८. योग साधना
बैदिक कालका ऋषि पतंजलीले साधनारत भएर योग सूत्रको रचना गर्नु भयो । आज जति पनी योगका पुस्तक छन । ति सबै त्यसैबाट अनुसरण गरेर लेखिएका हुन । योगको बारेमा धेरै पुस्तक लेखिएका छन् ्र आज संसारमा योगको महत्व बढेको छ ्र योग यस्तो बैज्ञानिक जीवन शैली हो जसमा तपाइँ हामी गृहस्त हुदाहुदै पनि यौगिक जिबन बिताउन सक्छौ ्र यथा सम्भब श्रोत र साधनले जिबनलाई उत्कृष्ट र भव्यता बनाउन सक्छौ ्र योग एउटा शान्त, सुशील, धैर्य, भयमुक्त र खुशी र स्वास्थ्य भएर बाच्ने कला हो ्र यो योग र ध्यानले समस्त विश्वलाई शान्तिकामी बनाउन सक्छ ! यसलाई अबलम्बन गर्न सकेमा प्रत्येक व्यक्ति कर्तब्यनिष्ट हुन मदत गर्छ ्र उ कर्म योगी बन्न सक्छ अझ त्यो भन्दा माथि उठेर समाज र देशप्रति जिम्मेवार बनाउन मद्दत गर्छ ्र
म पनि अहिले योग र ध्यानको अनुसंधात्मक अध्ययन र प्रयोगमा जुटिरहेको छु ्र योग र ध्यान सम्पूर्ण मानव जातिको सरिर, मन र मश्तिश्कको सुस्वास्थ्य र खुशीको लागी हो ्र यसको अबलम्बन गरेर आफुलाई एक सफल र असल मानव बनाउन सक्नु हुने छ ्र असफलता, असक्षमता, कुण्ठा, डिप्रेसन र अन्य मनोगत रोगबाट मुक्त हुन सकिने छ ्र तपाइँ हामी बिचमा आत्मबलको भरपुर निर्माण गर्न सकिने छ ्र ज्ञान भनेको जती धेरै बुझ्ने भइएको हुन्छ। आफुलाई त्यतिनै अज्ञानी जस्तो भएको जस्तो लाग्दछ ्र किनकि शास्त्रहरू यती धेरै छन कि सबै शास्त्रहरू पढन र बुझ्न अति नै गारो पनि छ ्र मानिस ज्ञान सागरबाट पार हुन भने असम्भव नै छ भन्दा पनी हुन्छ ्र हामी मध्येमा पनि धेर थोर जानेर पनि आफुलाई सर्वज्ञाता ठानेका हुन्छौ ्र त्यो अज्ञान नै हो । धेरै मानिसहरु अरुको व्यक्तित्वसंग टासिएर ठुलो हुने कसरत गरिरहेका हुन्छन ्र प्रचारमा आइराखेका छन पनि ्र अरुको व्यक्तित्वसित टासिएको मान्छे उ संग अलग हुने बित्तिकै त्यो व्यक्ति खोक्रो र हैसियत बिहिन भएको पाउछौ ्र
प्रत्येक मान्छेले एक किसिमको घमण्डपन पाली राखेका छन ्र उसको सम्पती, राम्रो जागिर, ब्यबसाय, राम्री स्वास्नी, राम्रो घर र सुखका साथीभाई देखेर आफुलाई सौभाग्य ठानिरहेका मानिसहरु दुखका दिनमा उ संग यी सबै चिजहरु अन्तै सरेर गएका हुन्छन ्र यो कुरा मानिसले बुझ्न सक्दैन ्र जब बुझ्छ ढिलो भैसकेको हुन्छ ्र यी सबै चिजसंग उसको व्यक्तित्व गासिएको हुन्छ ्र उसको पहिचान बनेको हुन्छ । उसको इज्जत जोडिएको हुन्छ ्र यी सबै