअछुत पानि नचल्ने भनेर ब्याख्या गरेको कमसेकम मैले भागवतगीतामा भेटाएको छैन /
स्वे स्वे कर्मण्यभिरत: संसिध्दिं लभते नर: ।
स्वकर्मनिरत: शिध्दिं यथा विन्दति तच्छ्रीणु ।।४५।।
अर्थ : यसरी आफ्नो स्वभावबाट उत्पन्न भएका गुण अनुरुपका आफ्नो-आफ्नो स्वभाविक कर्महरुमा संलग्न भएका मानिसले परम सिध्दी प्राप्त गर्दछ । आ-आफ्नो कर्ममा लागिरहने त्यो बिधिलाइ तिमीले सुन ।
जुनसुकै शास्त्रले जे भने पनी भागवतगीतामा भगवान श्रीकृष्णले आफ्ना परम भक्त अर्जुनलाई बर्नाश्रमको बारेमा यसरी सम्झाउनु भएको रहेछ । अहिले समाजमा जुन सुकै जाती बिशेषले पनी जुनसुकै कर्म गरेको देखि राखेका छौ। ब्रामणले फलामको औजार बनाउने उधोग खोलेका छन । जुत्तापसल खोलेका छन ब्यापार गरेका छन । सैनिक बनेका छन ।क्षत्रियहरु ब्यापारी छन शुद्रहरु महन्त, टिचर, प्रोफेसर, डाक्टर इन्जिनियर छन् । कुनै पनि जातकुलमा जन्मेर पनी माथिको कर्म स्वभाव बन्धनमा बस्न पर्ने बाध्यता कानुनन तथा शास्त्रीय हिसाबले पनि उपयुक्त छैन ।
मान्छे जुन सुकै जातमा वा कुलमा जन्म लिए पनी उसको स्वभाव भिन्न भिन्नै हुने गरेको हामीले देखेका छौ । एकै बाबा आमा भएका सन्तान पनी बिभिन्न स्वभावका र बिभिन्न आचरणका भिन्ना भिन्नै कर्म गर्नेहरु जसको परिवारमा पनी देखिन्छन । आफ्नै पुर्खौली पेशा नअपनाएका पनी छन ।न त्यस अनुरुपको कर्म र आचरण गरेको पाउदछौ । त्यसैले मानिस जन्मदा नै आफ्नो निजि स्वभाव लिएर जन्मेको हुन्छ र उसले आफ्नो स्वभाव अनुसारको कर्म आचरण गर्दछ । त्यही स्वभाविक कर्म आचरण अनुसार कर्म गरेर मात्र उसले परम सिध्दी प्राप्त गर्न सक्दछ । जसरी राम्रो कलेजले कुन बिध्दार्थी कुन बिषयमा अगाडी सम्म अध्यायन गर्न सक्छ भनेर छान्दछ र सो बिषयको लागि महत्व दिन्छ । अर्थात आफ्ना बाबु आमाले पनि आफ्ना सन्तानलाई उनीहरुको रुचि स्वाभाव अनुसारको शिक्षा दिक्षा दिएमा उनको स्वभाव अनुसारको कर्ममा सफलता पाउदछन ।
जसरी जस्तो भोजन गर्दछौ त्यसै गरि मानिसको स्वभाव पनि सात्विक राजस तामस हुन्छन । यसरी मानिसले आफ्नो भोजनमा जस्तो रुचि गर्दछन त्यहि भोजनको अनुरुप स्वभाव पनी सात्विक, राजस र तामस परिणत हुदै जान्छ ।
मानिसहरुले आफ्नो फाइदाको लागी जातबर्ग बनाएकै हुन्छन र अरुलाई निच देखाउने काम जुनसुकै धर्म र समाजमा बिध्दमान छ।धर्मको आधार बनाएर आफुलाई उच्चबर्गमा पार्न सम्पन्न र टाठा पाठाले अपनाएका हुन् भने पुञ्जिबादि देशमा पैसाको मापदण्ड अपनाएर आफ्नो वर्गीकृत गरेका हुन्छन । समाजबादीहरुले सामन्ती बर्ग, पुँजीपतिबर्ग, निम्नपुँजीपति,मध्यम बर्ग र निम्न मध्यम बर्ग र निम्नस्तर बर्ग भनेर समाजका मानिसलाई वर्गीकृत गरेकै छ।मानिसले आफ्नो गुठ र समूह बनाएरआफु छुट्टै हो भनि भन्न चाहन्छ जुन मानवताको हिसाबलेअसाध्यै हानिकारक, अधार्मिक र अमानवीय हो भन्ने बुझ्न आबस्याकछ। पछि आएर हिन्दुधर्मालम्बी गुरु पण्डित मनुको स्मृतिलाइ आधार बनाइ सुद्रलाई अछुतको रुपमा ब्यबहार गर्न थालेको देखिन्छ। जबकि बेदले काँही कतै अछुत र दलित भनिएको छैन।
०७/०१/२०१९ ।
टेक्सास