९. कर्मयोग

भागवतगीतामा भगवान श्रीकृष्णले कर्मयोग बारेमा अर्जुनलाइ हर तरहले सम्झाउनु भएको थियो । मानिस जन्मेपछी मनुष्यले कर्मलाई त्याग गर्नै सक्दैन किनकि मनुस्यले कुनै पनी क्षणमा कामै नगरी बस्नै सक्दैन। चाहे राम्रो काम होस् या नराम्रो होस । प्रतिपल मानिसको मस्तिष्कमा बिचारको उत्पत्ति भैरहन्छ । त्यहि बिचारले कर्म गर्न बाध्य बनाइरहन्छ । कर्म भनेको काम हो ।

त्यसैले आफुले गरेको कामको प्रतिफल जसरी पनी प्राप्त हुन्छ, भन्ने प्राकृतिक र दैविक नियम हो । त्यो कामको राम्रो नराम्रो जस्तो कर्म गरेको छ, त्यसको फल नभोगेसम्म जन्मजन्मान्तर छुटकारा पाउन सकिदैन ।

समाज र संसारलाई सकारात्मक दिशा तर्फ डोर्याउन न्याय धर्म स्थापनाको लागी अर्जुनलाई श्रीकृष्णले युध्दभूमिमा दिएको कर्मयोगको ज्ञान आजको युगमा समेत सान्दर्भिक छ ।

असल परिणामको लागि गरिएको कर्मफल इश्वरमा अर्पण गरेको खण्डमा त्यस कर्ममा भएका पाप पनी पाप मानिदैन । जो मनुस्यले इन्द्रियाहरुलाई नियन्त्रित गरेर अनासक्त भै कर्मैन्द्रियहरुले कर्मयोगको आचरण गर्दछन ती मनुष्य श्रेष्ठ हुन् ्र सामान्यता मनुष्यबाट मन बचनले कर्मले सबको कल्याण हेतु काम गरिन्छ र जुन शास्त्र सम्मत पनि छ ।

जुन कर्मले भावी पुस्ताको कल्याण पनि गर्छ समाजलाई राम्रो कल्याणकारी मार्गमा डोर्याउन मद्दत पुर्यादछ । त्यस्ता कर्मलाइ सत्कर्म भनिन्छ । समस्त कर्महरुलाइ परमेश्वरमा अर्पण गरियो भने यस संसारबाट कलंकित हुन् पर्दैन र मुक्ति पाउन सकिन्छ भन्ने आसय हो भन्ने लाग्दछ ।

अकर्म भन्दा बित्तिकै मन बचन चित्त र सरिरबाट गरिने सम्पूर्ण काम त्याग गरि केहि कर्म नगरी बस्नु भनेको होइन । किनभने मानिस केहि न केही काम गरि रहेकै हुन्छ र काम गर्ने चेष्टामा उद्देलित भैरहेको हुन्छ । निस्क्रिय भएर बस्ने सक्दैन । तर पनी मानिसले जुन कर्म गरेर कर्म बन्धनबाट मुक्त हुन्छन त्यो काम अकर्म हो । यस कर्मलाइ कर्मयोग भन्न सकिन्छ ।

न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुते ्र

न च सन्न्यसनादेव सिध्दिं समधिगच्छति ्र्र४्र्र

न हि कश्चीत्क्षणमपी जातु तिष्ठत्यकर्मकृत ्र

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुनैः ्र्र५्र्र

कर्मेन्दीयाणी संयम्य य आस्ते मनसा स्मरण ्र

इन्दियार्थान्विमुढात्मा मिथ्याचारः स उच्यते ्र्र६्र्र

यस्त्वीन्द्रियाणी मनसा नियम्यारभतेअर्जुन ्र

कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ्र्र७्र्र

भागवतगीता (२र ४(७)

अर्थः कुनै पनि मार्गको अनुसार कर्मको स्वरुपलाई त्याग्न आबस्याकता छैन, किनभने मनुस्यले कर्मलाई नगरेर न त निश्कर्मता प्राप्त हुन्छ र न त कर्मलाइ त्याग गरेर मात्र भगवान नै साक्षात्कार बन्ने, वा सिध्दी नै प्राप्त हुन्छ ्र किनकि कुनै पनि मनुष्य कर्मलाई त्याग गर्नै सक्दैन किनकि मनुस्यले कुनै पनी क्षणमा कामै नगरी रहन सक्दैन।