आफुसंग नहुदा उ खोक्रो हुन्छ उ संग केहि हुदैन, अस्तित्वहीन हुन्छ ्र मानिसले कहिल्यै आर्जन गर्न नसकेको ज्ञानयोग साधनाले प्राप्त गर्न सकिने कुरामा म बिस्वस्त हुनपुगेको छु ्र बाहिरि आडम्बरबाट मुक्त भएर आत्मज्ञानको तर्फ लगाउन सकेमा मान्छेले अलौकिक आनन्द र सन्तुष्टि लिन सक्दछ ्र हामीले आफुले सत्कर्म गर्न छोडेर अरुको देखासिखी कर्म गरिरहेका छौ ्र यस किसिमको कर्मलाई प्रतिकर्म भनिन्छ ्र जुन कर्म आफ्नो औकातले नपुग्ने हुन सक्दछ र त्यसले शुख दिनुको साटो दुख दीइराइखेको छ हामी सबैलाई ्र त्यसैले तपाइ हामीले आफ्नो हैसियत र आफुलाई आबस्याक पर्ने साधन अनुसारको आफ्नो जिबनशैली बनाउनु र त्यसबाट भरपुर आनन्द लिन सिकौ ्र भविष्यको सुखको लागि बर्तमान जीवनलाई संकटमा नपारौ । बर्तमानमा जीउन सिक्यौ भने त्यसमा रमाउन सक्यौ भने जीवनको सबभन्दा बढी समय आनन्दमय हुने छ ्र
मान्छेका दुखभित्र पनि स(साना सुखका क्षणहरु हुने गर्छन । त्यो सानो सुखको क्षणको भरपुर सदुपयोग गर्नु पर्दछ ्र मान्छेका सुख दुखको अनुभूति मनको अनुभूति हो ्र यहि सुखको अनुभूति प्राप्त गर्नको लागी योग साधना सबभन्दा उपयुक्त माध्यम हो ्र सम्पूर्ण दुखको सागरबाट पार पाउने मुख्य उपाए योग साधना हो ्र यो योगसाधना ज्ञान र आनन्द प्राप्त गर्ने गर्ने सबभन्दा छोटो मार्ग नै हो ्र
योग साधनाले सरिर मन र मश्तिश्क स्वास्थ्य साथै एउटा उच्च मनोबलको साथ आनन्दमय जिबन बिताउन मद्दत गर्दछ । संक्षिप्त रुपमा यसको व्याख्या यस प्रकार छ । योग शब्दको शाब्दिक अर्थ जोड्नु, मिलाउनु, वा समावेश गर्नु हो ्र योग शब्द संस्कृत भाषाको ’युज’ धातुबाट बनेको हुन्छ । विद्धानहरुको मत अनुसार यो ग्रन्थ एक किसिमको साधारण वा असाधारण शक्तिको योग भएपछी मात्र मानिस पूर्ण हुन्छन, अन्यथा मानिस खोक्रो शरीरधारी मान्छे मात्र हुन्छ ्र शिक्षा, दीक्षा, तालिम तथा शारीरिक ब्यायामको योग थप गरेपछी मात्र पूर्ण मानव भइन्छ ्र कुनैपनि बिशेष क्षमता हासिल गरेको मान्छे नै समाजको बुध्दिजीबी, बिध्दान असल र सफल भएको हुन्छ ्र यस्तै कुराहरुलाई प्राप्त गर्न र शारीरिक स्वस्थ रहनको लागि पनि आधुनिक समाजको योग प्रति आकर्षण बढेको छ ्र बेदान्तिहरुको मत अनुसार जीव र आत्माको मिलनको बिन्दुलाई नै योग भनिएको छ ्र
योग बाशिष्ट अनुसार संसार( सागर पारहुने तरिका भनेका छन ्र अर्का बिध्दानले नारायणसंग नरको एकात्मक बनाउने युक्तिलाई योग भनेका छन् ्र पूर्णरुपमा परम्परागत योगका आचरण र नियम पालन गरि आधुनिक मानव इश्वरिय शक्तिको नजिक पुग्न नसकेपनि आधुनिक समाजका बिकसित प्रदुषण निरासा, डिप्रेसन, असन्तोष, असफलता र मनोबैज्ञानिक रोगबाट पार पाउन योगको शरण लिन थालेका छन ्र
आहार बिहार, शारीरिक ब्यायाम र ध्यान (mभमष्तबतष्यल) माध्यमबाट कयौ मानिसहरु नया हौसला र उत्साहित भएको पाएका छन ्र पूर्वीय संस्कृतिमा बिकसित भएको योग आज पश्चिमी देशका मानिसहरुले समेत परिष्कृत रुपमा अबलम्बन गरेर यसको महत्वलाइ अझ उजागर पारेका छन ्र योगा, ध्यान र तपस्याबाट सबै मानिस बुध्द पुरुष हुन पर्छ भन्ने पनि होइन ्र तर पनि मन मस्तिष्क र शरीरलाइ स्वस्थ र धैर्य बनाउनको लागि आज योग अन्त्यन्तै प्रख्यात भैरहेको छ ्र
परम्परागत योगाको सैध्दान्तिक ज्ञानको जानकारी हुन आबस्याकछ ्र त्यसैले अन्त्यन्त सरल किसिमबाट यसलाई ब्याख्या गर्ने कोशिस गरेको छु ्र पूर्वीय दर्शन अनुसार जीवात्मा र परमात्मालाइ जोडने अनेक योग साधना रहेको पाइन्छ ्र जस्तैः भक्ति योग, ज्ञान योग, बुध्दी योग, यन्त्र योग, मन्त्र योग, नाद योग, शिव योग, लय योग, जप योग, संकिर्तन योग, अनाशक्ति योग, कर्म योग, कुन्डलिनी योग आदि छन् ्र योग साधनामा मुख्यत ः चारवटा विधिलाई स्विकारेको पाइन्छ, जस अनुसार (१) मन्त्र योग (२) हट योग (३) लय योग (४) राज योग ्र
(१) मन्त्र योगः (ऋजबलतष्लन थयनब)
सम्पूर्ण जगतका वस्तु र नामले आकर्षित गरिरहेको अबस्थामा त्यसबाट निबृत हुनलाई परमेश्वरको मन्त्र जप गरिन्छ, जसले मनमा शान्ति र एक चित्त हुन मद्दत गर्छ ्र ध्यानयोग, भक्तियोग, संकिर्तनयोग, जप योग, प्रेम योग यसै अन्तर्गत पर्दछ
(२) हट योगः (ज्बत थ्यनब)
मानिसको सरिरमा षटचक्र अर्थात छ वटा चक्र रहेको हुन्छ ्र योगको प्रकियाबाट यी छ चक्रलाइ भेदन गर्दै साधकले चित्तबृत्तीलाई निरोध गर्दै परमात्माको सामिप्य प्राप्त गर्न सक्छ ्र यसैलाई हठ योग भनिएको हो ्र
(३) लय योग ः (ीबथ थ्यनब)
कुण्डलिनी जागृत गरेर षटचक्रलाइ भेदन गर्दै सहस्र दल(कमलमा पुगी परमात्मासंग एकबध्दता कायम गर्नुलाई नै लय योग भनिएको छ ्र वास्तबमा हठ योगको चरम बिन्दु नै लय योग हो ्र
(४) राज योग ः (च्बव थयनब)