प्रकृतिको गुणबाट नियन्त्रित भै कर्म गर्दछन ्र कोइ कसैले कर्मेंद्रियहरुलाई हठ गरेर रोकी इन्द्रियको भोगको मनले चिन्तन गरिरहेका हुन्छन । त्यस्ता मुढबुध्दी मनुष्यलाइ मिथ्याचारी र दम्भी भनिन्छ ्र हे अर्जुन ! जो मनुस्यले इन्द्रियाहरुलाई नियन्त्रित गरेर अनासक्त भै कर्मैन्द्रियाहरुले कर्मयोगको आचरण गर्दछन ती मनुष्य श्रेष्ठ हुन् ्र

किं कर्म किमकर्मेती कवयोअप्यत्र मोहिता ्र

तत्ते कर्म प्रवक्ष्यामी यज्ज्ञात्वा मोक्ष्यसे क्शुभात् ्र्र१६्र्र

कर्मणों ह्यपी बोध्दव्यम् बोद्धव्यं च विकर्मणः ्र

अकर्मणश्य बोध्दयं गहना कर्मणों गतिः ्र्र१७्र्र

श्रीमद्भगवद्गीता( अध्याय (४ (१६(१७)

अर्थ ः कर्म के हो ? अकर्म के हो ? कर्म अकर्मको बारेमा बिध्दान वर्गले निर्णय गर्न नसकेको त्यस बिषय बस्तु प्रति मोहित अर्थात आकर्षित भएका हुन्छन ्र त्यसैले म तिमीलाई कर्म के हो भनि बताउने छु , जसबाट तिमी अशुभ वा संसारीक कर्म बन्धनबाट मुक्त हुने छौ ्र असल, राम्रो कर्म र खराब वा नराम्रो कर्मको बारेमा जान्नु र बुझ्नु पनि पर्दछ ्रअकर्म अर्थात् कर्म नगरिकन चुपचाप बस्ने क्रियाको स्वरुप पनि थाह पाउनु पर्छ ्र

यसरि कर्महरु तिन किसिमका हुन्छन भनेर भागवतमा भनिएको छ ।

१. कर्म ः यस लोक र परलोकमा समेत सुखदायी बन्दछन त्यस्ता कामहरुलाई कर्म भन्दछन ।

२. अकर्म ः जुन काम कर्मत्याग र समर्पण उप्रेरित भै कुनै पनी फलको आश नभएर केवल आत्मा, चित्त शुध्दिको लागि गरिन्छ, त्यो काम अकर्म हो ।

३. विकर्म ः जुन काम लोभ लालच, मान अभिमानका खातिर गरिन्छ, जसको परिणाम यस लोक र परलोकमा समेत दुखदायी हुन्छ त्यस्ता कर्मलाई विकर्म भनिन्छ ।

 

निराशिर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ्र

शरीरं केवलं कर्म कुर्वन्नाप्नोप्ति किल्बिषम् ्र्र२१्र्र

यद्रिच्छालाभसंतुष्टो व्दंव्दातितो बिमत्सर ः ्र

समः सिध्दावसिध्दौ च क्रित्वापी न निबध्यते ्र्र२२्र्र

श्रीमद्भगवद्गीता( अध्याय (४

जो पुरुष आशारहित छ, जसले आफ्नो चित्त र आत्मालाई वश गरेको छ र सम्पूर्ण परिग्रह उपभोग्य सम्पदा त्यागिसकेको छ। त्यस्तो पुरुषले केवल शरीर धान्नको लागि मात्र गरिने फलाशक्तिरहित शारीरिक कर्म गर्दा कुनै पाप वा अनिष्टरुप प्रतिफल पाउदैन ्र आश नगरी संयोगवश प्राप्त भएको बस्तुमा सन्तुष्ट रहन्छ ्र जसमा डाह इर्श्या पाइदैन सुख दुख सम भाव व्दंदबाट मुक्त छ जो कार्य सिध्दी वा असिध्दी दुबैमा समभाव राख्दछ ्र यस्ता पुरुष कर्म गरेर पनि कर्म बन्धनमा पर्दैन ्र त्यो नै अकर्म हो । यस कर्मलाइ कर्मयोग भन्न सकिन्छ ।

कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन ्र

मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोअस्त्वकर्मणि ्र्र४७्र्र

श्रीमद्भगवद्गीता( अध्याय (२

अर्थः तिम्रो कर्म गर्ने मात्र अधिकार हो फलको लागि कदापि होइन अर्थात फल तिम्रो हातमा छैन, त्यसैले फलको आश, कामना र वासनायुक्त नभैकन आफ्नो कर्म र कर्तब्य गर ्र यसको अभिप्राय के पनी हुन् सक्छ भने यदि हामीले फलको आशाको कल्पना गर्दै कुनै काम गर्यौ भने कामबाट ध्यान अनेत्र गइ काम बिग्रन पनी सक्छ र त्यसको फल आशातित नपाइन पनी सक्दछ । साधारणतया कर्म भनेको मानिसव्दारा गरिने काम वा चेष्टा हो । आफु बाच्नको लागी गरिने सम्पूर्ण क्रियाकलाप नै कर्म को । जीविको पार्जन गर्न गरिने सम्पूर्ण काम जुनसुकै होस, हाम्रो राम्रो नराम्रो सम्पूर्ण क्रियाकलाप कामलाइ कर्म भनेर बुझिन्छ । अर्थात आफुले गरेको काम नै कर्म हो । हामीले गरेको कर्महरुको तिन प्रकारका हुन्छन र त्यसबाट प्राप्त हुने कर्मफल तिन अबस्थामा प्राप्त गरिरहेका हुन्छौ ।

१.कृयमाण कर्म २. संचित कर्म ३. प्रारब्ध कर्म

१. कृयमाण कर्म ः हामीले बिहान उठे देखि राती नसुतेसम्म गरिने सारिरिक तथा मानसिक कामहरुलाइ नै क्रियमाण कर्म भनिन्छ । जन्मदेखि मृत्यु पर्यन्त गरिने सबै किसिमका कर्मलाई नै क्रियमाण भनिन्छ । त्यसैले जिबन भर गरिने कृयमाण कर्मले मनुष्यलाई कालान्तरमा फल नदिईकन शान्त हुने सक्दैन । जबसम्म कर्मले फल दिदैनन । तबसम्म यी कर्महरु शान्त हुने सक्दैनन् । हामीले गरेको साधारण क्रियाकलापले तुरुन्त फल दिन्छ, खाना खायौ भने त्यसको फल अघाउनु, पानी पिउनुको फल प्यास मर्नु हो । कतिपय हामीले गरेका कर्महरु कालान्तरमा फल दिन्छ । हामीले अरुको भलाइ गरिने सत्कर्मबाट तत्काल कुनै फाइदा हुदैन ।

२. संचित कर्म ः कतिपय क्रियमण कर्मको फल तत्काल प्राप्त गर्न सकिदैन । किनकि हामीले धान रोपे पछि पाक्नलाई समय चाहिन्छ त्यसतै आफुले गरेको कर्म पनी परिपक्क हुनलाई समय लाग्छ । त्यसैले आफुले गरेको मानवता र धर्मका लागी राम्रा अथवा नराम्रा कर्महरुको फल पनी संचित भएर बसेको हुन्छ । हरेक बिज बिजन रोपेपछि फल्नको लागी आफआफ्नै समय पुगेपछि मात्र फल खान पाइन्छ । जिबनमा हामीले हजारौ लाखौ कर्म गरेका हुम्ला ्र जसमा ८० प्रतिशत कर्मको फल आफुले प्राप्त गरे पनी २० प्रतिशत कर्मफलको समय अबधि नपुग भएर बाँकी रहेको हुन सक्छ । यसरी अनादि काल देखिका अनेकौ जन्म देखि संचित कर्महरु परिपक्क भएपछी फल दिएर मात्र शान्त हुन्छन । यसरी आफुले लिएका धन, नराम्रो काम, पुन्य काम, दान दाताब्यहरु सबै संचित कर्ममा गएर बस्छ ।

३. प्रारब्ध कर्म ः संचित कर्म परिपक्क भएर त्यस कर्मको फल दिन प्राप्त गर्न थाल्दछ तब त्यस कर्मलाइ प्रारब्ध कर्म फल भनिन्छ । प्रारब्ध कर्म फल अनुसार जिबले शरीर धारण गर्दछ । र उसले प्रारब्ध कर्मफल भोगे पछि मात्र शरीर त्याग गर्न पाउदछ । मानिसको प्रारब्ध कर्म फल भोग्नको लागि त्यो भोग अनुसारका शरीर, स्त्री, पुत्र, धन दौलत स्वस्थ जिबन पर्यन्त प्राप्त गर्न सकिन्छ र भोगिसके पछि ति प्राप्त गरेका फल स्वतः सकिएर जान्छन । प्रारब्ध कर्मको फल पुर्णरुपमा नभोगेसम्म शरीरबाट छुटकारा पाइदैन ।