बुध्दिको प्रयोगव्दारा मनको भावनालाई नियन्त्रित गर्दै ज्ञान बिचारव्दारा चित्तब्रितीलाइ (निरोध) गर्दै सुन्य बिन्दुमा पुग्ने स्थितिलाइ राजयोग भनिन्छ ्र भागवतगीतामा भगवान श्रीकृष्णजिले कर्मयोगको माध्यमबाट राज योगमा पुग्ने कुरा बताउनु भएको छ ्र मनुष्यले आफुले गरेको कर्म बिना पूर्वाग्रह परमेश्वरमा अर्पित गरेर गरिने कर्मलाइ कर्म योग भनिन्छ ्र अरुको देखासिखी र प्रतिशोधका लागि गरिने कर्म अकर्म प्रतिकर्म हो ्र
अष्टांगयोग योग साधना
आजको विश्व आफैमा अशान्त छ ,जात जातमा विवाद र व्दन्दछ । धर्म धर्म बिचमा बिबाद र बैमनश्यता झाँगिदै गैरहेको छ ्र यसरि जात धर्ममा विभक्त भएर बैमनश्यता फैलाउदै संसारका धेरै जसो देशमा धार्मिक र जातीय दंगा भै रहेको छ ्र धर्मकै नाम लिएर नर संघार गरिरहेका छन् ्र प्रत्येक मानवलाई र प्रत्येक देशलाई शान्ति चाहिएको छ तर किन भैरहेको छैन ? को हो त्यो जसले आतंक मचाइ राखेको छ ? किन मच्चाई राखेको छ ? निरिह मान्छेलाई किन मारिदै छ ? यसको जवाफ खोजिरहेकै अबस्था छ ्र शान्ति कायम गर्नकोलागी स्वयम राष्ट्र संघ लागिरहेछ ्र प्रत्येक वर्ष विश्व शान्तिको ससक्त काम गर्ने व्यक्तिलाइ नोबेल पुरस्कार पनि दिई राखिएको छ ्र
विश्व शान्तिका अग्रदुत गौतम बुध्दले विश्वमा शान्तिको सन्देस फैलाएका थिए ्र बुध्दको ध्यान तपस्याले प्राप्त गरेको बुध्द दर्सन नै अहिंसा परमो धर्म हो ्र पंचशिलको आधारमा विश्व शान्ति कायम गर्न सकिन्छ भन्ने हो ्र विश्व शान्ति हुनकोलागि विश्वको सम्पूर्ण मानिस शान्तिकामी हुन पर्छ ्र त्यसैले आजको विश्वमा योगाको महत्व बढेको छ ्र प्रत्येक मानिसले अष्टांग योगलाइ जिबन पध्दति गराउन सके आफुलाई स्वास्थ ,आत्मा ज्ञानी, शान्तिकामी,बन्न सकिन्छ ्र संसारका सबै मानिस ज्ञानी, बुध्दिजीबी, न्यायप्रेमी ,सत्यवादी, संयमी, सन्तोषी, प्रेमभाव, सत्चरित्र, परोपकारी र कर्तव्यनिष्ट भएमा अशान्ति कहा हुन्छ र ! त्यसैले व्यक्ति भित्र संचित कुभावना,लोभ, दुश्चरित्र हटाएर स्वस्थ , सत्चरित्र, सद्गुणले भरिपूर्ण व्यक्तित्व निर्माण गर्न यो अष्टांग योग सहायक हुने छ ्र अष्टांग योगका सामान्यतया आठ अंग भएकाले यसलाई अष्टांग योग भनिएको हो ्र
यम, नियम, आसन प्राणायाम,प्रत्याहार, धारणा, ध्यान, समाधि यी आठ अंग हुन् ्र यी आठ अंगलाई यसरि ब्याख्या गरिएको छ र
(१) यम (थ्बm)
अहिसा सत्यास्तेय ब्रह्मचर्या परिग्रहा ः यमाः
यम अन्तर्गत अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य तथा अपरिग्रह लीइएको छ ्र विशेषत यसमा मन, बचन तथा कर्मले कुनै पनि प्राणीलाई दुख नदिने कार्यलाइ अहिंसा भनिन्छ ्र मन बचन कर्मले ’सत्य’को पालन गर्ने र कठिन परिस्थितिमा पनि सत्यको पक्षमा निडर भै उभिने र बोल्ने व्यक्ति नै सत्यवादी हुन्छ ्र यसले शरीरको सुक्ष्म शक्तिलाई उजागर गराउछ ्र चोरि, ठगि, घुषखोरी, अरुको सम्पत्ति हत्याउने लालच गर्ने आदि कर्म गर्ने आदिकर्मबाट टाढा हुने अबस्थालाइ अस्तेय भनिन्छ ्र आसक्ति, मन, बचन, कर्मले सब प्रकारको मैथुनलाइ परित्याग गर्नेलाई ब्रह्मचर्य भानिन्छ ्र ब्रह्मचर्य पालनले सर्ब सामर्थ प्राप्त हुन्छ भन्ने भनाइ छ ्र जसरि भएपनि सम्पत्तिको संग्रह गर्न प्रयंन्त गर्ने, सम्पत्ति बटुल्ने, अकुत सम्पत्तिको लालसा गर्नेलाई परिग्रह भानिन्छ भने सम्पत्तिमा आसक्त नभई न्यनतम आबस्याकतामा सन्तुस्ट भै इश्वरप्रति समर्पणभाव राख्नु नै अपरिग्रह हो ्र यसले जिबन र जगत बुझ्ने ज्ञान बढ़छ ्र
(२ ) नियम ः((च्गभि)
नियम अन्तर्गत शौच ,सन्तोष तप,स्वाध्याय, इश्वर प्रणीधान यी पाच नियम आउछन ्र योगाभ्यास गर्नु भन्दा अगाडी नित्यकर्म सकाउनु पर्छ, शरीर शुध्दी, मन मश्तिश्कलाइ सन्तुलन बनाइराख्न तप, सन्तोष, स्वाध्याय र इश्वरको प्रणीधान अर्थात आफुले गरेका कार्यहरु इश्वरप्रति अर्पण गर्दै आफुलाई निर्मल बनाउनु हो ्र
(३) आसन ः((एयकतगचभ)
आसनको साधारण अर्थ बस्ने नै हो ्र त्यसैले सभा सम्मेलनमा आसन ग्रहणको लागि बोलाइन्छ ्र आसन शब्दले बिशेष किसिमले बस्ने क्रियालाइ योगमा आसन भनिएको छ ्र पद्मासन, भद्रासन, सिध्दासन, सुखासन आदि आसन हुन् भने हठयोग योग अनुसार ८४ प्रकारका आसनलाई आसन भनिएको छ ्र मुद्रा पनि एक किसिमको आसन हो ्र सरिरलाई चुस्त दुरुस्त राख्न गरिने योगाका ब्यायामलाइ आसन भनिएको हो ्र पुरै अष्टांग योगाको पूर्णरुपमा पालना गर्दै श्रध्दा पुर्बक साधना गर्दै जिबन पर्यन्त समाधिको अभ्यास गरेर परम पदमा पुग्न सकिन्छ ्र यहा योग भन्ने बित्तिकै आसनलाइ बुझ्नेको संख्या धेरै छ ्र सम्पूर्ण आसन गरेमा सरिरको सबै अंगप्रत्यंगहरु क्रियाशील हुन्छन, जसले सरिरलाई लचिलो, सक्रिय र स्वास्थ बनाउछ ्र
(४)प्राणायामः((एचबलबथबm)
प्राण वायुको आयामलाई नै प्राणायाम भनिएको हो ्र श्वास लिने र छोडने विशेष क्रियालाइ प्राणायाम भनिन्छ ्र प्राण वायुलाइ यथा शक्ति नियन्त्रण र बिधिपुर्वक श्वास प्रश्वासलाइ प्रयोग गरिन्छ ्र यसले चित्त शान्ति गर्नुको साथै चंचलता हटाउदै स्थिरता कायम गराउदछ ्र