यहि कर्मको भव चक्करमा मनुष्य अनेकौ योनिमा जन्म मरण चक्रमा घुमिरहेका हुन्छौ । जगत गुरु श्री शंकाराचार्य भन्नु हुन्छ ।

पुनरपि जननं पुनरपि मरणं पुनरपि जननीजठरे शयनम् ।

इहं संसारे खलु दुस्तारे कृपया पारे पाही मुरारे ।।

आफुले गरेको कर्मको कर्मफल भोग गर्नकै लागी नै जन्मदै मर्दै यो संसारमा भटकिदै रहेका छम । जन्मेर फेरी संचित कर्म गर्दछन र फेरी संचित कर्म को फल भोग गर्न प्रारब्ध कर्म फलको रुपमा फेरी जन्मने पर्ने हुन्छ । प्राणि जगतमा जन्म मरणको यो निरन्तरता सदा कायम रहन्छ, जबसम्म उसको मुक्ति अर्थात् परमेश्वरमा बिलिन हुदैन ।

 

टिप्पणी ः कर्मको आशै नगर्नु भनिरहदा काम गरेपछि त त्यसको फल पाउनु पर्यो नि ! किन त्यसो भनिएको होला ? भन्ने शंका मनमा उत्पन्न हुन् सक्छ । यसको अभिप्राय के पनी हुन् सक्छ भने यदि हामीले फलको आशाको कल्पना गर्दै कुनै काम गर्यौ भने कामबाट ध्यान अनेत्र गइ काम बिग्रन पनी सक्छ र त्यसको फल आशातित नपाइन पनी सक्दछ । अतयव आफ्नो पूर्ण दक्षताका साथ कुनै वासनायुक्त नभई गरेको कामले फल अबस्यै दिन्छ भन्ने अर्थ लगाउन पनि सकिन्छ । मानिसलाई लाग्न सक्छ, काम गरेपछि त्यसको फल त तत्काल चाहियो नि ! यो त सामन्तीपन भयो भन्लान । तर आध्यात्मिक चिन्तन गर्ने हो भने यो दुनियामा जो मान्छेले जस्तो कर्म गरेको छ त्यसको परिणाम कुनै न कुनै रुपमा उसले गरेको कर्मको फल प्राप्त गरेको देखिएको पाउछु मैले ।

कसैले जबर्जस्ति अरुलाई शोषण गरेर नाजायज धन सम्पत्ति हत्याएको छ भने उसलाई त बाहिर हेर्दा सम्पन्न देख्नु होला तर परिबार टुटेको बिग्रेर मानसिक पिडा भोगेको रोगले ग्रस्त भैरहेको हुनसक्छ । तत्काल उसले सजाय नपाए पनि १२ बर्ष पछि पनी दण्डित हुन पुगेको देखिरहेका छौ । पाप धुरीबाट कराउछ भन्ने उखानी छ । राजा समेतले राजधर्म बिरुध्द शासन गर्दा गद्दी च्युत भएको हाम्रै देशमा देखियो । जनतालाइ शिक्षा स्वास्थ्य, गास बास कपासको ग्यारन्टी गर्छु भनेर गएका नेताले आफ्नो भुडी भरेर जनतालाइ कष्ट र अन्याय गरेकाहरुले पनी कुनै न कुनै मानसिक सजाय पाइरहेको देख्दछु मैले । अलिकति त्याग गर्दा सम्पूर्ण जनताले सुख पाउने हुदा पनि कमिसनकै चक्करमा लाग्दा तिनका पद र प्रतिष्ठाबाट पतन भएको देखिरहेकै छौ । कुनै पनी मानिस त्याग बिना महान हुनै सक्दैन । त्याग बिना देवत्व प्राप्य गर्न सकिदैन । यो ध्रुब सत्य हो । त्यो कुरा जानेर पनी तुच्छ मानसिकता बोकेका कथित अपराधीहरुले जनताको करको पैसामा रजाइ गरेको छन ।

कुनै प्राणि वा मनुष्यले गरेको राम्रो वा नराम्रो कर्मको फल अबस्य भोग्न पर्दछ । अर्थात कर्मको फल ढिलोचाडो नभोगेर सुखै छैन । तर आफुले गरेको सत्कर्म होस वा दुष्कर्म त्यसको अबधि पुगेपछि अर्थात परिपक्क भएपछी हामीले कुनै न कुनै माध्यमबाट हामीले प्राप्त गर्दछौ वा दण्डित हुन पुग्दछौ । भलै हामीले गरेको असल काम र अरुमाथि गरेको अन्याय आफुले नगरे जस्तो लाग्न सक्दछ । तर कुनै न कुनै रुपमा दण्डित वा पुरस्कृत अबस्य भइन्छ । यो कुरा प्रत्येक मानिसको जिबनमा घटेको देख्दछौ । तर आफुले दुख पाउनुमा अरुलाई दोष थोपर्न चाहि पछि पर्दैनौ । सुख वा फाइदा भैरहदा मैले गर्दा म सक्षम भएकाले प्राप्त भएको भन्ने घमण्ड गरिराखेका हुन्छौ तर त्यसो पनी होइन । त्यो उसले गरेको संचित सत्कर्मले प्रारब्धको फल भोगेको हो ।

मानिसको प्रारब्ध कर्म फल भोग्नको लागि त्यो भोग अनुसारका शरीर, स्त्री, पुत्र, धन दौलत स्वस्थ जिबन पर्यन्त प्राप्त गर्न सकिन्छ र भोगिसके पछि ति प्राप्त गरेका फल स्वतः सकिएर जान्छन अर्थात नास भएर जान्छन । प्रारब्ध कर्मफलमा पत्नी, पुत्र, धनदौलत र स्वास्थ्यबाट पुरै सन्तोष र सम्पन्न कोहि पनि हुदैन । यी मध्ये एउटा न एउटा त सबै परिबारमा कमि भैरहन्छ । दुनियामा कसैसंग धन दौलत भए पनि सन्तान हुदै हुदैनन् । जन्म भैहाले पनि बच्च्दैनन । कसैसंग स्त्री बस्ने सक्दैनन । कसैसंग धन दौलत पत्नी सन्तान छन् तर उसको स्वास्थ्य अबस्था खराब छ । यी सब प्रारब्ध कर्म फल हो । यस जन्ममा कुनै अपराध र गल्ति नगरे पनि केहि यस्ता भयानक घटनाले परिवार तहस नहस भएको देखिन्छ । त्यो उसको प्रारब्ध कर्म फल हो । जो सुख क्षणिक समयको लागि थियो । कसैले सजिलै सफलता पाइराखेको छ त्यसलाई हामीले भाग्यमानी भनिराखेको छौ । त्यसो पनि हैन । त्यो उसको संचित सत्कर्मको प्रारब्ध कर्मफल हो ।

त्यसैले हामी सबैले इमान्दारिता मेहनतका साथ कसैलाई पिर मर्का नपर्ने गरी काम गर्नु पर्दछ । अन्तत ः त्यसरी गरेको कामको कर्मफल ढिलो चाडो प्राप्त हुन्छ । ल अफ अट्रयाक्सन भने जस्तै कर्मको पनी ल अफ कर्मको नियम लागु हुन्छ । त्यसैले जे भैरहेको छ त्यो पछिल्लो कर्मको फलको रुपमा प्राप्त भएको हो । त्यसपछि फल समाप्त भएर अर्को अबस्था आउदछ। त्यसैले जे भैरहेको छ, राम्रै हुनको लागि भएको छ । के लिएर आएको हो र व्यर्थमा किन त्यसको चिन्ता लिनु भनेर भागवतगीतामा भनिएको छ । भाग्यमा लेखेको छैन भनेर काम गर्न छोड्नु मुर्खता हो । कर्म गरेर मात्र फल पाइन्छ । भाग्यमा छ भनेर डोकामा दुध अडिन्न भन्ने उखान हाम्रा अगाडी छन । सकारात्मक ढंगले ध्यान दिएर गरेको कर्मको फल पनी राम्रै पाइन्छ । अरुलाई अन्याय र हिंशा नगरी कमाएको धन दिगो हुन्छ । अपराध गरेको कर्मको फल ढिलो चाडो नभोगी सुख पाइदैन ।

oooooo

 

 

 

Leave a Reply