(५) प्रत्याहारः(ध्ष्तजमचबधब
िवाह्य इन्द्रिय आखा,कान, जिब्रो, नाक र छालाबाट प्राप्त हुने रुप, रंग, रस स्वाद, गन्ध, स्पर्स र शब्दबाट निस्क्रिय बनाइ अन्तर्मुखी बनाउनुलाइ प्रत्याहार भनिन्छ ्र बाह्य इन्द्रिय सक्रिय भै रहेको अबस्थामा धारणा र ध्यान सम्भव छैन ्र कुनै पनि कार्यको सिध्दी पाउनुकोलागि प्रत्याहार आबस्याक छ ्र
(६) धारणा ः((एभचअभउतष्यल)
चित्तलाई एकाग्रह गराउने उपक्रमलाई धारणा भनिन्छ ्र नाभी चक्र , हृदय चक्र, वा सरिरको कुनै अंगलाइ सम्झेर मनलाई एकाग्रह बनाउने कार्य नै धारणा हो ्र वाह्य कुनै एक बिन्दु बिशेषलाइ आफ्नो नजर स्थिर गरेर सुन्य (एकाग्रह) अबस्थामा पुग्न गरिने अभ्यास पनि एक किसिमको धारणा हो ्र धारणाले चित्त वा मन एकै ठाउमा स्थिर गराउन सकिन्छ ्र यसले मनको चंचलतालाइ नाशगरी ध्यानको मार्ग खोल्छ ्र
(७) ध्यान ः((ःभमष्तबतष्यल)
ध्यान नदिईकन ससारमा कुनै काम पनि सफल हुदैन ,ध्यान दिएर पढ्नु, ध्यान दिएर काम गर्नु, ध्यान दिएर गाडी चलाउनु,कुनै पनि कार्य गर्दा ध्यान नदिए कुनै काम सफल हुन् सक्दैन ्र ध्यान नदिए दुर्घटना हुन्छ ्र ध्यानको सर्बोपरी महत्व छ ्र जसरि बिषय बस्तुमा ध्यानको अति आबस्याक छ त्यसै गरि योगमा पनि परमेश्वरसंग अन्तरसम्बन्ध राख्न ध्यानको अति महत्व छ ्र ध्यान २ प्रकारका हुन्छन ्र स्थुल र सुक्ष्म, कुनै मुर्ति र तस्विरलाई माध्यम बनाएर गरिने ध्यान लाइ स्थुल ध्यान भनिन्छ ्र आफ्नै हृदयस्थानमा रहेको आत्मामा नै इश्वरको चिन्तन गरि ध्यान गर्ने विधिलाई सुक्ष्म ध्यान भनिन्छ ्र
(८) समाधि ः((ऋयmउभितभ ःभमष्तबतष्यल)
ध्यानको चरम सिमा वा अन्तिम बिन्दु भनेकै समाधि हो ्र जब मनुष्य यो योगको पराकाष्ठा स्थितिमा पुग्छ तब उसको शरीर, इन्द्रिय, मन बुध्दीका क्रियाहरु स्थिर हुन्छन ्र उ जागृत अबस्था भन्दा माथि उठेर जान्छ त्यसबेलाई उसको आत्मा पूर्णत सचेत र सक्रिय हुन्छ ्र उसले अनुभव गर्न थाल्छ कि यो संसार यो स्रीष्टी ब्रह्ममय छ ्र यहि स्थितिमा इश्वर्संगको साक्षाकार हुन्छ ्र यसरी परमात्मासंगको अनुभव गर्न सक्ने अबस्थालाई नै समाधि भनिन्छ ्र समाधिको अबस्थालाइ शब्दमा व्याख्या गर्न नसकिने भन्छन योगीपुरुषहरु !
( मेरो अनुभवमा योगसाधना नै मनुष्यलाई निर्भिक अनुशासित, ध्यानी, ज्ञानी, सुखी निरोगी, बनाउने मानसिक रुपमा स्वास्थ्य र सम्पन्न बनाउने साधन हो । )

Leave a Reply